१७ वैशाख, काठमाडौं । सरकारले नेपालको आर्थिक बृद्धि २.२८ मा खुिम्चने प्रक्षेपण गरेको छ । तथ्याङ्क विभागले बुधबार सार्बजनिक गरेको तथ्याङ्क अनुसार चालु आ.ब.को बृद्धि दर २.२८ प्रतिशतमा खुम्चिने आँकलन गरेको हो ।
सरकारले चालु बर्षको बजेटमा बृद्धिदर ८.५ प्रतिशत हुने लक्ष्य राखेको थियो तर चालु बर्षको मध्याबधि समिक्षाको आसपासबाटै कोरोना भाईरसको माहामारीले गर्दा मुलुक लकडाउनको अबस्थामा छ ।
संसारभरिको विप्रेषण आप्रबाहमा २० प्रतिशतको गिरावट आउन सक्ने विश्व बैंकको प्रक्षेपण
गत आर्थिक बर्ष २०७४/७५ र ७५/७६ बृद्धिदर क्रमश ६.७० तथा ६.९९ प्रतिशत थियो । अन्तराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले पनि नेपालको बृद्धिदर २.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो भने वल्र्ड बैंकले १.५ देखि २.८ प्रतिशतका बिच रहने अनुमान गरेको थियो ।