back

हेर्नुहोस् कस्तो छ त तपाईको आज (बैशाख १८) को राशिफल ?

वि.सं.२०७७ वैशाख १८ बिहीवार

162 

shares
NTC AD
Global IME AD

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हतारको निर्णयले काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ । शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने अप्ठ्यारो स्थितिमा सुधार आउनेछ । मिहिनेतले आँटेको काम बन्नेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन् । प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला । दाजुभाइमा असमझदारी बढ्न सक्छ । काममा प्रतिस्पर्धा बढ्नेछ र सहयोगीहरू पछि हट्नेछन् । तापनि नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यवसायमा सामान्य लाभ हुनेछ तर चिताएको दाम नउठ्न सक्छ । मिहिनेतले काम बनाउन सकिनेछ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ । सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ । अर्थअभावले विशेष काम रोकिन सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ । आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला । सरसापटमा गएको रकम भने फिर्ता हुनेछ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । आम्दानीका विभिन्न स्रोत देखिए पनि लगानीतर्फ लागत बढ्नेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । अरूको मुख ताक्ने बानीले पछि परिनेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ । मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ । तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ । सहयोगीबाट गोपनीयता बाहिरिन सक्छ । मिहिनेतले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ । तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ । स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेत परे पनि भविष्यका लागि जग बसाउने अवसर प्राप्त हुनेछ। सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । शक्तिको धाक देखाउनेहरू स्वतस् निहुरिनेछन् । धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले पनि निकास पाउनेछ । फजुल खर्च भने बढ्न सक्छ । विश्वासघात गर्नेहरू सक्रिय रहनेछन् ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । गोपनीयता बाहिरिनाले समस्या आइपर्ला । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन् । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । कामको चाप पनि बढ्न सक्छ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
केही खर्च लागे पनि खानपान तथा मनोरञ्जनको समय छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ । व्यवसायको सन्दर्भमा पनि यात्राको अवसर जुट्नेछ । तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्नेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिवश सानोतिनो समस्याले अल्झाउनेछ । मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित हुनेछ । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ । अवसर प्राप्त भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । समयतालिका नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् । तर मिहिनेत गर्दा बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ ।

वि.सं. २०७७ वैशाख १८ बिहीवार (इ.स. २०२० अप्रिल ३०)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

हेर्नुहोस् यस्तो छ आज (बैशाख १७ गते) को राशिफल, कुन राशिकालाई छ त आज शुभ ?

वि.सं.२०७७ वैशाख १८ बिहीवार ०७:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ढोर र छाब्दी बाराहीकी कान्छी बहिनी भुलभुला पर्यटकको घुइचो

ढोर र छाब्दी बाराहीकी कान्छी बहिनी भुलभुला पर्यटकको घुइचो

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर...