Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएनएद्धारा सरकारलाई दोश्रो चरणको स्वास्थ्य सामग्री हस्तान्तरण

संसार न्यूज़
५ महिना पहिले
एनआरएनएद्धारा सरकारलाई दोश्रो चरणको स्वास्थ्य सामग्री हस्तान्तरण

१८ बैशाख, काठमाण्डौं । एनआरएनए चीन, कोरिया र मकाउको संयोजनमा संकलन गरिएको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरिएको छ ।

नेपालमा कोभिड १९ बिरुद्ध लड्न सहयोग गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया चीन र मकाउको संयोजन तथा त्यहाँ रहेका अभियन्ताहरुको सहकार्यमा संकलित रकमबाट खरिद गरिएको दोश्रो चरणका स्वास्थ्य समाग्रीहरु विहिबार एक कार्यक्रम वीच नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

उक्त सामाग्रीहरु संघका उपाध्यक्ष सोनाम लामाले विहिबार एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा स्वास्थ्य सचिव र स्वास्थ्य मन्त्रालयका अधिकारीहरु, संघका एसिया प्रशान्त क्षेत्रिय संयोजक गोविन्द श्रेष्ठ (रोविन्द), राष्ट्रिय समन्वय परिषद चीनका अध्यक्ष प्रदिप न्यौपाने लगायत एनसिसि चीन र कोरिया प्रतिनिधिहरु र संघको सचिवालयको सहभागीता रहेको थियो ।

उक्त सामाग्रीमा पिपिइ, के एन नाइन्टिफाइव मास्क, मेडिकल मास्क, इन्फ्रारेड थर्मा्मिटर, पंजाहरुका साथै अन्य स्वास्थ्य सम्बन्धी सामाग्रीहरुरहेका छन् ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो ५ दिन पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा १ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड १ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ३ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…