back

खाडीबाट प्रेम पत्र-हो प्रिया ! तिम्रो सामु कसरी उभिउँला भनेर मन थकथक भएको छ

वि.सं.२०७७ वैशाख १८ बिहीवार

1.2K 

shares
NTC AD
Global IME AD

कैलाश भन्दै थियो ‘म साउदीमा हराएपछी त्यहाँ केके मात्र भएनछ । म बेखबरी हुँदा साहु मलाई विदेश पठाउँदा लिएको ऋण तिर्न ताकेता गथ्यो रे ! ऋण र व्याज तिर्न नसक्दा त्यो घर लिलामी गरेछ । बा, आमा यहि शोकले बितेछन् । तिमी र छिरी माइत गएछौ । भाई गाउँमै हलिया गर्दै छ रे । बहिनी प्रेम विवाह गरिछे । त्यो भन्दा पनि अझै तिमी माइत गाको केही बर्षमै सम्पर्कमा छैनौ रे । कतै तिम्रो खबर छैन भन्दा त आङ सिरिङ्ग भयो । अब नेपाल आउँदा इन्स्योरेन्सको ५० लाख आउँछ रे भन्ने सुनेको छु ।
अब त गाउँ पनि गाउँ जस्तै छैन रे ! कति भुन्टीका उमेरका नानीहरुको विवाह भैसके छ । उ सँगैको कैलाश अहिले मलाई भेट्न यहाँ कहिलेकाँही आउँछ । अब केही समयपछि प्रिया मलाई नेपाल पठाउने कुरा छ । यहाँको दूतावासले कागजात मिलाउदै छ भन्ने सुनेको छु । पूरै १५ वर्षपछि नेपाल जाने भनेर सुनेपछि आजकाल मलाई निद्रा परेको छैन । डाहा र छ्ट्पट भएर कोल्टे फेर्दै रात काटेको छु ।’

प्रिय अर्धाङ्गिनी, असिम माया, पढ्न र लेख्न नजान्ने मेरो बुडो बा र बुडी आमाको पाउमा सेवा ढोक छ । साथै काका काकी र अरु सबैमा मैले आदर र सम्मान गर्ने गन्यमान्यज्युहरु प्रती मेरो हृदयबाट नै नमन छ । सबैलाई श्री पशुपतीनाथले रक्षा गरून् ।

प्रिय ! खै कहाँबाट सुरु गरौँ । अक्षरहरु लत्पत्ती रहेछन । शब्दहरु घाँटीमा अढ्कीएकाछन् । शुद्धी गुमाएर लेख्न बसे जस्तो लागि रहेछ । यसो भनी रहदा किमान्चित नआतिनु र आत्तीने छैनौं भन्ने आशा राखेको छु । तिमिलाई बेहुली बनाएर भित्रउदा कत्रो आनन्द थियो । त्यो रात हामी दुईले एक शब्द नबोले पनि हाम्रा चंचले आँखाको भाकामा हामीले रात काटेका थियौं । पोते उतार्दा तिम्रो घाँटी छेउ पोतेले कोर्दा तिमीले ‘ ऐया !, भनेर चिच्चाएकी थियौं । त्यो पल, हो प्यारी ! फेरि कहिले आउला । गाउँभरी चखेवा चखेवीको जोडी भनेर सम्बोधन गर्थे । नभनुन पनि कसरी हामीसंगै मेला भरेका थियौं । घाँस दाउरा संगै गरेका थियौं । तर अहिले सम्झना मात्र बाकी छ ।

‘भुन्टी’ पेटमा हुदा काठमाडौको वैदेशिक रोजगारी केन्द्रहरुमा मैले धाएको थिए । फेरि घर फर्केर हामीले रातभर पैसा कमाएर यो गर्ने त्यो गर्ने भनेर सपना बुनेका थियौँ । ‘भो नजनुस के होला कसो होला प्रदेशको ठाँउ’ भनेर तिमिले सम्झाएकी थियौं । तिमीले सत्य भनेका रैछौ आज आएर थाहा भयो । तर अब धेरै ढिला भैसक्यो । खैर ! तल्लो घरे साइला दाई कतारमा गएर खरको घर पक्की बनएको थियो । बालबच्चा अङ्रेजी स्कुलमा पढाएको थियो । साइली भाउजू स्कुटर चढेर हिड्दा – हो प्यारी ! मलाई पनि त्यस्तै गरु झै भएको थियो । भुण्टीको भविस्य उज्वल पार्नु जो थियो । मैले ढीपी कसी रहे – तिमी हुन्न भनी रह्यौ । लाटी ! तिमिलाई राम्रोसंग थाहा छ त । त्यो दलालले अरब पठाउछु भनेर हाम्रो पचास हजार लेर फरार भको । त्यो दलालाई खोज्दै हिड्दा अर्को पच्चिस हजार खर्छ भएको । तिमी अन्जान नबन ! साहुको 15 % ब्याज हामीले तिर्न नसक्दा दाइजो मा ल्याकी गाई बेच्न परेको थियो । त्यतीले मात्र नपुगेर तिमीले आफ्नो भएभर्को सुन बेचेका थियौ । भुन्टीले संसार भख्खर देखेकी थिई । उज्वल भविस्यको कल्पना अधुरो होला भनेर हामी कति चिन्तित थियौँ ।

खैर ! प्रिय , अब फेरी तिमीलाई त्यो गहना दिलाउन सक्दिन होला । सपनाहरु अधुरो होला जस्तो छ । अब त भुन्टी बाबा बाबा भनेर खोज्दी हो । आमा दैलोबाट छोरो कहिले आउँछ रे बुहारी भनेर सोध्धी होउन । बुवाको मोतिबिन्दुको सल्यक्रिया गर्नु थियो । भाई बहिनीहरु दाजुको राहा देख्दा हुन । गाउँमा ठुले कहिले आउँछ रे भनेर सोद्धा हुन । हरी, स्यामे, रामे, बले, काले, नेप्टे यी मेरा लङुटेहरु कता छन होला तिमीलाई बेहुली बनाउनु पुर्व यी मेरा साथीहरुसंग कता कता मात्र जादैनथेम । तामाङनी दिदिको घरमा मैले पहीलो पटक कोदोको रस पीएको थिए । त्यो दिन घरमा बाले गर्दन भाचिने तवरले पिट्नु भएको थियो – बुझ्यौ। हो प्यरी ! फेरि ती दिनहरु कहिले आउला सखीहरु संगै डुल्ले अनि खाने पल ।

पग्ली, तिमीलाई राम्रो ज्ञान छ त । मैले गाउँ तेसै छाडेको थिईन अधियाबाट आएको धानले मात्र हामीलाई कहाँ पुग्थ्यो र ? दिन भर अर्काको खेत जोद्दा हातको ठेला अझ मरी सकेको छैन । तै पनि हामीले राम्रो एक छाक खान पाएका थिएनम । रात दिन एक गर्दा पनि घर चलाउन धौ-धौ हुन्थ्यो । तिमीले पनि कम्ता कसरत गरेका छैनौ । चर्खा चलाएनै कि । अरुको घरमा भाडा माझे नै कि। सुसारे बनेनौ कि । के मात्र गरेनै । तर हाम्रो घरको अवस्था कहिले माथी आएन । जहिल्यै एउटै समस्य हात मुख जोर्न समस्या । हो , प्राण त्यसैले मैले विदेश जान सोच बनाएको थिय । महाजन भन्नेहरुलाई देखाउनु थियो । समाजमा हैसियत कायम गर्नु थियो । पैसा कुनै पनि हालतमा कमाउनु थियो । विदेश समना बनेको थियो । मन, मस्तिष्कमा मात्र अरब थियो ।

प्राण, तेती मात्र कहाँ हो र ! तिमीलाई राम्रो चेत छ त । गाउँमा बस्नु साध्य थिएन । कुनै प्राबिधिक ज्ञान हासिल नगेरेको शिक्षाको ज्योतिबाट बन्चित म , नेपालमै केही गर्छु भन्ने भवना नभएको कहाँ होर । भएका कल(कारखाना बन्द अवस्थामा थियो । जता तेतै डरको श्रीजना थियो । मुलुकमा परिवर्तन चाहने शक्तिहरुको ढोल बजिरहेको थियो । तल्ला घरे माईला दाईको छोरो सुकरामलाई कसरी मारे । तिमीलाई हेक्का हुनु पर्छ । सुराकी गरेको रे बुज्यौ । त्यस पछि त प्राण म पनि त कहाँ घरमा बस्न पाउनु । ‘एक घर एक जवान’ उर्दि थियो । इकलाव ! जिन्दावाद ! को नाराले गाउँनै गुन्जयामान थियो ।

म बाध्य भएर शहर पसेको थिए । शहर मात्र कहाँ होर प्रिय ! म बिदेश पलाएन भएको थिएँ । त्यो दिन रात भर निदाउन सकिन गाउँको याद आइरह्यौ । प्यारी तिम्रो यादमा कोल्टे फेरि रहे । मलाई लिन ठूलो जहाज आएको थियो । म जस्तैहरुलाई लिएर जहाज साउदी उढ्यो । जहाज सनै सनै आकाशिदा मन गरुङ्गो भएको थियो अनि ऋण र दाइत्वले आसमान छोएको भान भएको थियो । छ ।  राम्रो याद छ, साहुकोमा तिमीले त्यो घर घडेरी राखेर मलाई विदेश जान पैसा पठाएकी – हो तेहि पैसाले त म साउदी उडेको नी तीन महिना सम्म त बाह्र बाह्र हजार गरेर पठाएको थिए । यहाँ पनि चैन कहाँ थियो र । एउटा दही र खबुजमा (अरब तिर पाइने एक प्रकार रोटी ) ज्यान जोगाएको थिए । तिमी कल्पना पनि गर्न सक्दैनौ बुझ्यौ । पचास तल्लाको घरमा हामीले काम गर्नु परेको थियो । कोही ताबुक (ब्लक) बोक्ने, कोही सिमेन्ट बोक्ने,कोही बालुवा बोक्थे, कोही रड त कोई मसला बनाउन सहयोग गर्थे– हो, यस्तै काम गर्नु पर्थ्यो बुज्यौ । घाम र रापले नुहाएको जस्तै हुन्थ्यौ । अचानक ताबुक बिक्दा म ढलेको रे बुझ्यौ । मेरो होस खुक्दा 5400 दिन बिति सकेको रैछ । म कोमा मा रैछु । पल्ला घर काइला दाईको छोरा कैलाश भेट्न आउदा पो थाहा पाए । नेपाल त नयाँ नेपाल भई आमूल परिवर्तन भैसकेको रैछ । राजसस्था ढलेर गणतन्त्रहुँदै लोकतन्त्र भईसकेछ । संगै चप्पल पढ्काएर हिड्ने साथी मन्त्री भो भन्दा त – ओछ्यानमै हासो छुटेको थियो । अब त गाउँ पनि गाउँ जस्तै छैन रे । कति भुन्टीका उमेरका नानीहरुको विवाह भैसके छ । उ सगैको कैलास अहिले मलाई भेट्न यहाँ कहिले काहीं आउँछ । । अब केही समय पछि प्रिया मलाई नेपाल पठाउने कुरा छ । यहाको दूतावासले कागजात मिलाउदै छ भन्ने सुनेको छु । पुरै १५ वर्ष पछि नेपाल जाने भनेर सुने पछि आजकाल मलाई निद्रा परेको छैन । डाहा र छ्ट्पट भएर कोल्टे फेर्दै रात काटेको छु ।

हो प्रिया ! तिम्रो सामु कसरी उभिउँला भनेर मन थकथक भएको छ । शारीरिक रुपमा पनि दुर्वल भएको छु । हाड र छाला मात्र बाकी छ । मगज र दाहिना हात मात्र स्फुर्तीका साथ चलेका छन । समयको बेग पनि कस्तो अचम्मको हुने रैछ । यो वेग भेल भएर हाम्रो जिवनमा आयो । सपनाहरु चक्नाचुर भयो । आजकाल आफूभित्रै कल्पेर दिन काटेको छु । राम्रा मलहरु सम्झेर भित्र भित्रै गदगद हुन्छु । अनि भुन्टी र तिमीलाई सम्झेर सिरानी भिजाउछु । फेरि हिम्मत गरेर भविस्य नियाल्छु । के फेरि समय तेस्तै बन्ला त भनेर कल्पन्छु । अनि फेरि यथार्थमा आफुलाई पाउँदा निरासिन्छु । कैलाश भन्दै थियो ‘ म साउदीमा हराय पछी त्यहाँ केके मात्र भएन छ’ । म बेखबरी हुदा साहु मलाई विदेश पठाउदा लीएको ऋन तिर्न ताकेता गर्थ्यो रे । ऋण र व्याज तिर्न नसक्दा त्यो घर लिलामी गरेछ । बा, आमा यहि शोखले बितेछन । तिमी र छिरी माइत गएछौ । भाई गाउँमै हलिया गर्दै छ रे । बहिनी प्रेम विवाह गरिछे । त्यो भन्दा पनि अझै तिमी माइत गाको केही बर्षामै सम्पर्कमा छैन रे । कतै तिम्रो खबर छैन भन्दा त आङ सिरिङ्ग भयो । अब नेपाल आउदा इन्स्योरेन्सको ५० लाख आउँछ रे भन्ने सुनेको छु ।

हो प्यारी ! तेहि पैसाले साहुको मुखमा हान्ने छु अनि भन्ने छु ‘ला तेरो पैसा’ अनि सोध्ने छु ‘मेरो परिवार फिर्ता दे’ । तर प्यारी ! तिमी नहुदा यो पत्रको पनि कुनै अर्थ हुने छैन । त्यसअर्थ , यो पत्रलाई सामाजिक संजालमा राखेको छु । कुनै कुनामा जिउदै रैछौ र साथीको पनि साथीले शेर गरे भने यो पत्र तिमी सामु पुग्ने छ । पढ्दै गर्दा जिब्रो टोक्ने छौ अनि भन्ने छै – मेरो श्रीमान अझै साउदीमा जुउदै छ  ।

उही तिम्रो माया गर्ने श्रीमान बेदबहादुर माझी साउदी

(टिप्पणी :यो पत्र काल्पनिक हो। कसैको जीवनसंग मेल खाएमा सम्योग मात्र हुनेछ ।)

(लेखक : जागरुक युवा समाज नेपाल कतारका अध्यक्ष हुन् । )

वि.सं.२०७७ वैशाख १८ बिहीवार १६:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...