Sansar News- Nepal's Fast Khabar Online News Portal

अमेरिकामा कोरोनाका कारण मृत्यु भएका राईको अन्त्येष्टि सम्पन्न

सुरेश चाम्लिङ्ग, न्युयोर्कबाट
४ हप्ता पहिले
अमेरिकामा कोरोनाका कारण मृत्यु भएका राईको अन्त्येष्टि सम्पन्न

अमेरीकाको न्युयोर्कमा कोरोनाको कारण निधन भएका बिष्णु कुमार राईको विहिबार दाहसंस्कार सम्पन्न भएको छ ।

न्युजर्सीको रुबी मेमोरिएल फुनेरल तथा क्रिमासन सर्भिसमा उनको अन्त्येस्टि गरिएको हो । न्युयोर्कको घना नेपाली बस्ती ज्याक्सन हाइट स्थित एल्महस्र्ट अस्पतालमा कोरोना उपचारको क्रममा गत मार्च २७ मा ७२ वर्षको उमेरमा उनको निधन भएको थियो ।

राईको निधन भएपछि आफन्तहरु कोहि नभएकोले उनको साथीले हाल हात्तिबिसा नक्शालबारीमा रहेकी उनर्की भान्जी सपना देबी राईलाई खबर गरेर भान्जीले नेपाली बाणिज्यदूतावास न्युयोर्कमा सम्पर्क गरेकी थिइन् । महाबाणिज्यदूत पुष्पराज भट्टराइले अमेरीकास्थित किरात राईहरुको संस्था युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरीकालाई खबर गरेपछि अर्गनाइजेशनकी अध्यक्ष मुना राईको पहलमा उनका आफन्तसँग सम्पर्क गरी दाहसँस्कारको स्वीकृति प्राप्त गरेको बताइएको छ ।

अध्यक्ष मुना राईका अनुसार, अहिले न्युयोर्कमा अत्यधिक संख्यामा मानिसहरुको मृत्यु भएको र फुनेरल हाउसहरु व्यस्त भएकोले खसोखास पत्रिकाका किशोर पन्थीको सहयोगमा मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्स ह्यारी भण्डारीसंग सम्पर्क गरी उनको पहलबाट बाल्टिमोरस्थित गैरनाफामुलक संस्था फ्रेन्ड्स अफ स्पार्चको खर्चमा उनको अन्त्येस्टि गरिएको थियो ।  उनको अस्तु आफन्तलाई पठाउने समेत अध्यक्ष मुना राईले बताएकी छन् ।

अध्यक्ष राईले यो विपदको घडीमा सहयोग गर्ने ह्यारी भण्डारी, खसोखास पत्रिकाको किशोर पन्थी लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेकी छन् ।

भोजपुर जिल्लामा बुबा मेजर सुर्ज मान राई र आमा फूलमाया राईको कोखबाट जन्मिएका बिष्णु कुमार राई, उनका बाजे क्याप्टेन गंज बीर राई तथा स्वयम् बिष्णु राई पनि इन्डियन आर्मीमा मेजर रहेका थिए ।

राई, भारत पाकिस्तान १९७१ को युद्धमा लड्दा गोली लागेर घाइते भएका थिए । इन्डियन आर्मीको जागीर पश्चात काठमान्डूको बाँसबारी स्थित नविल बैंकमा सुरक्षा बिभागमा काम गरेका उनले बाँसबारीमै स्प्रिंगडेल नामक स्कुल संचालन समेत गरेका थिए ।

२७ वर्ष अघि अमेरीका आएका उनी अबिबाहित रहेको कुरा उनकी भान्जी सपना राईले जानकारी दिएकी छन् । स्वर्गीय बिष्णु कुमार राई मृगौलाको समस्याले पीडित थिए । उनलाई उपचारको लागि न्युयोर्कस्थित अधिकार भन्ने संस्थाको डाइरेक्टर नर्वदा क्षेत्री, माया गुरुङ र उनको टिमले सहयोग गरेको बताइएको छ ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…