Sansar News- Nepal's Fast Khabar Online News Portal

हाम्रो कृषि क्षेत्र राज्यबाट कसरी उपेक्षित छ ?

संसार न्यूज़
२ महिना पहिले
हाम्रो कृषि क्षेत्र राज्यबाट कसरी उपेक्षित छ ?

“मलाई लाग्छ कि यहाँ धेरै किसानहरू छन् जसले यो भन्दा बढी कष्ट भोग्नु परेको छ । एउटा चाखलाग्दो कुरा के छ भने नेपालमा जस्तो कृषिलाई पनि यस्तो किसिमको बन्दाबन्दिमा राख्ने विश्वका कुनै पनि देश छैन।

देश चलाउन उच्च ओहोदामा रहेका व्यक्तिहरूमा उच्च इच्छा शक्ति, नैतिक मूल्य, कौशलता, सकारात्मक सोच  र ईमानदारीतामा खडेरी पर्दै गएको देखिदैछ  म यसमा तथ्य र प्रमाणको केही अंशहरू बताउँदै छु जुन यस लकडाउनको अवधि भरमा सकलन भएका अनुभवहरू हुन ।

उच्च ओहोदामा रहेका व्यक्तिमा  व्यवस्थापन र कौशलताको अभावका कारण विदेशबाट नेपाल फर्कने चाहना भएका मानिसहरू विभिन्न देशका एयरपोर्टहरू र स्टेशनहरूमा फसेर रोइरहेका छन । त्यस्तै कृषि व्यवसायमा संलग्न व्यक्तिहरु पनि बिभिन्न  समस्याका कारण  रोइरहेका छन । छिमेकी देश भारतबाट भने तरकारी, फलफूल, र अन्न नेपाल आइरहेकै छ ।  त्यसैले हाम्रा कर्मचारीतन्त्र र मन्त्रीहरूले अभाव महसुस गरेनन र उनीहरूले उत्पादन र आपूर्ति श्रृंखलाको समस्या बुझ्न सकेनन । यी मन्त्रीहरू र कर्मचारीतन्त्र यो बुझ्दैनन कि विश्वव्यापी रूपमा फसेका मानिसहरूले पठाएको पैसा बाट देश चलेको छ ? एक संरक्षणवादी अनुमानका अनुसार लगभग २० लाख नेपालीहरू कोभिड १९ को प्रभावका कारण चाँडैनै नेपाल आउने देखिन्छन  । यिनीहरुको व्यवस्थापन कृषि बाहेक अन्य क्षेत्रमा  त्यति सहज भने  देखिदैन ।

बन्दाबन्दिको कारण एउटा गम्भीर असर पारेको क्षेत्र कृषि हो। कृषि मन्त्रालय चलाउने नेतृत्वले पूर्ण बन्दाबन्दिको कारण कसरी भविष्यमा खाद्यान्न संकट खडा हुनेछ भनेर अनुमान लगाउन नसकेको देखिन्छ । तिनीहरूले उत्पादन र आपूर्ति श्रृंखला प्रणालीहरूमा कुन कारकहरूले असर पुर्याउन सक्दछन बुझ्न सकेका छैनन।

यस लेखमा, म कृषि उद्यमीको हैसियतले आफ्ना अनुभवहरू र कठिनाइहरू बाँड्न जाँदैछु ताकी मानिसहरूले सजिलै अनुमान लगाउन सकुन कि हाम्रो देश कसरी चलिरहेको छ भनेर । किन हामी कृषि उत्पादनहरू आयात गर्दै छौं ? मेरो धारणा यो होइन कि म मात्र यो कठिनाई अनुभव गर्दै छु। त्यहाँ धेरै मानिसहरू छन् जसले समान अनुभव गरेका होलान ।

म एक कृषि उद्यमी हुँ र गत दुई वर्षदेखि कृषि व्यवसाय गर्दैछु। मैले सम्बन्धित विषयमा  दुईवटा अन्तर्राष्ट्रिय मास्टर डिग्री र एक पीएचडी गरेको छु । नेपाल लगायत, युरोप र उत्तर अमेरिकामा पच्चिस वर्ष भन्दा बढी काम गरेका अनुभव छ।

हाल हामीले गोरखा र चितवनमा तीन वटा कृषि फार्महरू सञ्चालन गरिरहेका छौ । हामीले चितवनको आठ बिघा र गोरखा जिल्लाको चालीस रोपनीमा  मेवा  फार्म सुरु गरेका छौं। यस बाहेक, झण्डै तीन सय रोपनीमा हामी पचास भन्दा बढी प्रजातिका विभिन्न औषधी जडिबुटीहरूको खेती गर्छौं। हाम्रो टोलीमा चार सदस्यहरु  छौ । हामीलाई  थाहा छ, हामी फलफूल, तरकारी लगायतका खाद्यान्नहरू आयात गर्दैछौं र यस्लाई बिस्थापित पनि गर्न सकिन्छ । यसैले हामी ठूलो मात्रामा खेती गर्दैछौं र मुख्य उद्देश्य जडीबुटी र फलफुलको आयात प्रतिस्थापन गर्ने हो।

हामीले करिव चार करोड  भन्दा बढी रूपैयाँ लगानी गरिसकेका छौं । बैंकबाट रिण पनि लिएका छौं । बैकमा  हामी तेह्र प्रतिशत ब्याज तिर्दै छौं।  हामीले कृषिको सहुलियत पूर्ण कर्जा लिन सकेका छैनौं । त्योकर्जा लिन सरकारले भनेको जस्तो व्यावहारिक र सजिलो छैन । सरकारको कार्यक्रम औपचारिकता मात्र हो। हामीले हाम्रफर्ममा २० जनालाई रोजगारी पनि दिएका छौं।

“हामीले विद्युतीय माध्यमबाट दिएको सवारी पासको लागि दिएको निवेदनलाई सिडिओ कार्यालयले यस्तो जवाफ थियोः माफ गर्नुहोला तपाईंको पास स्वीकृत भएन । कारण कागजात अपुग अथवा पास आवश्यक नदेखिएको कारण स्वीकृत भएन ।

नेपालले मार्च चौबिस, २०२० (चैत ११) देखि कोरोना भाइरसको खतराबाट जोगाउन बन्दाबन्दि कार्यान्वयन गर्यो। हामी यस कार्यको हार्दिक स्वागत गर्दछौं। यो वर्ष हामीले चितवनमा केही बिघा जमिनमा मेवा  विस्तार गर्ने योजना गरेका थियौं। किनकि लगभग १०० प्रतिशत  मेवा  भारतबाट आउँदछ । यो करिब एक अरब नेपाली रुपैयां बराबरको हुने अनुमान छ ।

त्यस्तै हामीले धादिङ जिल्लामा ड्रागन फुड फार्म स्थापना गर्ने योजना पनि गरेका छौं । हामी कृषिका लागि गरिएका सरकारी निर्णयहरू हेरिरहेका छौं। सरकारले गरेका निर्णयहरु केबल औपचारिकताको लागि मात्र देखिन्छन। खोइ कृषि कार्य सुचारु गराउने भनेको निर्णय ?

उदाहरणका लागि हामीले हाम्रो फार्म गोरखा र चितवनमा जाने प्रयास गरेका थियौं । सरकारले कृषि कार्य गर्न, र उत्पाद्न सुचार गर्न भनेकै थियो । त्यसैले हामीले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनका लागि हाम्रो प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, र पान प्रमाणपत्र प्रमाणसहितका कागजातहरू सहित अनुरोध पठाएका थियौं।

हामी विशेष गरी, म एक प्राविधिकको कारण फार्ममा जान जरुरी थियो किनकि मेवा एकदम संवेदनशील बाली भएकोले होशियारी पूर्वक अवलोकन र अनुगमनको आवश्यकता थियो । मार्च र अप्रिलको मध्यसम्म नेपालमा  यस वर्ष खासै पानी परेन । खडेरीको बेलामा हामी गोरखाको मेवा फार्ममा   मस्र्यादी नदीबाट पानी तान्थ्यौं। उता चितवनमा हामीले नजिकैबाट मोटरले पानी तानी सिंचाई गर्न  प्रति घण्टाको आधारमा पानी किनेका छौ।

गोरखाको फर्ममा केही टेक्निकल समस्या आएका कारण हाम्रो पानी तान्ने पम्पले काम गरेन। हामीले पम्पको मर्मत  गर्न कार्यशालामा जानुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालयबाट अनुमति चाहिएको थियो।  अनुमति चाहिनुको अर्को कारण  बीउ, ढुसीनाशक, कीटनाशक बिसादी काठमाण्डौंबाट लानु पर्ने थियो।

चितवनमा हामीले हाम्रो प्रबन्धकलाई खडेरीमा मेवा सिंचाई गर्न भनेका थियौं। सिचाईको लामो पाइप बोक्न र प्रबन्ध गर्नका लागि उनलाई कम्तिमा चार मजदूरहरू चाहिएको थियो । तर बन्दाबन्दिका कारण प्रहरीले मजदुरहरूलाई फार्ममा आउन र  काम गर्न दिएनन्।

डरका कारणमजदुरहरू कममा आएनन । मार्चमा र अप्रिलको बीचमा मेवा  रूखहरू सिंचाई बिना सुख्खा भए । भूमि पनि धेरै सुक्खा थियो। यसैले प्रायःसबै मेवाका  रूखहरू खडेरी बात प्रभावित भए। त्यतिखेर हाम्रो फर्मको मेवा  फूल फुल्नका लागि तयार थियो

सिंचाई बिना सुकेका मेवाका बोट

अप्रिलको मध्यतिर चितवन र गोरखाका  दुबै फार्ममा असिना परेको परर्यो। यसले हामीलाई झान चिन्तित तुल्यायो । हामी असिनाबाट परेको प्रभाव अनुमान गर्न चाहान्थ्यौं। मेवमा हामीले ठूलो लगानी गरेका कारणले हामीलाई चिन्तित बनायो । हामीले फेरि फार्ममा जान अनुमतिको लागि आवेदन दियौं। तर फेरि पनि हामी अनुमति प्राप्त गर्न असफल भयौं।

“उनका अनुसार पुलिसले निर्देशन दिदै यो अन्तिम मौका हो, अर्को पटक हामी जिल्ला प्रशासनबाट जारी भएको पासबाट मात्र यात्रा गर्न दिन सक्छौं भने छन ।

हामीले विद्युतीय माध्यमबाट दिएको सवारी पासको लागि दिएको निवेदनलाई सिडिओ कार्यालयले यस्तो जवाफ थियोः माफ गर्नुहोला तपाईंको पास स्वीकृत भएन । कारण कागजात अपुग अथवा पास आवश्यक नदेखिएको कारण स्वीकृत भएन ।

अप्रिलको मध्यबाट भने  पानी पर्न सुरु गर्यो र  खडेरीको तनाव पनि सकियो । हामीले हाम्रो फार्म म्यानेजरलाई फार्म जान र त्यहाँको अबस्था बताउन आग्रह गरेका थियौं। बल्ल बल्ल गत हप्ता फार्म रेजिष्ट्रेसनको एक प्रमाणपत्र देखाउँदै उनि फर्ममा पुग्न सम्म पुगे । उनका अनुसार पुलिसले निर्देशन दिदै यो अन्तिम मौका हो, अर्को पटक हामी जिल्ला प्रशासनबाट जारी भएको पासबाट मात्र यात्रा गर्न दिन सक्छौं भने छन ।

हामीलाई फार्म म्यानेजरले जानकारी गराए अनुसार वर्षा पछि अधिक आर्द्रताका कारण  ढुसीजन्य रोगबाट मेवा संक्रमित भएको छ। त्यसपछि हामीले कालीमाटीको एग्रोभट आउटलेटहरूबाट ढुसीनाशक बिषदी किन्ने योजना बनायौं । हामीले फेरि चितवन र गोरखाको फार्ममा जान अनुमतिको लागि आवेदन दियौं। दुर्भाग्यवस, सबै एग्रोभट आउटलेटहरू पनि बन्द थिए । अर्को तर्फ दुर्भाग्यपूर्ण कुरा पुन सीडीओले फार्महरूमा जान अनुमति प्रदान गरेनन।

यस पटकचाहिं मैले कृषि मन्त्रालयका डा. गङ्गा   उप्रेती, मन्त्रीका निजी सचिव र स्वयं कृषिमन्त्री घनश्याम भुसाललाई समेत फोन गरे।

तर मन्त्री भुषलले मेरो फोन उठाएनन र मैले बन्दाबन्दिमा किसानहरुले कसरी दुख पाइरहेछन, सरकारले किसानहरुलाई कसरी सहियोग गर्नु पर्छ भनेर भन्न पाईन । उता उनको निजी सचिवले मैले धेरै पटक प्रयास गरे पनि प्रतिक्रिया दिएनन ।

गोरखाको फर्म गण्डकी प्रदेशमा नै पर्ने भएकोले गण्डकी प्रदेश मुख्य मन्त्री कार्यालयका सचिब  गणेश पाण्डे ,  गृहसचिव सचिव  किरण शर्मालाई समेत  समस्याको जानकारी गराएँ। दुबैजनाको सद्भवाव  राम्रो  थियो । किरण शर्माले त गोरखाका सिडिओको मोबाईल नम्बर नै पठाईदिए ।

मैले गोरखाको सिडियोसँग फोन मार्फत  पासको लागि अनुरोध गरे। गोर्खाका सिडियोले राम्रो सद्भवाव  देखाए तर पास भने आजसम्म उपलब्ध गराएनन ।

यस अवधिमा मैले  चितवन, काठमाडौं र गोरखाका कृषि ज्ञानकेन्दका प्रमुख्रसँग पनि  कुरा गरें। सबैले सकारात्मक प्रतिकृया दिए ।  विशेष गरी गोरखाका प्रमुख कृषि अधिकारीलाई उनको सहयोगी भावनाको लागि म सम्मान गर्छु।

मैले यहाँ कसैलाई दोष दिन लागिरहेको छैन । तर मैले के मात्र भन्न भाहेको हो भने कसरी सरकारले कृषि क्षेत्र बेवास्ता गरेको छ ?

यो सिजनमा हाम्रो मेवा लागभाग दुई करोड रुपैंयां बाराबरको उत्पादन हुने अनुमान गरेका थियौं  तर सरकारको कृषि क्षेत्रप्रति गरेको  बेवास्ता कारण पास उपलब्ध नगराएका कारण  आज हामीलाई झण्डै २ करोडको घाटा परेको छ । यसको जिम्मेवारी कसले लिने ? के कृषि मन्त्रालयले यस्ता समस्यालाई सम्बोधन गर्न सक्छ ? यस क्षेत्रको संरक्षक को हो ? के हामीलाई नेपाल कृषिमा आधारित देश हो भनेर भन्न सुहाउँछ ?

यस्तो जोखिमपूर्ण अबस्थामा कृषिमा कसरी लगानी गर्ने ? कृषि उद्यमीहरुलाई प्रोत्साहन गर्ने सरकारी संस्थाहरु कहाँ छन ?

समस्या कहाँ छ?

सरकारको नीतिमा नै समस्या छ । केही नीतिहरुलाई सुधार मात्र गरेर कृषिको व्यावसायिकरण हुने वाला छैन । यसका लागि दक्ष जनशक्ति र सहि योजना चाहिन्छ । मैले अनुमान   गरेको छु  हाम्राकृषि मन्त्रीको राम्रो प्रतिष्ठा भए पनि अनुभव पटक्कै देखिएन । उनीसँग सल्लाहाकार भएर पनि सल्लाहाकार भए जस्तो देखिएन। त्यस्तै, कृषिका कर्मचारीहरू आफ्नो तलब र पेन्सन सुरक्षित गर्नमा मात्र तल्लिन भए जस्तो देखिन्छ ।

जडिबुटी खेती लाई खेती नमानिनु, कृषि ऋणको समस्या, खेतीको बिमा समस्या, उन्नत बिउ बिजनका लागि भारतमा  परर्निर्भरता, माटो परीक्षण गर्ने प्रयोगशलाको उचित प्रबन्ध नहुनु, कृषि विशेषज्ञको अभाव, प्रा.ली. को रुपमा दर्ता भएका निजी कृषि फार्महरु राज्यबाट उपेक्षित हुनु,  मोरिङ्ग लगयतका सुपर फुड खेती लाई खेती नमान्नु  आदि कृषि ओरालो लाग्नु को प्रमुख कारण हरु हुन ।

यदि बन्दाबन्दिको अबधिमा  कृषि मन्त्रालयले किसानहरूले सामना गरिरहेका समस्याहरू समाधान गर्न चासो लिएको भए किन एग्रँेभेट सन्चालन गर्ने मानिसहरूलाई परिचय पत्र  प्रदान गरेर पसलहरु खुलाराख्न सकेनन ?  उनीहरू किन गृह मंन्त्रालय र प्रहरीसँग समन्वय गर्न हिचकिचाए ? किसानहरुलाई आफ्ना उत्पादनहरु बेच्न तथा बीउ, मल र रसायन किन्न किन समस्या भइरहेको छ ? बन्दाबन्दिका कारण नेपालको कृषि उत्पादन र आपूर्तिका श्रृंखलाहरू जोखिममा पर्ने सम्भबना देखिएको छ ।

राम्रो योजना बनाएर नजाने हो भने नेपालले खाद्यान्न संकट भोग्न सक्ने देखिन्छ । जुन कोभिड १९ को  संकट भन्दा पनि अधिक हुन सक्छ ।

सरकारले यसरी नै बेवास्ता गर्दै गयो भनें भोलिका दिनमा झन जटिलता आउँछ। कृषि अनुदानका कुरा, बजारीकरणका कुरा, कृषिमा लगानी गर्नेको लगानी डुब्ने कुरा भयाबह छन । सरकारले एउटा कुरा भन्ने, अर्को कुरा गर्ने नगरोस ।

यो मेरो व्यक्तिगत समस्या जस्तो मात्र देखिन्छ तर यो त एक प्रातिनिधिक घटना मात्र हो । को, कहाँ, कस्तो किसिमको मानिसहरु व्यवसायीक कृषिमा संलग्न छन । कसरी व्यक्ति समस्याबाट पीडित छन ? तिनीहरु लाई सरकारले के के गर्यो त ? भन्ने देखाउने आसय मात्र  हो ।

मलाई लाग्छ कि यहाँ धेरै किसानहरू छन् जसले यो भन्दा बढी कष्ट भोग्नु परेको छ । एउटा चाखलाग्दो कुरा के छ भने नेपालमा जस्तो कृषिलाई पनि यस्तो किसिमको बन्दाबन्दिमा राख्ने विश्वका कुनै पनि देश छैन।

( भट्टराई बोटनिस्ट तथा कृषि उद्यमी हुन)

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…