Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएनए अफ्रिकाको कोरोना प्रभावितका लागि रकम संकलन जारी, अहिलेसम्म कसले कति गरे त सहयोग ?

संसार न्यूज़
४ हप्ता पहिले
एनआरएनए अफ्रिकाको कोरोना प्रभावितका लागि रकम संकलन जारी, अहिलेसम्म कसले कति गरे त सहयोग ?

२३ बैशाख, अफ्रिका । विश्वव्यापी कोरोना महामारी र त्यसले अफ्रिकामा रहेका नेपालीलाई) पर्न सक्ने सम्भावित समस्यामा सजगतता अपनाउँदै गैरआवासीय नेपाली संघ अफ्रिका क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषद्हरुले आर्थिक संकलन कार्य जारी राखेका छन् ।

संघका निर्वतमान केन्द्रीय कोषाध्यक्ष तथा कोषका संयोजक हिक्मत थापाका अनुसार हालसम्म प्रतिबद्धता जाहेर गरिएका र संकलन गरिएको सहित टोटल १३ हजार ३५१ अमेरिकी डलर संकलन भएको छ ।
रकम संकलन प्रतिबद्धता गर्नेहरुमा कोषका संयोजक हिक्मत थापा ५००, विष्णु कार्की र सरोज राई इथियोपिया १\१ सय डलर, कृष्णचन्द्र सेढाई इक्वीटोरियल गुयाना १००, पदम भण्डारी बोत्सवाना ५०१, रमेश शर्मा रुवान्डा २०० र एनसीसी सेसेल्स ७०० डलर सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

त्यसैगरी जाम्बियाबाट रोशन थापा २०००, एनसीसी जाम्बिया ५००, प्रमोद शर्मा १००,  एनसीसी घाना ३००, रोशन श्रेष्ठ २०० डलरको प्रतिबद्धता जनाएका छन् ।

आइभोरीकोष्ठ-जीबन धमला २५१, कृष्ण देवकोटा १००, रेशम भट्ट ५०, रामहरि वस्ताकोटी ५० र हिमाल खड्का ५० डलर जीवन धमलामार्फत् प्राप्त भइसकेको कोषका अध्यक्ष थापाले जानकारी दिएका छन् । साथै सुजत डुम्रेले १०१ डलरको प्रतिबद्धता गरेका छन् ।

नाइजेरिया-एनसीसी नाइजेरिया ५००, प्रकाश सेन्दाङ ४००, बिरेन्द्र बहादुर बस्नेत १००, बलराम प्रसाद यादव १००, भरत रिजाल १००, शंकर कुमार बर्मा १००, सन्जीव क्षेत्री १००, राकेश शाह १००, चिरन्जीवी रोका १००, विश्वास पौडेल १००, सोमेश अर्याल १००, खड्का सुस्लिङ मगर १००, संजय थापा १०० र रुद्र दर्लामीे १००, विदुर घिमीरे १०० र सागर उप्रेतीले १०० डलर प्रतिबद्धता गरेका छन् ।

तान्जानिया-एनसीसी ५००, प्रेम गुरुङ २००, बिजय ज्ञवाली २००, पुष्पराज भट्टराई १०० र पासाङ शेर्पाले ५३ डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

युगाण्डा-एनसीसी युगाण्डा ५००, राजमणि भण्डारी ५००, रमेश कंडेल १००, बिनोद थापा १००, वर्षा क्षेत्री १००, जिभनाथ पंगेनी १०० र इश्वरी\कल्पना गैरे ५० डलर सहयोग गर्ने घोषणा गरेका छन् ।

केन्या- एनसीसी केन्या ५००, कुल कार्की २००, नारायण भट्टराई २००, कृष्णदत्त भट्ट १००, टिका धिताल १००, शिव अधिकारी १०० र सुवास सापकोटाले १०० डलर सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
कोषका संयोजक हिक्मत थापाले कोषको लक्ष्य २० हजार अमेरिकी डलर रहेको जानकारी दिँदै सहयोगी हातहरु जुटिरहेको र रकम उठ्ने क्रम जारी रहेको समेत बताएका छन् ।

यस्तो छ राहत कोषकों संचालक समिति

गत साता सम्पन्न अफ्रिकाका एनआरएनए शाखाहरुका अभियन्ताहरुको जूम बैठकले अफ्रिका राहत कोषको संचालक समिती निम्नानुसार गठन गरेको थियो ।

जसको संयोजकमा हिक्मत थापा, सहसंयोजकमा एनआरएनएका अफ्रिका क्षेत्र संयोजक रोशन थापा र जाम्बियाका सस्थापक अध्यक्ष बिदुर खनाल तथा सदस्य सचिवमा युगान्डाका पूर्वअध्यक्ष रमेश कंडेल र कोषाध्यक्षमा केन्याका संस्थापक अध्यक्ष कुल कार्की रहेका छन् । साथै अफ्रिकास्थित सबै राष्ट्रिय समन्वय समितिका अध्यक्ष कोष संचालन समितिका पदेन सदस्य रहनेछन् ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए २ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…

वीरगन्जबाट आयो खुसीको खबर, आज एकैपटक ४३ जना कोरोना संक्रमित डिस्चार्ज

वीरगन्जबाट आयो खुसीको खबर, आज एकैपटक ४३ जना कोरोना संक्रमित डिस्चार्ज २ हप्ता पहिले | संसार न्यूज़

१२ जेठ, काठमाण्डौं । वीरगन्जको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचाररत ४३…