Sansar News- Nepal's Fast Khabar Online News Portal

साइनो : सिर्जना, सैद्धान्तिक विमर्श र गतिविधि

छायादत्त न्यौपाने ‘बगर’
४ हप्ता पहिले
साइनो : सिर्जना, सैद्धान्तिक विमर्श र गतिविधि

यो लेख नेपाली मन–माटोबाट सुरु भएको साहित्यको नयाँ विधा साइनोसँग सम्बन्धित छ । यसमा साइनो सिर्जना आरम्भ, संरचनागत स्वरूप, सर्जकहरूको सहभागिता, सैद्धान्तिक विमर्श, नौ महिने अवधिमा गरिएका व्यक्ति तथा संस्थागत सिर्जनात्मक गतिविधि समेत पूर्ण परिचय दिने प्रयत्न गरिएको छ । नेपाली वाङ्मय क्षेत्रमा स्थापित तथा नवप्रतिभाका साइनो सम्बन्धी धारणालाई परिभाषाका रूपमा उल्लेख गरिएको छ । अहिलेसम्म देश/विदेशबाट साइनोको विकासमा भए÷गरेका कार्यविवरण पनि नछुटाउने प्रयत्न भएको छ । साइनोको उत्पत्ति, सिद्धान्त, परिभाषा, विकास र प्रवृत्ति समेतको चर्चा गर्ने प्रयासले लेखको आकार लामो बनाई पुनरावृत्तिको आभास पनि दिएको छ ।

विषय प्रवेश
बहुभाषा संस्कृति सम्पन्न नेपाली वाङ्मयले छोटो समयमा ऐतिहासिक मूल्य प्राप्त गरेको छ । नेपाली भाषामा रचिएको आख्यान विश्वसाहित्य समकक्षी बन्दै विदेशी विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा दर्ज हुनु नै गौरवशाली इतिहास निर्माण भएको प्रमाण हो । सङ्ख्यासँगै गुणात्मक प्राप्तिले समग्र नेपाली वाङ्मय सम्पन्न बन्दै छ । सभ्यताको आरम्भदेखि सन्तुलित प्रकृतिमा जीवनशैली स्थापित गर्ने विषय वाङ्मयले सृष्टि कालदेखि समाजलाई गति दिँदै आएको छ । जीवनजगतका समग्र पक्षहरूसँग जोडिएर नवीन जिज्ञासा जगाई प्रगतिका ढोका उघार्दै भौतिक सुख–सुविधा आर्जनमा अभिप्रेरित गर्ने विषय वाङ्मय अर्थात् भाषा साहित्य नै हो । सृष्टि सौन्दर्य अभिव्यक्त गर्ने विषय साहित्यले जीवनजगतका समस्त अङ्गको चित्रण गर्छ । समाज सञ्चालनका विविध गतिविधिसँग छोइएर साहित्य सिर्जना हुने हुँदा यसलाई समाजको दर्पण पनि भनिन्छ । पछिल्लो समय साहित्यका मूल (कविता, आख्यान,नाटक र निबन्ध)विधामध्ये कविताको उपविधाका रूपमा सामाजिक सञ्जालबाट आरम्भ भई निरन्तर लेखिँदै आएको ‘साइनो’ नवीनतम सिर्जनात्मक प्रयोगका रूपमा चिनिँदै आएको छ (न्यौपाने–२०७६,पुस्तकालय आवाज मासिक–६)। नेपाली मन–माटाबाट सुरु भएको सिङ्गै साहित्यको कान्छो विधा साइनो सामाजिक जीवनका कथा–व्यथा,बेथिति–विसङ्गति टिपेर विज्ञानसम्मत चिन्तनसहित व्यवहार अनुकूल व्यञ्जनात्मक अभिव्यक्ति दिन सक्षम विधाका रूपमा चिनिँदै आएको छ ।

साइनो नेपाली भाषाको ठेट शब्द साइनुको प्रचलित रूप हो । गण्डकी प्रदेशका महिलाले मित लाउने विधिप्रक्रिया बुझाउन सैना शब्द प्रयोग गर्ने गरेको पाइन्छ । यही सैना साइनु र साइनु साइनोमा परिवर्तन हुँदै प्रयोगमा आएको हो । यसले मानवीय नाता सम्बन्ध भन्ने अर्थबोध गराउने परम्परासँगै विगत केही समयदेखि सिर्जनात्मक लेखन साहित्यको प्रिय विधा साइनोलाई समेटेको छ । मानव सृष्टिको थालनीदेखि सन्तुलित सौन्दर्य भर्दै प्रकृतिजन्य जीवनशैली स्थापित गर्ने महत्त्वपूर्ण अभिव्यक्ति वाङ्मय र वाङ्मयको महत्त्वपूर्ण विधा कविताकै अवयव बनेर साइनो आएको हो । पछिल्लो समय प्राचीन सभ्यता पुस्तान्तरण गर्दै समाजलाई गति दिने छरितो विषयका रूपमा साइनोले ठाउँ लिएको पाइन्छ । मानव जीवनका समग्र पक्ष समेट्दै नवीन जिज्ञासा अनुकूल प्रगतिका ढोका उघार्दै भौतिक सुख–सुविधा आर्जनमा अभिप्रेरित गर्ने विषय वाङ्मयी अङ्ग बन्न सकेकाले साइनोको लोकप्रियता बढ्दो गतिमा छ । सृष्टि सौन्दर्य अभिव्यक्त गर्ने विषय साहित्यले प्राणीजगतका समस्त अङ्गको चित्रण गरी समाज सञ्चालनका विविध गतिविधि देखाई जीवन्तता दिने हुँदा यसलाई समाजको प्रतिबिम्ब मानिएको हो । यस्तै भाव सूत्रात्मक शैलीले व्यक्त गर्ने हुँदा साइनोले बर्ता लोकप्रियता पनि पाउँदै छ ।

सिर्जना
हाम्रो सिर्जना सूत्र
मन–माटाको सम्बन्ध
जन–जीवनको सुगन्ध ।
साइनो नेपाली जनजीवनको प्रिय शब्द हो । यसको अर्थले नाता/सम्बन्ध जनाउँदै आएको पाइन्छ । बाआमा, छोराछोरी, हजुरबाआमा, दिदीभिनाजु, मामामाइजू, ससुराली, आफन्त यी र यस्तै यस्तै सम्बन्ध जनाउने शब्द हो साइनो । रगतको सम्बन्ध नभएका दुई पुरुष मित लाएर सम्बन्ध जोड्छन् भने महिला सैना लाएर सैना–सैना (मित–मित) बन्छन् । यसरी हेर्दा सैनाबाटै साइनो शब्द विकसित भएको हुनुपर्ने देखिन्छ । सैना शब्द नेपालको निश्चित भूगोल अर्थात् गण्डकी प्रदेशमा बर्ता प्रचलित छ ।

नेपाली बृहत् शब्दकोश अनुसार ‘साइनु’ साइनो नेपाली भाषाको मौलिक शब्द भनेर अथ्र्याएको पाइन्छ । यसलाई झर्रो वा ठेट नेपाली शब्द पनि भनिन्छ । झट्ट बोल्दा÷सुन्दा, देख्दा/पढ्दा ‘साइनो’ कम ओजको शब्द लाग्न सक्छ । यसको अर्थ नाता सम्बन्ध त हो, सहजै अर्थिन्छ भन्ने पर्न सक्छ तपाईं हामी धेरैलाई तर अर्थिने वा अथ्र्याउने कुरा चेतना र सन्दर्भले बोक्ने गाम्भीर्यमा अन्तर्निहित रहन्छ । हाम्रा पूर्वजले जति बुझ्यो उति कठिन, झन् झन् बुझ्यो झन् कठिन सस्तो बोलेका होइनन् । साइनोको सम्बन्ध खोज्दै जाँदा जीवन–जगतको सम्बन्ध, माटो–पानीको सम्बन्ध, धर्ती–आकाशको सम्बन्ध, माछा–पानीको सम्बन्ध, काँढा–फूलको सम्बन्ध, ज्ञान–विज्ञान–प्रविधिको सम्बन्ध, समाज–सभ्यताको सम्बन्ध, संस्कार–संस्कृतिको सम्बन्ध, यस्तै–यस्तै सम्बन्धहरूको अक्षुण्ण माला साइनोसँगै गाँसिएर डोरिँदा हावा–पानीले जोडेको सम्बन्धै–सम्बन्धको जञ्जालमा पुगिन्छ । प्रकृति, भूगोल र सृष्टि सौन्दर्यसँगको घनिष्ठ सम्बन्ध–सूत्रले तानेर साइनै–साइनोसँग गाँसिदिएको छ प्राणीलाई (न्यौपाने–२०७६,नवप्रज्ञापन त्रैमासिक–८७) । कसले अलग गर्ला यसरी सतहमै पुगेर जेलिएको माटो र पानीको सम्बन्धलाई ? यति बलियो गरी जोल्टिएको छ कि देश र जनताको सम्बन्ध, मानव र संवेदनाको सम्बन्ध कसैले छुट्ट्याउने दुष्प्रयास गर्दैमा छुट्टिन्छ र ? सम्भवै छैन । यसर्थ सम्बन्धका जराले सिङ्गै ब्रह्माण्डको गहिराइ र जीवनको अर्थ नभेटी साइनोको आन्तर्य छामिँदैन ! साइनो सिर्जनाले अर्थगत गहिराइमा पुगेको आन्तर्यलाई इङ्गित गरेको छ ।

साइनो नेपाली जनजिब्रोले बोल्ने शब्द हो । झर्रो भनेर त पक्कै होइन होला साइनोले कम महत्त्व पाएको । नाता सम्बन्ध जनाउनु निश्चय नै कम ओज भन्ने अर्थ नहोला । यो त परिवार र परिवार–परिवारबिचको सम्बन्ध हो । वाङ्मयमा यसको प्रयोग शब्द र अर्थ, साहित्य र जीवनसित बर्ता नजिकिएर आएको छ । साइनो साहित्य सिर्जनाको एउटा स्वरूप हो । यसलाई साहित्यको नयाँ आयाम मान्नु उपयुक्त हुने देखिन्छ जसले नेपाली मन–माटाकै सुगन्ध बोकेको छ ।

साइनो साहित्यको बहुप्रचलित विधा कविताको उपविधा हो । यसको संरचना सात, आठ र नौ अक्षरी तीन शब्दगुच्छामा हुन्छ । पहिलो पङ्क्तिको शब्दगुच्छा सात अक्षरी हुन्छ । दोस्रो पङ्क्तिमा आठ र तेस्रोमा नौ अक्षर रहन्छन् । अक्षर गणना सामान्य नेपाली व्याकरण परम्परा अनुसार गरिन्छ । कविताकै नवीन रूप भएकाले अनुप्रासले यसलाई पनि कर्णप्रिय बनाउँछ नै । साइनोमा पनि नयाँ बिम्ब/प्रतीक, व्यञ्जना शब्दशक्ति सँगै अलङ्कार, ध्वनि, रीतिजस्ता साहित्यिक मूल्य अपेक्षित रहन्छन् । शब्दसँग राम्ररी खेल्ने/खेलाउने पारखी यसका असल स्रष्टा बन्न सक्छन् । लय विधानका दृष्टिले यसलाई प्रति गुच्छाको अन्त्यमा विश्राम दिनु उपयुक्त हुने देखिन्छ । पहिलो/दोस्रोमा ठिक्क विश्राम दिएर वाचन गरेपछि क्रमशः पहिलो, दोस्रो र तेस्रो वाचन गर्नु उपयुक्त हुने देखिएको छ । जस्तैः
सचेत यो जीवन
सक्रिय यी हातहरू–२
सचेत यो जीवन
सक्रिय यी हातहरू
कर्मले डो¥याउँछ मान्छे । कर्मले डो¥याउँछ मान्छे ।
छोटो छरितो सिर्जनात्मक अभिव्यक्ति साइनो सिर्जना आरम्भ कुनै पूर्व योजना अनुरूप नभई आकस्मिक प्रस्फुटन हो । वर्तमानमा प्रचलित नवीन प्रविधि सामाजिक सञ्जाल(फेसबुक)को उपयोग गर्दै गर्दा यो संरचना प्रस्फुटन भएको हो । त्यसलाई अनुहार किताब (फेसबुक)मार्फत सार्वजनिक गरेपछि यसका पाठक/दर्शकसँगै प्रयोक्तामा चासो बढ्यो र सिर्जना गरी सार्वजनिक गर्ने प्रक्रियाले गति लियो । परिणाम स्वरूप योे थोरै समयमा व्यापक रूपले विश्वभर फिँजिन भ्याएको छ ।

साइनो यतिखेर साथी–साथीको आत्मीय सम्बन्धलाई सिर्जनाको कसीसँग जोडेर मूर्तरूप दिने माध्यम बनेको छ । यसको छोटो संरचनाले गतिलो साहित्यिक स्वाद दिने हुँदा आजको व्यस्त पाठकका निम्ति ज्यादै प्रभावकारी भएको छ । व्यञ्जना शब्दशक्तिले यसलाई बर्ता खिरिलो र चोटिलो बनाएको अनुभूति गर्न सकिन्छ । समाजका बेथिति विसङ्गतिलाई विषय बनाएर व्यङ्ग्यको सुइरोले घोची–घोची सुसङ्गत प्रवृत्तिको विकासका लागि सचेत रहन आग्रह गर्ने घतिलो प्रस्तुति बनेको छ । यसले जीवन, जीवनजस्तै बनाउने ध्येय राखी मानवीय संवेदनालाई न्यायिक स्पर्शले गोडमेल गर्ने अभीष्ट लिएको छ ।

साहित्यमा पहिलादेखि परिचित र प्रचलित मुख्य विधा कविता, आख्यान, नाटक र निबन्ध नै हुन् । यीमध्ये कविताको उपविधा साइनोले स्रष्टाहरूमा आकर्षण थप्दै आएको पाइन्छ । यसको कारण साइनोको स्वरूप र संरचनाले पछ्याएको नवीन शैली, विषय विश्लेषणमा बौद्धिकता र प्रस्तुतिमा तार्किकता हो । अर्थ गाम्भीर्य यसको मूल पहिचान हो (न्यौपाने, २०७६,नवप्रज्ञापन–८७) । पाठकले क्षणभरमै साहित्यिक रसास्वाद पाउन सक्छन् ।

साइनो शाब्दिक अर्थजस्तै स्वतन्त्र अस्तित्वबिचको अन्तर्सम्बन्ध हो । यस सिर्जनात्मक साइनोका प्रत्येक शब्दगुच्छाको स्वतन्त्र अर्थपछि तीनवटैको समुच्च अर्थ लाग्छ र यसको साख सुरक्षित हुन्छ । यी तीन शब्दगुच्छा एकअर्कामा आश्रित नभई स्वतन्त्र अर्थवाहक हुन्छन् (न्यौपाने–२०७६,शृङ्खला,१४६) ।
उछिन्ने ध्याउन्न त्यो
एकसरो हिँडिरहेँ
साथीहरू बिर्सने दाउ !
यही गहनताले गर्दा छोटो समयमा साइनोले धेरै सर्जक प्राप्त गरेको हो (न्यौपाने,२०७६,नवप्रज्ञापन–८७) । नौ महिनाको अवधिमा साइनो सर्जक सङ्ख्या सयौँको हाराहारी देखिएको छ । यसको नवीनताले अरू धेरैलाई जिज्ञासु बनाएर बहसमा पनि उतारिरहेको छ । पङ्क्तिकारले विसं.२०७६/४/१६ मा सामाजिक सञ्जालमार्पmत सम्प्रेषण गरेको सुरुवाती संरचना :
मान्छे छैन इमानी
न सहरमा छ धन
न त झोपडीमा पिसानी !
यो नै पहिलो साइनो सिर्जना हो । केही साइनाहरू सामाजिक सञ्जालमा पढेपछि स्रष्टाहरूले कविताको नयाँ आयामका रूपमा स्वीकार गरी साइनो सिर्जना गर्दै आएका छन् । यसको संरचनामा विषय प्रस्तुतिको मागअनुसार लेख्य चिन्हको प्रयोग आवश्यक ठाउँमा गर्न सकिन्छ । पूर्णबिरामको प्रयोग भने तेस्रो शब्दगुच्छा/तेस्रो पङ्क्तिको अन्त्यमा मात्र गर्नु उपयुक्त देखिन्छ (अन्तिममा अरू चिन्ह प्रयोग नभएको खण्डमा (।)पूर्णबिराम) । विषय प्रस्तुतिले मागेमा सामान्यतया अनुकूल स्थानमा अनुकूल लेख्य चिन्ह प्रयोगको सम्भावना छँदै छ । साइनोलाई लिएर यति कुरा गरिसकेपछि यसका अनुयायी छोटो समयमा यति धेरै कसरी जोडिए ! तथ्यको चर्चा पनि नगरी रहन मिल्दैन ।

पाठकमा सहज उत्पन्न जिज्ञासाको उचित सम्मानमा ध्यान जानु स्वभाविकै देखिन्छ । यसको मुख्य कारण त छोटो–छरितो रचनाले मसालेदार चटपटे तर घतिलो साहित्यिक खुराक पस्कन सक्नु नै हो । त्यसपछि सामाजिक सञ्जालको सदुपयोग जुन माथि पनि भनिसकिएको छ । कम बखतको लगानीमा साइनोको प्रचार–प्रसार सामाजिक सञ्जालबाटै सम्भव भएको हो । प्रथमपटक लेखक/प्रसारक छायादत्त न्यौपाने ‘बगर’ का छ/सातवटा साइनाहरू पढेपछि स्रष्टा केशव ज्ञवालीले न्यौपानेसँग सञ्जालमार्पmतै सम्पर्क गरे । दुवै स्रष्टाबिच परामर्श भयो । सहमति अनुसार त्यसको भोलिपल्ट २०७६/५/१४ देखि केशव ज्ञवालीले पनि
कसैको मन खुसी
कसैकोमन खिन्न छ
अनुभव भिन्न भिन्न छ, ! (ज्ञवाली फेसबुक वाल) साइनो लेखेर सार्वजनिक गरे । यसको लगतै छायादत्त न्यौपानेसँग नजिक रहेर साइनो बारे विमर्श गरिरहेका स्रष्टा खेमलाल पोखरेलले पनि साइनो लेखेर सार्वजनिक गर्न थाल्नुभयो । यसपछि कृष्ण पौडेल, बालकुमार क्षेत्री, हरिप्रसाद चौलागाईं, सीता सुवेदी पन्थी समेत धेरै साथीहरुले साइनो लेखन सुरु गरे । यो क्रम निरन्तर चलिरहेकै छ । यसमा आ–आफ्नो क्षेत्रका स्वनामधन्य स्रष्टाहरु जोडिएकाले साइनो बलियो जगमा टेकेर अघि बढेको मान्न सकिन्छ ।

यो पङ्क्तिकारले यसअघिका लेखहरुमा जनाएअुनसार साइनो सिर्जनासँग साङ्लिएर हिँड्ने सहसर्जकहरू केशव ज्ञवाली, खेमलाल पोखरेल, कृष्ण पौडेल, बालकुमार क्षेत्री, हरिप्रसाद चौलागाईं, सीता सुवेदी पन्थी उद्धवप्रसाद प्याकुरेल, आकाश पौडेल, धतानन्द शर्मा, कृष्ण बाउसे, सुरेन्द्र शाही, बाबुराम न्यौपाने उत्स, मिना डाँगी, सविता भट्टराई, शम्भुराम जोशी, हरिभक्त पौडेल, विष्णु पादुका, घन थापा, प्रमोद भट्टराई, बद्री उप्रेती, लालचन्द्र लम्साल, सीता शर्मा, विनोद नेपाल, महानन्द ढकाल, देवी गौतम, हरेकृष्ण ज्ञवाली, चेतनारायण शर्मा, शोभाकान्त रिजाल, हेमन्त तिवारी, टंकप्रसाद पन्थ, सीता पौडेल, कमला भण्डारी, चन्द्रावती अधिकारी, हरिचन्द्र ढकाल, चिरञ्जीवी ढकाल, निरञ्जना चन्द, दुर्गाप्रसाद कोइराला, शान्ति अधिकारी पोखरेल, आर्त अकूलीन,बलराम सुवेदी, सन्तोष खत्री समेत धेरै स्रष्टाहरू जोडिने क्रम जारी छ ।
साइनो सिर्जना र यसबारे केही जानकारी मूलक सामग्री दिने पत्रपत्रिकाहरुमा शब्दाङ्कुर मासिक, शृङ्खला मासिक, शब्दसंयोजन मासिक, लोक भावना त्रैमासिक, अग्निचक्र मासिक, पुस्तकालय आवाज मासिक, नवप्रज्ञापन त्रैमासिक, गाउँले देउराली साप्ताहिक लगायत साहित्यिक तथा दैनिक÷साप्ताहिक पत्रिकाहरूले छायादत्त न्यौपाने ‘बगर’का लेख प्रकाशन गरेका छन् । यस्तै संसारन्युज डटकम, र ई–हुलाकी, बडीमालिका…अनलाइनमा केशव ज्ञवाली, बालकुमार क्षेत्री, सुरेन्द्र शाही, छायादत्त न्यौपाने, खेमलाल पोखरेल, सुरेश काफ्ले विदारक, विष्णु पादुका तथा झापा ब्लाष्ट दैनिकबाट खेमलाल पोखरेल र छायादत्त न्यौपानेका साइनो चिनाउने लेख/रचना प्रकाशित छन् । यस्तै बाँकेबाट प्रकाशित हुने मिसनटुडे राष्ट्रिय दैनिकमा छायादत्त न्यौपाने र महानन्द ढकाल तथा संसारन्युज डटकम अनलाइनमा छायादत्त न्यौपाने र केशव ज्ञवालीका साथ बालकुमार क्षेत्रीबिच साइनोसम्बन्धी कुराकानीसँगै धेरै जना स्रष्टाका साइनो रचना प्रकाशित हुँदै आएका छन् । यस्तै केशव ज्ञवाली, हरिप्रसाद चौलागाई काभ्रे, सुरेन्द्र शाही, बद्री उप्रेती, सीता सुवेदी पन्थी, छायादत्त न्यौपानेहरूले काठमाडौं, खेमलाल पोखरेल, मिना डाँगीहरूले झापा, सुरेश काफ्ले, बाबुराम न्यौपाने उत्सले सुनसरी, हरिभक्त पौडेल, सविता भट्टराई तनहूँ, घन थापा, चेतनारायण शर्मा स्याङ्जा, सीता शर्मा, मोहन भण्डारी पर्वत, धतानन्द शर्मा, टंक पन्थले पाल्पा, कृष्ण पौडेल रुपन्देही र विष्णु पादुका, महानन्द ढकाल, चिरञ्जीवी ढकाल, निरञ्जना चन्द, सीता पौडेलहरूले बाँके/बर्दियाका विभिन्न साहित्यिक गोष्ठीहरूमा साइनो रचना वाचन समेत परिचय दिने काम हुँदै आएको छ । यसरी हेर्दा साइनोले पाठकप्रिय भई तीव्र गति प्राप्त गरिरहेको देखिन्छ । यस्तै बालकुमार क्षेत्री, मिना डाँगी, सुरेन्द्र शाही, कमला भण्डारी, सीता सुवेदी पन्थीहरूले युट्युब भिडियो मार्पmत प्रत्यक्ष प्रसारण गरी साइनोको प्रचार–प्रसारमा योगदान गरिरहेको पाइन्छ । छायादत्त न्यौपाने ‘बगर’ले अरनिको टेलिभिजनमा कौशिला रिसाल(कात्तिक–७,२०७६) र जीबहस टिभीमा तिलक तिवारी (मङ्सिर११,२०७६) तथा रेडियो अन्नपूर्णमा छविरमण सिलवालसँग (माघ–२६,२०७६) साइनोबारे संवार्ता गरेका छन् । यस्तै रेडियो मिसनमा विष्णु पादुका र महानन्द ढकालले पनि यस विषयमा (फागुन–७?, २०७६) चर्चा गरेका छन् । यस्तै (फागुन–२६,२०७६)मा स्रष्टा विष्णु पादुकाको कृति साइनो लघुकविता सङ्ग्रहको परिचर्चा कार्यक्रम युट्युबमार्फतप्रत्यक्ष प्रसारण भएको छ । (यद्यपि यस कार्यक्रममा बोलिएका कति कुराले इतिहास बिर्सेको हुँदा त्रुटिपूर्ण र आधारहीन छ भन्ने भनाइ प्रारम्भदेखि साइनोसँग साङ्लिएर काम गर्दै आएका स्रष्टाहरूको छ ।) यसै गरी रेडियो मिसनबाटै चन्द्रावती अधिकारी, निरञ्जना चन्द र महानन्द ढकालबिच साइनो रचना वाचन समेत छलफल (चैत–१गते,२०७६) प्रसारण भएको देखिन्छ ।

सरल अर्थ सम्बन्ध बताउने साइनोले समाजका बेथिति र विसङ्गतिमा गुलेली र मट्याङ्ग्रा चलाउँछ । यसको मर्म भनेको विकृतिलाई व्यङ्ग्यवाण ठोक्नु नै हो । यसले समाजबाटै विषयवस्तु लिन्छ र समाजलाई नै सचेत गराउन बल गर्छ । विषय चयनमा कुनै नौल्याइँ नभेटिएला तर प्रस्तुतिमा नौल्याइँ यसको विशेषता नै हो । अझ स्पष्ट हुने हो भने साइनो लेखन–प्रसारण यो एउटा अभियान पनि हो । आजको सन्दर्भमा छोटा, छरिता, घतिला साहित्यिक सामग्री पाठकसम्म पु¥याउने उद्देश्यले नै यो अभियान सुरु भएको हो । यस मूल्यमा अभियान सशक्त बन्दै गएको छ । यसका अभियन्ता बालकुमार क्षेत्रीबाट साइनो चौपारीमार्फत साइनोको संरचना, लयबारे प्रशस्त बहस हुनुले यसलाई बल दिएको छ । यसै गरी बालकुमार क्षेत्री, सुरेन्द्र शाही, सुरेश काफ्ले विदारक समेतले सञ्चालन गरिरहेको साइनो संसारमा जोडिएका सबै साइनोकारहरूको मतैक्यले थप शक्ति प्रदान गरेको छ । यो अभिव्यक्ति अभियन्ताहरूबाट साइनोले प्राप्त गरेको ऊर्जाशील गति हो । यो यथार्थ सार्वजनिक भइरहँदा कुनै अन्यथा हुने छैन । यही समभावले समस्त साइनोसँग साङ्लिएका साइनोकारहरूको प्रतिबद्धता रहेको सन्देश प्रवाह गरिरहँदा यो आलेखले थप सान्दर्भिकता पाएको पुष्टि हुन्छ ।

साइनो नेपाली मनले खोस्रेर नेपालकै माटामा उमारेको साहित्यिक उपज हो । यो सिङ्गै नेपाल र सबै नेपालीको साझा उपलब्धिका रूपमा अगाडि आएको छ । यसको थालनी र विकासमा पनि नेपाली चेतनाले योगदान गर्दै आएको छ । यसलाई नेपाली मूलका प्रवासी स्रष्टाहरूले पनि गम्भीर चासोका साथ लिएको पाइन्छ । यसले गति लिइसकेको हुँदा निकट भविष्यमै यसको प्रचार–प्रसार नेपालका अरू भाषा तथा अन्य अन्तर्राष्ट्रिय भाषाहरूले समेत गर्ने नै छन् । यसको आकार र आन्तर्यले अनुवाद तथा सिर्जनाको माध्यमबाट आपूmलाई संसारभर फैलाउनेछ र नेपाली मौलिक परिचय स्थापित गर्नेछ भन्ने कुरामा विश्वास गरिरहन सकिन्छ तर आवश्यक पहलकदमीको खाँचो भने छँदै छ । यो समस्त साइनोकारको साझा जिम्मेवारी हो ।

साइनोको स्थायित्वका लागि अभियन्ता आपैm सक्रिय रहने कुरा रहिरहन्छ भने यसमा जोडिन आउने प्रतिभाहरूको लहरले पनि यसलाई जीवन्तता दिने विषयमा विश्वस्त रहन सकिन्छ । यसले सङ्ख्यात्मक मात्र होइन गुणात्मक फड्को मारिसकेको छ । सञ्जालको सदुपयोगले यसलाई जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि भनेभैंm गरी संसारभरि पु¥याइसकेको छ । स्वतस्पूmर्त जोडिएका अभियन्ताहरूको सुरुचिपूर्ण सक्रियताले विसं.२०७७ को सुरुतिरै सार्वजनिक गर्ने गरी साइनो र सारथि नामको संयुक्त साइनो सङ्ग्रह प्रकाशनको तयारी थालेको छ जसमा साइनोको सैद्धान्तिक विमर्श, यसले गर्दै आएका गतिविधि समेत सयौँ स्रष्टाका हजारौँ सिर्जनाहरू अटाउनेछन् ।
नेपालीको नाता यो
सञ्जालभरि साइनो
लहराले तान्यो पहरो ।
सिर्जनाको मैदान फराकिलो हुन्छ । सिर्जनाले पाखाहरू हरिया बनाउँछ । जलवायुको सिञ्चन पाए सिर्जनाले जीवन बोक्छ । जीवनको समग्रतामा उम्रेको सिर्जनाले मनमस्तिष्कलाई झङ्कृत गर्छ । परम्परित मूल्यमा नयाँ भाव र संरचनाको भिन्न स्वादसँग आउने मौलिक सिर्जनाले ऐतिहासिक महत्त्व राख्छ । यसै भावभूमिमा सूत्रमय प्रस्तुति लिएर गणितीय संरचनागत साहित्यिक मूल्यबोधसँगै आएको छ साइनो । साहित्यका विविध विधाहरूमध्ये कान्छो विधा नेपाली मनमाटामा जन्मेर हुर्कंदै छ । यो विसं २०७६ साल नेपाली साहित्यको ऐतिहासिक वर्ष बनेको छ । यसै वर्षको साउन सोह्र गतेदेखि नेपाली साहित्यमा यो विधा जन्मेको हो (न्यौपाने २०७६, नवप्रज्ञापन–८७) । यो साहित्यमा थपिएको सिर्जनात्मक आयाम मात्र नभई मिठो साहित्यिक परिकार पनि हो । निश्चित अक्षर सङ्ख्यामा रचिन सुरु भएको ‘साइनो’ सिर्जनकर्मसँग छोटो समयमै अनन्त सर्जक बेस्सरी झ्याम्मिइसकेको पाइन्छ । परिणाम स्वरूप साइनोले कलिलै वयमा फराकिलो भूगोल ओगटेर साधनारत प्रतिभाहरूको स्याहार पाइसकेको छ । अचम्म के छ भने यसले जन्मेर जति दिनको भयो त्यो भन्दा धेरै नयाँ स्रष्टा र सृष्टि प्राप्त गरिरहेको छ । यो सूचनाले साइनोपे्रमी सबैलाई उत्साही तुल्याउने नै छ । हुन पनि साइनो विधा यति तीव्र गतिमा अघि बढ्यो कि स्रष्टा विष्णु पादुकाले साइनो लघुकविता सङ्ग्रह प्रकाशन गर्न भ्याए भने केशव ज्ञवाली, खेमलाल पोखरेल, बालकुमार क्षेत्री, सुरेन्द्र शाही, बाबुराम न्यौपाने उत्स, सीता पौडेल,सीता शर्मा, निरञ्जना चन्द, छायादत्त न्यौपाने ‘बगर’ समेत धेरै जना स्रष्टाहरू प्रकाशनको तयारीमा जुटेका छन् । ‘साइनो’ लेखन आरम्भ भएको आधा वर्षमै सिङ्गै कृति प्रकाशनले यसको जीवन दर्शन, सिर्जनात्मक विशिष्टता, अर्थगत गहिराइ तथा वैज्ञानिक संरचनाले जनमनमा पारेको गतिलो प्रभाव हो भन्ने प्रमाण दिन्छ । यो विधा आजको भौतिक सुखमा लतपतिएको व्यस्त मान्छेलाई निमेषको लगानीमा पोसिलो साहित्यिक स्वाद लिन सुयोग जुराइदिने गहन विधाका रूपमा आएको छ ।
हाम्रो सिर्जना सूत्र
मन–माटाको सम्बन्ध
जन–जीवनको सुगन्ध ।
यो प्रारम्भिक चरणको सानो लेखमा साइनो चिन्न चाहिनेजति विषय नसमेटिन सक्छ तथापि यसबारे सङ्क्षिप्तमै भए पनि केही न केही सूचना दिनु सान्दर्भिक हुने देखिन्छ । विचारको घोत्ल्याइँ, प्रस्तुतिमा छरित्याइँ, बेथितिलई प्रहार, कर्मयोगलाई सम्मान, राष्ट्रिय चेतनाको आह्वान, जीवनबोधको प्रयास जस्ता भाव सन्तुलन साइनो सिर्जनाको मूल लक्ष्य मानिएको छ । साइनो योजनाविहीन सिर्जित विधा भए पनि यो सचेत भनिने प्राणी मानव मन–मस्तिष्कको आकस्मिक एवं स्वतस्फूर्तआविष्कार हो । यसको आरम्भ हुनुअघि कुनै सैद्धान्तिक स्वरूप तयार भएको होइन । यसको विकासले गति लिनुमा आरम्भ पछिको स्रष्टा मिलन र विमर्शले दिएको सैद्धान्तिक स्वरूपका सन्दर्भमा पनि सामाजिक सञ्जालकै देन छ । आजसम्म हुँदै आएका यसलाई चिन्ने/चिनाउने बहस पर्याप्त नभए पनि छापा तथा अनलाइन पत्रपत्रिकामा परिचयात्मक सामग्री धेरै आइसकेको तथ्य माथि पेस गरिसकएको छ । थप सैद्धान्तिक रूपरेखा कोरिने काम हुँदै पनि आएको छ । यस आलेखमा पनि साइनो संरचना र अर्थगत चिनारी सङ्क्षिप्तमा सूत्रबद्ध गर्ने प्रयत्न यसरी गरिएको छ :
–साइनो नेपाली मन–माटाले उमारेको सिर्जनात्मक मौलिक कविता विधा हो ।
–साइनोको संरचना क्रमश : सात, आठ र नौ अक्षरी त्रिपदीय शब्दगुच्छाको हो । (आधा अक्षर लेखिन्छ तर अक्षर सङ्ख्यामा गनिँदैन र अक्षर गणना प्रचलित नेपाली व्याकरणअनुसार गरिन्छ)
–साइनोको साख तीन शब्दगुच्छामध्ये प्रत्येकको स्वतन्त्र अर्थ र समुच्चमा तीनवटैको एउटै अर्थ लाग्नु हो । (यसका प्रत्येक पद एकअर्कासँग आश्रित नभई स्वतन्त्र हुन्छन् तर अर्थगत एकतामा विश्वास गर्छन्।)
–साइनो जीवन–जगतका समग्र पक्षबाट विषयवस्तु लिएर व्यञ्जना शब्दशक्ति हुँदै साहित्यका नवरसमध्ये जुनसुकैसँग लछप्प भिज्न सक्नु नै यसको मर्म हो ।
–साइनो कविताकै उपविधा भएको हुँदा वाचनमा झङ्कार दिन अनुप्रासले सघाउँछ भने शब्दगुच्छाको अन्तिममा दिइने विश्रामले लय निर्धारण गर्छ । (मुक्त लयको कविता भएकाले लय निर्धारणमा सर्जक/वाचक स्वयंको अभ्यास पनि महत्त्वपूर्र्र्ण ठहर्छ नै ।)
–साइनोमा पूर्वीय साहित्यिक मूल्य व्यञ्जना शब्दशक्ति, अलङ्कार, ध्वनि, रीति, बिम्ब/प्रतीकसँगै रससूत्रको साधारणीकरण अपेक्षित रहन्छ ।
यिनै केही खास मूल्यका आधारमा साइनो लेखन/प्रकाशनले महत्त्व पाएको छ । विश्वास छ, सामाजिक सञ्जालमा लेखिरहेका र पुस्तक छपाइमा सक्रिय रहेका साइनोकारहरूले यी मान्यता पछ्याएकै छन् र पछ्याउनेछन् । यो सजगताले उनीहरूमा अन्तर्निहित साइनोप्रतिको स्नेह, सम्मान भाव र जिम्मेवारी बोध जनाउनेछ । प्रकाशनका लागि तयारीमा रहेका अरू कृतिले भन्दा साइनोले प्राथमिकता पाउनुमा स्रष्टाहरूले साइनोलाई दिएको उच्च मूल्यकै प्रमाण हो । यसलाई जे जसरी लिए पनि साइनो (पास्नी) भातखुवाइको उमेरमै दौडिने भएको छ । यसलाई साइनोकार मित्रहरू सबैको साझा साधनाको गमिलो उपलब्धि मान्न सकिन्छ । यो सञ्जालमार्फतसाइनोसँग जोडिएका स्रष्टा सबैका लागि खुसी र प्रेरणापुञ्ज पनि हो । विश्वास गर्न सकिन्छ कि साइनो जीवन्त भयो । यथाशीघ्र यो नेपाली माटाको सुगन्ध लिएर धर्तीको छेउछेउसम्म पुग्छ र स्रष्टाहरू खोज्दै–थप्दै जान्छ । यस साइनोका विषयमा विद्वान् समीक्षक तथा सर्जकहरूमाझ विमर्श चल्छ, चलिरहनेछ । यो आवश्यक पनि हुन्छ । आउँदा दिनमा विद्वान्हरूबिचको चर्चा परिचर्चाले साइनोमा पर्याप्त ऊर्जा थपेर परिष्कार परिमार्जन गर्दै मूल्यबोधसँगै परिपक्व बनाउँदै लैजानेछ ।

हेरौँ न साइनो कलिलो उमेरमै शब्दार्थमा सीमित रहेन । यसले सामाजिक जीवनभित्र पसेर सिर्जनात्मक रूपले व्यापकता पायो । यसको रूप र अर्थ विस्तार भई विश्वव्यापी बन्यो । अब यो रगतको नातामा केन्द्रित छैन । यसले भूगोल, प्रकृति, संस्कृति र इतिहासको अनन्ततामा आफूलाई पु¥याइसकेको अनुभूति दिएको छ । सर्जकहरू यसको संरचनाप्रति विशेष चनाखो भएर साधना गरिरहेछन् । नेपालीको सान सार्वजनिक विश्रामस्थल चौपारीमा समस्त मानव भेला भएर यसको सिर्जनविधिबारे बहस गरिरहेछन् । जसले साहित्यको नयाँ विधा साइनोको साखमा ऊर्जाशील गति दिइरहेको छ ।

साइनो समस्त प्राणीबिचको सम्बन्ध हो । यसले सृष्टिमा प्राप्त सबै जीवसँग आत्मीय सम्बन्धको अपेक्षा गर्छ । जीवन, प्रकृति र भूगोलजन्य गतिविधिले साइनोको सिर्जनात्मक पाटो पछ्याउँछ । यसको सम्बन्ध निश्चित समाजमा सीमित नभई समस्त सृष्टि सौन्दर्यसित छ । यो जीवन, राजनीति, संस्कृति, प्रकृतिका अङ्ग–अङ्गसँग गहिरो नाता जोडेर सुगन्धित हुँदै अघि लागेको छ । साइनोले व्यक्ति–व्यक्तिसँगको अनुभव–अनुभूतिलाई समग्रमा प्रस्तुत गरेर आफूलाई सिर्जनाको विशाल मैदानमा पु¥याइसकेको छ । यसमा मानव सौन्दर्य सग्लै अटाउँछ र बेथितिलाई मस्तिष्कको गुलेली र शब्द वाण चलाउन सक्ने सिर्जनात्मक सामथ्र्य राख्छ । यसको सात, आठ र नौको विषम योग र संरचनागत स्वरूप चौबिस अक्षरी हुन्छ । यस संरचनामा जीवनको अनुराग अनि कर्तव्यबोध दुवै फक्रन सक्छन् । यसलाई अथ्र्याउने सन्दर्भमा विद्वान् समालोचकका फरक मत आवश्यक पर्छन् र यो प्रक्रिया निरन्तर चलिरहनु पनि जरुरी हुन्छ किनकि साइनोले सिर्जनाको विशाल फाँटलाई फूलबारीझैँ ढकमक्क पार्ने गरी झाँगिनु छ । यसका लागि स्वच्छ बौद्धिक बहस त अनिवार्य हुन्छ नै । यहाँ यही आह्वान् हुनु सान्दर्भिक छ ।
साइनोका संरचनाका सात अक्षरले सात महादेश जनाउँछन् । आठ अक्षर आठै दिशा बोध गराउन तयार छन् भने नौ अक्षर नवरसका सूचक हुन् । सात, आठ र नौको सन्दर्भमा अन्य प्रक्रियाबाट अर्थिने ताकत पनि भेटिन्छ । सातले सात वार समयको सङ्केत गर्छ, आठले अष्टावक्र, दार्शनिक मर्म बताउँछ भने नौलाई नवरत्न तथा पृथ्वी लगायतका नवग्रहको सङ्केत । यस्ता धेरै अर्थ दिई विषयबोध गराउँदै सात, आठ, नौको प्रयोग भइआएको गणितीय तथ्य–स्मरण गर्नु साइनोप्रतिको सकरात्मक धारणा हो । यसको संरचना अन्य विधासँग मिल्दैन । यसका शब्दगुच्छा स्वतन्त्र रहेर समुच्च अर्थले विशेष मूल्यबोध गराउँछ । प्रत्येक शब्दगुच्छाको यो मर्म अनेकतामा एकता भन्ने साझा नेपाली भावना हो । यी र यस्तै विविध प्रसङ्ग जोडिन सक्छन् साइनोसँग । सात, आठ, नौ नै किन भनेर प्रश्निँदा आउने उत्तरमा । हुन त यस प्रश्नमा खासै मूल्यबोध नहोला तथापि यदाकदा पाठकमा जिज्ञासा जन्मन्छन् । साइनोको महत्त्वपूर्र्र्ण पाटो त अक्षर संरचना र यसले व्यक्त गर्ने अर्थान्तर्यको अन्तर्सम्बन्ध नै हो ।

साइनो सुन्दाबित्तिकै त सहजै सिर्जना गरिन्छ भन्ने धेरैलाई लाग्न सक्छ तर यसको संरचना र अर्थगत गहिराइमा पुग्न त्यति सजिलो नहुन सक्छ । यसले आफ्नो पूर्णताका लागि गाम्भीर्ययुक्त ओजपूर्ण अभिव्यक्ति खोज्छ ! यदि सही ढङ्गले साइनो लेख्ने जिम्मेवारी महसुस गरे यो कर्म चानचुने छैन तथापि भौतिक विज्ञान र मानवीय संवेदना चिन्ने प्रतिभाले केही समय गमेर अभ्यास गरे विस्तारै साइनोको स्वादसँग हिमचिम भई साथी बन्न मुस्किलै भने देखिन्न । यो सत्य हो, यही साइनोको स्वाद पनि ।

कति स्रष्टाहरू साइनोको सैद्धान्तिकीकरणमा बर्ता चासो राख्दै छन् । यो आफैँमा राम्रो हो तर हजारौँ वर्षदेखि सिद्धान्त बनेर मानक प्राप्त गरिसकेका विकसित विधाहरू त आज पनि मूल्य र संरचनागत स्वरूपका लागि बहसमुक्त छैनन् । तिनले पनि बहसको माग गरिरहेको पाइन्छ । निरन्तर बहस चलेकै हुन्छ भने भर्खर औँला समातेर हिँड्न सिक्दै गरेको साइनोका बारेमा सिद्धान्त र विकासलाई लिएर प्रशस्त छलफल/बहस/विमर्श हुनु कुनै नौलो विषय भएन । सामाजिक सञ्जालदेखि छापा पत्रिकाहरूमा धेरै साथीहरूले विचार प्रवाह गर्दै आएको पाइन्छ । यसबाट साइनोले पर्याप्त मलजल प्राप्त गर्दै छ, निश्चित समयमा स्थायित्व पनि प्राप्त हुने नै छ ।

साइनोको सैद्धान्तिक विमर्श
भाषा साहित्य सृष्टि सौन्दर्य अभिव्यक्त गर्ने विषय हो । यसलाई अर्काे शब्दमा वाङ्मय भनिन्छ । यसले जीवनजगतका समग्रपक्षको सजीव चित्रण गर्छ । यो सन्तुलित प्रकृतिमा जीवनशैली स्थापित गर्ने विषय हो । यसले सृष्टिको आरम्भदेखि निरन्तर सभ्य समाज निर्माण हेतु गति प्रदान गर्दै आएको छ । सामाजिक जीवनका संस्कार, संस्कृति, अर्थ, उद्योग–व्यवसाय, विज्ञानसमेत र वन्यजन्तुका समग्र पाटाहरू खोतलेर नवीन जिज्ञासाहरू बटुल्दैै प्रगतिका ढोका उघारी–उघारी भौतिक सुख–सुविधातिर अभिमुख गर्ने विषय भनेकै साहित्य हो । सामाजिक जीवन जिउने विधि–प्रक्रियामा मिसिएर सिर्जना गरिने हुँदा साहित्य शास्त्रीहरू यसलाई समाजको ऐना पनि भन्छन् । साहित्यका मुख्य विधा कविता, कथा, नाटक, निबन्धमध्ये कविताको उपविधाका रूपमा प्रयोग हुँदै आएको ‘साइनो’ नवीनतम प्रयोग हो । यहाँ साइनोको सैद्धान्तिक स्वरूपबारे सङ्क्षिप्त चर्चा गर्न खोजिएको छ :
पहिलो साइनो
जीवन जिउने क्रममा कति कुरा आकस्मिक हुन्छन् । कति प्रयत्नले प्राप्त गर्छ भने केही पूर्वानुमान विना स्तस्फुर्त हुन्छन् । यसरी हुने सिर्जनाले मानव मन जित्छ, आकर्षण थप्छ र व्यापकता क्षेत्र ओगट्न भ्याउँछ । तीन शब्दगुच्छाको सिर्जनात्मक भुल्को साइनो आकस्मिक सिर्जिएर विकसित भएको विधा हो । यो योजनाबद्ध सोच–विचार, छलफलबाट सिर्जिएको होइन । सोक न सुर्ता भोक न भकारी भनेझैँ एक्कासि प्रस्फुटन भई प्रयोगमा आएको प्रथम रूप यस्तो छ :
मान्छे छैन इमानी
न सहरमा छ धन
न त झोपडीमा पिसानी ! २०७६।४।१६मा सार्वजनिक भएको ।(न्यौपाने–२०७६,लोक भावना–४८)
परिचय
नेपाली भाषामा प्रचलित शब्द ‘साइनु’ नै साइनो हो । यसको शाब्दिक अर्थ नाता सम्बन्ध, परिवारसँग जोडिएको आफन्त भन्ने हो (न्यौपाने–२०७६,शब्दसंयोजन मासिक–१८८) । यतिखेर साइनो सूत्रात्मक शैलीले व्यक्ति–व्यक्ति सम्बन्ध, व्यक्ति–समाज सम्बन्ध,समाज–राष्ट्र सम्बन्धसँग साहित्यिक सिर्जनात्मक सम्बन्धलाई जीवनजगतको अनुभूतिजन्य सम्बन्ध स्थापित गर्ने क्रममा अघि बढेको साहित्यको विधा विशेष हो । यो साहित्यको नवीन प्रयोगका रूपमा अगाडि आएको छ । यो कविताका विविध उपविधामध्ये नयाँ र प्रयोगात्मक विधा पनि हो ।
साइनोको संरचना चौबिस अक्षरे तीन पङ्क्तिको शब्दगुच्छामा हुन्छ । यी प्रत्येक पङ्क्तिले स्वतन्त्र अर्थ दिन्छन् र तीनवटैको समुच्च एउटै अर्थ अझ बढी गम्भीर हुन्छ । यो व्यङ्ग्य चेतना प्रबल भई व्यञ्जनार्थी संरचना बनेर अगाडि आएको छ । सात, आठ र नौ अक्षरी तीन पङ्क्तिको स्वतन्त्र रचनाले पाठक मन–मस्तिष्कलाई एक किसिमको झङ्कार दिने हुँदा यसलाई व्यङ्ग्योक्तिको झटारो पनि मान्न सकिन्छ । यसले थोरै शब्दमा बेग्लै प्रकारको रसास्वाद गराउँछ । यो आपैmमा पूर्ण संरचना हो । यो कसिलो प्रस्तुति भएकाले बौद्धिक र अनेकार्थी भएर प्रस्टिन्छ । यसले जति अर्थिन खोज्यो त्यति साहित्यिक रस प्रदान गरिरहन्छ (न्यौपाने–२०६७, शब्द संयोजन,१८८) । यसले सामाजमा व्याप्त विसङ्गति बेथितिमाथि घोचपेच गरी सुसङ्गत चेतना सम्प्रेषण गर्ने प्रयत्न गर्छ यद्यपि घोच्नुमात्र यसको उद्देश्य भने होइन । यसले साहित्यिक मूल्यबोध गराउँछ, छोटो र परिष्कृत संरचनामा रहेर पाठकलाई घतपार्नु यसको सफलता र विशेष आकर्षण पनि हो । साइनो कविता भएकाले कवितामा हुने बिम्ब, प्रतीक, लयादि तत्त्वहरूको अपेक्षा यसमा पनि गरिन्छ ।
परिभाषा
कविताको उपविधा साइनो भर्खर तातेताते गर्दै छ । यसले आफ्नो परिचयसम्बन्धी लिखित सूचना पर्याप्त दिन भ्याएको छैन । यसबारे केही स्रष्टाहरूले अनुहार किताब (फेसबुक) मार्फत्आ–आफ्नो अवधारणा अघिसार्दै आएको पाइन्छ । तिनै अवधारणालाई यहाँ परिभाषाका रूपमा उल्लेख गरेर लिखित मूल्य स्थापित गर्ने प्रयत्न गरिएको छ :
–मानवहृदय छुँदै मन–मस्तिष्क हुँडलेर बाहिर आउने सात, आठ र नौ अक्षरे स्वतन्त्र शब्दगुच्छाका तीन पङ्क्तिको संरचनाले साहित्यिक स्वादयुक्त समुच्च भाव व्यक्त गर्ने कवितालाई साइनो भनिन्छ ।–छायादत्त न्यौपाने ‘बगर’

–पहिलो ७, दोस्रो ८ र तेस्रो ९ अक्षर समूहका स्वतन्त्र तीन पङ्क्तिका अर्थवान् शब्दगुच्छाहरू सहित समुच्चमा मन–मस्तिष्कलाई झङ्कृत पार्ने भाव गहन कविता नै साइनो हो । –केशव ज्ञवाली

–नेपाली वाङ्मयभित्रको कविता/काव्य विधाअन्तर्गत उपविधाको रूपमा नेपाली माटोमै उम्रेको ७, ८ र ९=२४ अक्षरका तीन शब्दगुच्छाहरूको माध्यमबाट काव्यिक भाव सम्प्रेषित कवितालाई साइनो भनिन्छ ।–खेमलाल पोखरेल

–सुख–दुख तथा बेथितिमाथि प्रकाश पार्नु, सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक विकृति–विसङ्गतिप्रति व्यङ्ग्य चेतनाले खबरदारी गर्दै सार्वभौमसत्ता सम्पन्न अखण्ड नेपालको समृद्धि हेतु देशभक्त नेपालीलाई एकताको सूत्रमा बाटी चौतर्फी उन्नतिका लागि बलियो भ¥याङ बनेर घचघच्याइरहने पवित्र सिर्जनात्मक नातेदारको नाम नै साइनो हो । –कृष्ण पौडेल

–थोरै शब्द लगानीबाट साहित्यिक सुवास छर्दै चोटिलो भावले मानव हृदयलाई झङ्कार दिने चौबिस अक्षरका तीन पङ्क्तिका शब्दगुच्छाहरूको समूह साइनो हो । –बालकुमार क्षेत्री

–कविताका विविध रूपमध्ये सङ्क्षिप्तमा गहन भाव सम्प्रेषण गर्ने ७, ८ र ९ अक्षरका तीन शब्दगुच्छामा संरचित नेपाली मौलिक सिर्जना नै साइनो हो ।–सीता सुवेदी पन्थी

–साइनो भनेको कविताको उपविधा सात, आठ र नौ अक्षर संरचनामा रचित स्वतन्त्र अर्थका तीन लाइन हुन् जसले समग्रमा पूर्ण र विशिष्ट अर्थ दिन्छ ।–धतानन्द शर्मा

–शब्द सुन्दैमा आत्मीय र कर्णप्रिय लाग्ने साइनोले सात, आठ र नौ अक्षरमा रचिएर व्यापक अर्थबोध हुने गरी साहित्यिक रसास्वादन गराउँछ ।–बाबुराम न्यौपाने उत्स,

कविता साइनो बौद्धिकभावले मनमस्तिष्कलाई मार्गनिर्देश गरी भाषिक तरलता, शैल्पिक सहजता, कलात्मक संरचना, छरितो प्रस्तुतिमा गहन अनुभूतिजन्य तीक्ष्णता सहितको सात, आठ र नौ अक्षरे तीन पङ्क्तिका स्वतन्त्र अनि समुच्च अर्थ दिने सूत्रात्मक नेपाली काव्यको मौलिक सिर्जनात्मक प्रविधा हो ।–सुरेश काफ्ले विदारक

स्वतन्त्र र लोकप्रिय नेपालीपन बोकेको शब्द साइनो पछिल्लो समय कविताको उपविधाका रूपमा देखिएको त्रिपदीय शैलीको साहित्यिक ७–८–९गरी तीन हरफमा लेखिने जम्मा २४ अक्षरीय गद्य कविता हो । –महानन्द ढकाल

साइनो आपैmमा एक ध्यान हो जसले मनलाई केन्द्रविन्दु बनाएर शरीरबाट पैदा हुने ऊर्जाशील तरङ्गमा मानवीय संवेग घोली मस्तिष्कबाट शब्द निस्कासन गरेपछि साहित्यिक रूप चौबिस अक्षरको त्रिपदीय संरचना बन्दछ ।–मिना डाँगी

विभिन्न पूmलका थुँगा जडित गुच्छाजस्तै सुन्दर सात, आठ र नौ अक्षरका तीन पङ्क्ति÷पङ्क्तिले स्वतन्त्र अर्थ दिई समग्रमा बृहत् अर्थबोध गराउने छोटो रचना नै साइनो हो । –सुरेन्द्र शाही

यी उल्लिखित परिभाषाहरू हेरिसकेपछि, ‘साइनो’ भनेको “प्रबल भावले मन–मस्तिष्क छुने गरी संरचित सात, आठ र नौ अक्षरे तीन पङ्क्तिहरूको स्वतन्त्र तथा समुच्च अर्थयुक्त कविता हो जसको सुगठित संरचना र भाव गहन हुन्छ” भन्ने निष्कर्षमा पुग्न सकिन्छ । यसबारे आउँदा दिनमा विद्वान्हरूका विचार थपिँदै र परिष्कृत हुँदै जानेछन् ।

साइनोको विकास
थालनी
कुनै पूर्वानुमान विना स्तस्पूmर्त सिर्जना भएको साइनो क्रमशः ७, ८ र ९ अक्षरको तीन शब्दगुच्छे सिर्जनात्मक भुल्कालाई साइनो नाम जुराइएको हो । यसका लागि कुनै पूर्व योजना थिएन । सोक न सुर्ता भोक न भकारी भनेभैंm आकस्मिक प्रस्फुटित पहिलो साइनो ः
मान्छे छैन इमानी
न सहरमा छ धन
न त झोपडीमा पिसानी !यो२०७६/४/१६मा सामाजिक सञ्जालबाट सार्वजनिक भएको प्रथम साइनो हो।

यसरी सञ्जालमा फैलिएपछि चासो राख्ने स्रष्टाहरू धेरै भए । सञ्जालमै छलफल गरी मिसिन आउने पहिलो स्रष्टा हुन् केशव ज्ञवाली । यसको निरन्तरतामा जोडिनेहरु क्रमशः खेमलाल पोखरेल, कृष्ण पौडेल, बालकुमार क्षेत्री हुँदै हालसम्म सयौंको सङ्ख्याबाट सिर्जना भइरहेको छ । सर्जिनात्मक हिसाबले हेर्ने हो भने हजारौं साइनो सञ्जालमा पसिसकेका छन् ।

नेपाली मन–माटो खनीखोस्री बिजाधान भई हुर्केको नयाँ विधा साइनोले छोटो समयमा फराकिलो भूगोल र मानव मन–मस्तिष्कमा आफ्नो लागि सुरक्षित ठाउँ बनाइसकेको छ । यो गागरमा सागर भर्ने सूत्रात्मक अभिव्यक्तिको माध्यम विधाका रूपमा चर्चित हुँदै छ । साइनो भौतिक विकासको चरमोत्कर्षमा पुगेका व्यस्त पाठकको रुचि र आवश्यकताले निम्त्याएको साहित्यको नवीन प्राप्ति हो । यसको थालनी नेपाली मन–माटोबाट विसं.२०७६/०४/१६ मा छायादत्त न्यौपाने ‘बगर’ ले अनुहार किताब (फेसबुक) मार्फत सार्वजनिक गरेपछि भएको हो ।
कविताको छोटो स्वरूप साइनो थोरै समयमा पर्याप्त अनुयायी साङ्लिएको पाएर गतिशील बनेको छ । केही साइनो कविता सार्वजनिक भएपछि त्यसैलाई आधार मानेर केशव ज्ञवाली र छायादत्त न्यौपानेबाट सामाजिक सञ्जाल प्रविधिकै सहायताले आपसमा छलफल गरी सहमति जनाए अनुरूप अलिक व्यापक रूपले अघि बढाउने प्रयत्न गरिएको हो । यस परामर्शमा खेमलाल पोखरेलको देन पनि महत्त्वपूर्ण छ । बालकुमार क्षेत्री,कृष्ण पौडेल, सीता सुवेदी पन्थीहरु जोठिएका हुन् । हाल यसका अनुयायी धेरै भइसकेका छन् । साइनोको स्वरुप र संरचनालाई लिएर अनुहार किताबमै सक्रिय भई छलफल सहित सिर्जना गर्नेहरूमा केशव ज्ञवाली, खेमलाल पोखरेल, कृष्ण पौडेल, बालकुमारी क्षेत्री, हरिप्रसाद चौलागाई, आकाश पौडेल, सीता सुवेदी पन्थी, धतानन्द शर्मा, घन थापा, बाबुराम न्यौपाने उत्स, शम्भुराम जोशी, सविता भट्टराई, मिना डाँगी, सुरेन्द्र शाही, हरिभक्त पौडेल, उद्धव प्याकुरेल, सुरेश काफ्ले विदारक, प्रमोद भट्टराई, विष्णु पादुका, कमला भण्डारी ढकाल, कविता घर्ती मगर, टंक पन्थ, महानन्द ढकाल, सीता शर्मा, शोभाकान्त रिजाल, चिरञ्जीवी ढकाल, निरञ्जना चन्द, सीता पौडेल, चन्दावती अधिकारी, सन्तोष खत्री,आर्त अकूलीन, हेमन्त तिवारी, मोहन भण्डारी,शान्ति अधिकारी समेत धेरै जना स्रष्टाहरूबाट मलजल प्राप्त गरिरहेको छ ।

साइनोको आगमन समयको माग र बेफुर्सदी समाजले साहित्यिक रसपानको सटिक अनि छरितो माध्यम खोजी भइरहेका बेला आकस्मिक रूपले भएको हो । यसले अत्यन्त छोटो समयमा गति लिएको छ । साँच्चै भन्ने हो भने यसको पास्नीका लागि मान्य उमेर नपुग्दै पर्याप्त लोकप्रियता हासिल गरेको छ । चार/छ महिने छोटो समयमा यो देश–विदेशमा छरिएर रहेका धेरै नेपाली भाषी स्रष्टाहरूको प्रिय विधा भइसकेको छ । यसैबाट यसको आफ्नो नयाँपन, मौलिक विशेषता र औचित्य पुष्टि हुन्छ ।

साइनो वाङ्मयको नौलो तर गहन प्रस्तुति दिन सक्षम विधा हो । यतिखेर यो साहित्यको फरक अभियान बनेर अगाडि आएको छ । यस अभियानमा नेपालका विभिन्न स्थान र भारत, अफगानिस्तान, स्पेन, क्यानडा, इजरायलमा रहेका नेपाली भाषीहरूबाट समेत सिर्जनासहितको सहभागिता भइसकेको छ र हुने क्रम जारी छ । यससित परिचित हुन उत्सुक एवं रहर देखाउने स्रष्टा त अनन्त सङ्ख्यामा आइरहेकै छन् । पत्रपत्रिकाले पनि उत्सुक भएर साइनो र यस विषयका लेखलाई स्थान दिँदै आएको पाइन्छ । हालसालै शब्दाङ्कुर मासिक (वर्ष–१८, अङ्क–१२, पूर्णाङ्क–११६) असोज–२०७६मा यसको प्रथम प्रयोक्ता छायादत्त न्यौपानेसँगको कुराकानीलाई स्रोत बनाई यसकै सम्पादक धीरकुमार श्रेष्ठ मार्फत नयाँ विधा‘साइनो’ सङ्क्षिप्त परिचय शीर्षकको लेख प्रकाशित भएको छ भने यसकै ११७ औँ कात्तिक अङ्कमा चेतनाथ कणेलको सकारात्मक बेहोरामा साइनो सिर्जनासहितको पाठक प्रतिक्रिया पनि प्रकाशित भइसकेको छ । यसै गरी शृङ्खला मासिक (वर्ष–४१, पूर्णाङ्क–१४६, अङ्क–४, कात्तिक–२०७६मा सिएल असीम उपनामले साइनोबारे अलिकति कुरा शीर्षकको लेख प्रकाशित छ, यसकै सम्पादित अंश गाउँले देउराली साप्ताहिक, पाल्पाबाट २०७६ कात्तिक महिनाको पहिलो शुक्रवार छापिएको छ । यस्तै स्टार एक्सप्रेस साप्ताहिकमा प्रकाशित भएको देखिन्छ । हाल चल्तीमा रहेको सामाजिक सञ्जालको उपयोग गरी साइनोका अनुयायीहरू सिर्जनामा रुचि र सुझबुझका साथ निरन्तर लागिरहेको देखिन्छ ।

यसै गरी साइनो सिर्जना र यसबारे दिइने जानकारी प्रकाशन/प्रसारण गरिदिने र विभिन्न व्यक्ति तथा संस्थाहरूको उल्लेख्य योगदान रहँदै आएको छ । यस सन्दर्भमा शब्दाङ्कुर मासिक, शृङ्खला मासिक, शब्दसंयोजन मासिक, लोक भावना त्रैमासिक, अग्निचक्र मासिक, पुस्कालय आवाज मासिक, नवप्रज्ञापन त्रैमासिक लगायत साहित्यिक पत्रिकाले छायादत्त न्यौपाने ‘बगर’का लेखहरु प्रकाशन गरिरहेका छन् । यस्तै संसारन्युज डटकमरई–हुलाकी, बडीमालिका अनलाइनले केशव ज्ञवाली, बालकुमार क्षेत्री, सुरेन्द्र शाही, सुरेश काफ्ले विदारक, छायादत्त न्यौपानेका लेख/रचना, प्रकाशन गरेका छन् । यसै गरी झापा ब्लाष्ट दैनिकमा खेमलाल पोखरेल र छायादत्त न्यौपानेका लेख पनि आइसकेका छन् । यसरी विभिन्न धेरै सर्जकका साइनो रचना तथा परिचयसम्बन्धी लेखसँगै विभिन्न माध्यमबाट न्यौपाने, ज्ञवाली, पोखरेलका अन्तर्वार्ता पनि प्रसारण भइसकेका छन् । यस्तै केशव ज्ञवाली, सुरेन्द्र शाही, सीता सुवेदी पन्थी, बद्री उप्रेती, छायादत्त न्यौपानेहरूले काठमाडौं, खेमलाल पोखरेल, मिना डाँगीहरूले झापा, सुरेश काफ्ले, बाबुराम न्यौपाने उत्सहरूले सुनसरी,कृष्ण पौडेल, आकाश पौडेल रुपन्देही, धतानन्द शर्मा, टंक पन्थहरूले पाल्पा र विष्णु पादुका, महानन्द ढकाल, चिरञ्जीवी ढकाल, निरञ्जन चन्द, चन्द्रावती अधिकारी, सीता पौडेलहरूले बाँकेबर्दिया, घन थापा, चेतनारायण शर्मा स्याङ्जा, सीता शर्मा, हेमन्त तिवारी, मोहन भन्डारी पर्वत, सविता भट्टराई, हरिभक्त पौडेल तनहूँ, उद्धव प्याकुरेल भक्तपुर आदिबाट तत्तत् जिल्लाका विभिन्न साहित्यिक गोष्ठीहरूमा साइनो रचना वाचन समेत परिचय दिने काम हुँदै आएको छ । यसरी हेर्दा साइनोले पाठकप्रिय भई तीव्र गति प्राप्त गरिरहेको देखिन्छ । यस्तै बालकुमार क्षेत्री, मिना डाँगी, सुरेन्द्र शाही, कमला भण्डारी, सीता सुवेदी पन्थीहरूले युट्युब भिडियो मार्फत प्रत्यक्ष प्रसारण गरी साइनोको प्रचार–प्रसारमा योगदान गरिरहेको पाइन्छ । छायादत्त न्यौपाने ‘बगर’ले अरनिको टेलिभिजनमा कौशिला रिसाल (कात्तिक–७,२०७६)र जीबहस टिभीमा तिलक तिवारी (मङ्सिर११,२०७६) तथा रेडियो अन्नपूर्णमा छविरमण सिलवालसँग (माघ–२६,२०७६) साइनोबारे संवार्ता गरेका छन् । यस्तै रेडियो मिसनमा विष्णु पादुका र महानन्द ढकालले पनि यस विषयमा (फागुन–७?, २०७६) चर्चा गरेका छन् । यस्तै (फागुन–२६,२०७६)मा स्रष्टा विष्णु पादुकाको कृति साइनो कविता सङ्ग्रहमाथि भएको परिचर्चा कार्यक्रम युट्युबमार्फत प्रत्यक्ष प्रसारण भइसकेको छ । यसै गरी रेडियो मिसनबाटै चन्द्रावती अधिकारी, निरञ्जना चन्द र महानन्द ढकालबिच साइनो रचना वाचन समेत छलफल(चैत–१ गते,२०७६) प्रसारण भएको छ ।

सरल अर्थ सम्बन्ध बताउने साइनोले समाजका बेथिति र विसंगतिसँगको सम्बन्धमा गुलेली र मट्याङ«ा चलाउँछ । यसको मर्म भनेको विकृतिलाई व्यङ्ग्य वाण ठोक्नु नै हो । यसले समाजबाटै विषयवस्तु लिन्छ । विषय चयनमा कुनै नौल्याइँ नपछ्याउला तर प्रस्तुतिमा नौल्याइँ यसको विशेषता नै हो । अझ स्पष्ट हुने हो भने साइनो लेखन–प्रसारण यो एउटा अभियान पनि हो । आजको सन्दर्भमा छोटा, छरिता, घतिला साहित्यिक सामग्री पाठकसम्म पु¥याउने उद्देश्यले नै यो अभियान सुरु भएको हो । यस मूल्यमा अभियान सशक्त बन्दै गएको छ । यसका अभियन्ता बालकुमार क्षेत्री र साइनो सारथिबाट साइनो चौपारीमार्फत साइनोको संरचना, लयबारे प्रशस्त बहस हुनुले यसलाई बल दिएको छ । यसै गरी बालकुमार क्षेत्री, सुरेन्द्र शाही, सुरेश काफ्ले विदारक, छायादत्त न्यौपाने समेतले सञ्चालन गरिरहेको साइनो संसारमा जोडिएका सबै स्रष्टाहरूको मतैक्यले थप शक्ति प्रदान गरेको छ । यो अभिव्यक्ति अभियन्ताहरूबाट साइनोले प्राप्त गरेको उर्जाशील गति हो । यो यथार्थ सार्वजनिक भइरहँदा कुनै अन्यथा हुने छैन । यही समभावले समस्त साइनोसँग साङ्लिएका साइनोकारहरूको प्रतिबद्धता हो भन्ने सन्देश प्रवाह भएकाले यस लेखले थप सान्दर्भिकता पाएको प्रमाण देला ।

साइनो नेपाली मनले खोस्रेर नेपालकै माटाले उमारेको साहित्यिक उपज हो । यो सिङ्गै नेपाल र सबै नेपालीको साझा उपलब्धिका रूपमा अगाडि आएको छ । यसको थालनी र विकासमा पनि नेपाली चेतनाले योगदान गर्दै आएको छ । यसलाई नेपाली मूलका प्रवासी स्रष्टाहरूले पनि गम्भीर चासोका साथ लिएको पाइन्छ । यसले गति लिइसकेको हुँदा निकट भविष्यमै यसको प्रचार–प्रसार नेपालका अरु भाषा तथा अन्य अन्तरराष्ट्रिय भाषाहरूले समेत गर्ने नै छन् । यसको आकार र आन्तर्यले निकट भविष्यमै अनुवाद तथा सिर्जनाको माध्यबाट आपूmलाई संसारभर पैmलाउनेछ र नेपाली मौलिक परिचय स्थापित गर्ने बलियो सम्भावना छँदै छ तथापि आवश्यक पहलकदमीको खाँचो पनि छँदै छ ।

प्रवृत्ति
साइनो अत्यन्त छोटो साहित्यिक विधाका रूपमा प्रयोग हुँदै आएको छ । यसको सूत्रात्मक प्रस्तुतिका चौबिस अक्षरलाई सात, आठ र नौ अक्षरका तीन शब्दगुच्छामा बाँडेर रचना गरिँदै आएको छ । व्यञ्जना शब्दशक्तिका थोरै शब्दको सूत्रात्मक प्रस्तुतिमा बिम्ब र प्रतीकहरू हुने हुँदा यो बौद्धिक पाठकप्रिय विधा पनि मानिएको छ । यसले सटिक ढङ्गले सामाजिक बेथितिमाथि प्रहार गर्ने गरेको पाइन्छ । आंसिक रूपले सांस्कृतिक गतिविधि र राष्ट्रिय चेतना सम्प्रेषणको प्रयत्न गरेको पाइए तापनि मूलभूत रूपमा विसङ्गति–विकृतिलाई घोचपेच गरी सुसङ्गत समाज निर्माण गर्नु नै साइनो स्रष्टाहरूको अभीष्ट रहेको देखिन्छ । निमेषभर समयको लगानीमा पाठकलाई साहित्यिक रसास्वाद गर्नु/गराउनु नै यसको मुख्य ध्येय हो । यसले सफलता पनि यसैमा पाउँदै आएको छ । हाल सामाजिक सञ्जालमा आएका साइनोले देशप्रेम, प्रकृतिप्रेम, संस्कृतिप्रति आस्था, मानवीय संवेदना, प्रबल व्यङ्ग्य चेतनासहितका रचना दिएर पाठकलाई साहित्यिक आनन्द दिएको छ । साइनोकारहरू सशक्त अभियानकै रूपमा नयाँ नयाँ बिम्ब/प्रतीक पहिल्याई परिष्कार परिमार्जन गर्दै युट्युबमार्फत प्रत्यक्ष प्रसारण, अनलाइन तथा छापा पत्रिकामा छपाइ र अन्तर्वार्ता समेतको माध्यमबाट प्रचार–प्रसारसँगै सिद्धान्त निर्माणमा जुटिरहेको देखिन्छ । गुच्छाहरु स्वतन्त्र हुनु, सूत्रात्मक प्रस्तुति हुनु, व्यङ्ग्यचेतना पछ्याउनु, पष्किार तथा गुणस्तरमा विश्वास गर्नु, देशप्रेमलाई महत्त्व दिनु, भर्खरको विधा भएकाले प्रचारात्मक अभियानमा जोडदिनु, उच्च मानव मूल्यको खोजी गर्नु यसका खास प्रवृत्ति हुन् ।

निष्कर्ष
साहित्य र जीवनको अन्तर्सम्बन्ध जनाउने नवीन प्रयोग साइनो सङ्क्षिप्तमा गहन अभिव्यक्ति दिने विधा हो । यसले निमेषभरमै मनमस्तिष्कलाई झङ्कृत तुल्याउँछ । थोरै समयमा सटिक अभिव्यक्ति दिने चाखिलो विधाको रूपमा साइनो लोकप्रिय हुँदै आएको छ । यो अनेकार्थी हुने हँुदा बौद्धिक र तार्किक पनि मानिन्छ । यसका अनुयायीहरू बिच बेला–बखत सैद्धान्तिक बहस पनि हुँदै आएको छ । यो के हो ? कसरी सिर्जना गर्ने ? सात, आठ, नौ अक्षर नै किन जस्ता जिज्ञासाहरू प्रकट हुने र आपसी छलफलबाट टुङ्गोमा पुग्ने प्रयास सघनता पूर्वक हुँदै आएको छ । अनुहार किताबबाटै अघि बढेको यस प्रकारको बौद्धिक बहसमा पनि थालनीदेखिकै स्रष्टाको सक्रिय सहभागिता रहेको छ । छलफलको क्रममा सहज सम्प्रेष्य बनाउन सकिएन भने पाठकहरू टाढा रहने हुन् कि भन्ने जिज्ञासाले घचघच्याउँदै पनि छ । लेखनमा जटिल र अर्थमा दुर्बोध्य नहोस् भनी सचेत गराउने साइनोप्रेमी पाठकहरूको सङ्ख्या पनि ठुलै छ ।

साइनो विषय चयनले शिक्षा, स्वास्थ्य, कृषि, राजनीति, व्यापार–व्यवसाय, कानुन, यातायात, राष्ट्रियता, साहित्य समेत विविध क्षेत्र पछ्याउँछ । यसमा व्यक्तिगत कुरा, अन्धविश्वासजन्य भाव झल्किने कुरा, शृङ्गार रसको सस्तो प्रस्तुतिले महत्त्व पाउँदैनन् । यसले धेरै स्रष्टाहरूमा बेग्लै किसिमको चस्का दिँदै नयाँ जिज्ञासा उत्पन्न गराएको छ । यो विधा सैद्धान्तिक रूपले कसिलो र व्यवहारमा चोटिलो हुने भएकाले दिनप्रतिदिन गम्भीर चासोका साथ स्रष्टाहरू साइनो सिर्जना तथा सैद्धान्तिक बहस दुवैमा प्रत्यक्ष जोडिँदै आएका छन् । यसले निकट भविष्यमै धेरै जनहृदय समक्ष आपूmलाई पु¥याउँछ र सुरक्षित हुन्छ । यसले थोरै समयमै इतिहास कायम गर्ने सम्भावना बलियो हुँदै आएको छ । यही नै हामी साइनो सर्जकहरूको प्राप्ति हो ।

सन्दर्भ स्रोत
–छायादत्त न्यौपाने ‘बगर’बाट आकस्मिक रूपले २०७६/४/१६मा सामाजिक सञ्जाल मार्फत साइनो सार्वजनिक भएको….
–केशव ज्ञवाली (को अग्रसरतामा) र छायादत्त न्यौपाने बिच साइनो के हो र कसरी लेख्ने ? २०७६/५/१३मा विषयबारे सामाजिक सञ्जालबाटै छलफल भएको..
–छायादत्त न्यौपाने, खेमलाल पोखरेल, बालकुमार क्षेत्री समेत यसको संरचना बारे (२०७६ ।५। १६/१७ मा छलफल हुँदै फेसबुक वाल तथा मेसेन्जरमार्फतत धेरै साथीहरू जोडिने क्रम बढेको….
–छायादत्त न्यौपाने ‘बगर’ र शब्दाङ्कुरका सम्पादकबिच कुराकानी भई साइनोको संक्षिप्त परिचय, शीर्षकको लेख, शब्दाङ्कुर साहित्यिक मासिक,२०७६,असोज (अङ्क,२१६)मा प्रकाशित
–हरिभक्त कणेलबाट विद्युतीय प्रतिक्रिया समेत लिखित प्रतिक्रिया शब्दाङ्कुर साहित्यिक मासिक, २०७६ कात्तिक (अङ्क, २१७)मा प्रकाशित ।
छायादत्त न्यौपाने,साइनोबारे अलिकति कुरा, लेख र रचनाहरू, शृङ्खला साहित्यिक मासिक, २०७६ कात्तिक (अङ्क, १४६) मा प्रकाशित २०७६ ।
…… ..नयाँ विधाको सैद्धान्तिक विमर्श, परिभाषाहरू समेत लेख, शब्द संयोजन साहित्यिक मासिक, २०७६ पुस (अङ्क, १८८) मा प्रकाशित ।
…… …साइनो सम्बन्धी सैद्धान्तिक विमर्श, परिभाषाहरू समेत लेख अग्निचक्र राष्ट्रिय मासिक,२०७६ पुस (अङ्क,१०४) मा प्रकाशित ।
……. ……साइनो (निबन्ध) पुस्तकालय आवाज मासिक, २०७६ पुस (अङ्क,६)मा प्रकाशित ।
…….. ….साइनो बारे अलिकति कुरा परिचय र रचनाहरू, गाउँले देउराली साप्ताहिक,२०७६ कात्तिक,मा प्रकाशित ।
…… …..नेपाली मनमाटाबाट : नवीन प्रयोग साइनो, लोक भावना २०७६ (अङ्क–४८) मा प्रकाशित
….. ….. …कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिक, पूर्णाङ्क ३१०, कात्र्तिक २२, २०७६
……… …..साइनो सिर्जना सन्दर्भ (विस्तृत जानकारीसहित), नवप्रज्ञापन साहित्यिक त्रैमासिक,२०७६ (माघ,अङ्क ८७) मा प्रकाशित ।
…. ….नयाँ विधा : साइनोको विकास, झापा पोस्ट राष्ट्रिय दैनिक र ब्लास्ट राष्ट्रिय दैनिक,२०७६, माघ १८
–खेमलाल पोखरेल, नयाँ विधा : साइनोको विकास, झापा पोस्ट राष्ट्रिय दैनिक र ब्लास्ट राष्ट्रिय दैनिक, २०७६,माघ ११
–छायादत्त न्यौपाने सुन्दर सुयोग, २०७६ माघ, साइनो कविता सङ्ग्रहको लागि शुभकामना मन्तव्य,
….. ….. २०७६ चैत स्टार एक्प्रेस साप्ताहिक
……. …. अरनिको टेलिभिजनमा कौशिला रिसाल(कात्तिक–७,२०७६) र जीबहस टिभीमा तिलक तिवारी क(मङ्सिर ११, २०७६) तथा रेडियो अन्नपूर्णमा छविरमण सिलवालसँग (माघ–२६,२०७६) साइनोबारे संवार्ता
–विष्णु पादुका र महानन्द ढकाल (फागुन–७?,२०७६) रेडियो मिसन, कोहलपुर बाँकेमा साइनोबारे संवार्ता

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए २ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…