back

वैशाख शुक्लपक्ष, पूर्णिमा, २५६४ औं बुद्ध जयन्ती, यस्तो छ तपाईको आजको राशिफल

वि.सं.२०७७ वैशाख २५ बिहीवार

153 

shares
NTC AD
Global IME AD

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ । अवसरका लागि केही त्याग गर्नुपर्ला । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन् । तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन् । भौतिक साधन जुट्नाले पनि आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । प्रेमको बन्धन कसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन् । बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थति प्रतिकूल देखिए पनि जोगिएर काम गर्नुपर्ने समय छ । साथीभाइले साथ दिनेछन् । पशुधन र जमिनबाट लाभ हुनेछ । समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । साझेदारीमा फाइदा हुनेछ । दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ । महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिवश केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । सहयोगीहरूको भरपर्दा काम बिग्रन सक्छ । तापनि प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
महिनेतले मानसम्मान दिलाउनेछ । अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ । बोली र विचारका प्रशंसकहरू बढ्नेछन् । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । सहयोगीहरूले साथ दिनेछन् । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । लगनशीलताले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिनेछ । प्रयत्न गर्दा परम्परालाई समयसापेक्ष सुधार गर्न सफल भइनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खर्च लागे पनि काम बन्नेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ । भेटघाटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन् । खर्च बढ्नेछ । समयमा आलस्य गर्ने बानीले पछि परिनेछ । लगानी बढाउने अवसर भने प्राप्त हुनेछ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ । लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन् । पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्ला । साथीभाइको सहयोगले सामाजिक कार्य गर्न सकिनेछ । लगनशीलताले आँटेको काम बन्नेछ । व्यापारमा सामान्य फाइदा हुनेछ । जिम्मेवारी हातपार्न केही समय लाग्ने देखिन्छ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मेहनत गर्दा भाग्योन्नतिको समय छ । सामाजिक काममा रुचि बढ्नेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रोकिएको कामले पनि निकास पाउनेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । शक्तिको धाक देखाउनेहरू स्वतः निहुरिनेछन् । तारिफयोग्य काम गर्दै पदीय जिम्मेवारीसमेत प्राप्त गर्न सकिनेछ ।

वि.सं. २०७७ वैशाख २५ बिहीवार( इ.स. २०२० मे ७)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

हेर्नुहोस् यस्तो छ तपाईको आज (बैशाख २४) को राशिफल, यी राशिलाई हुन्छ आज लाभै लाभ

वि.सं.२०७७ वैशाख २५ बिहीवार ०७:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD