Sansar News- Nepal's Fast Khabar Online News Portal

घाँसी नेपालद्वारा आश्रमलाई खाद्यान्न सहयोग

संसार न्यूज़
२ महिना पहिले
घाँसी नेपालद्वारा आश्रमलाई खाद्यान्न सहयोग

५ वैशाख, काठमाडौँ । शिक्षा क्षेत्रमा लामो समयदेखी काम गर्दै आएको संस्था ‘घाँसी नेपाल’ ले सोमबार सानेपास्थित टिका विद्या आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।

कोरोना संक्रमण फैलिन नदिन जारी बन्दाबन्दी(लकडाउन)का कारण समस्यामा परेका विपन्न वर्गलाई निःशुल्क खाना खुवाउँदै आएको जानकारी पाएपछि आश्रमलाई खाद्यान्न सहयोग गरिएको घाँसी नेपालका अध्यक्ष माधव घिमिरेले जानकारी दिए । उनी भन्छन् ‘आश्रमद्वारा सञ्चालित निःशुल्क खाना वितरण कार्यक्रमलाई सहायता होस् भन्ने हेतुले घाँसी नेपालले खाद्यान्न सामग्री वितरण गरेको हो ।’

आश्रमले लकडाउनका कारण समस्यामा परेका विपन्न तथा सडकमै अलपत्र परेका र काम गर्न नपाएर भोका रहेका सर्वसाधारणलाई खाना खुवाउँदै आएको छ ।

अध्यक्ष घिमिरेले खाना खुवाउने कार्यक्रमा सहभागि हुने र आर्थिक सहयोग गर्नेहरु उपाध्यक्ष नेत्रबहादुर शाही, सदस्यहरु चन्द्रमान तामाङ, इच्छा गुरुङ शाह, रोशन विक्रम ठकुरी, राजकुमारी तमाङ तथा शुभचिन्तक अमेरिकाको केन्टुकी निवासी हस्त राईलाई धन्यवाद व्यक्त गरेका छन् ।

निःशुल्क खाना वितरण कार्यक्रममा ललितपुर उपमहानगरपालिका वडा नम्बर २, सामुदायिक केन्द्र र सामुदायिक प्रहरी सानेपा लगायतले सहजिकरण गरिरहेको आश्रमले जनाएको छ । आश्रमद्वारा सञ्चालित निःशुल्क खाना वितरण कार्यक्रममा प्रत्येक दिन २०० देखी व्यक्ति लाभान्वित भइरहेको जनाइएको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…