back

सन्दर्भ एसईइ परीक्षाः पर्वतमा रेडियोबाट ट्युसन पढाउन थालियो

वि.सं.२०७७ वैशाख २६ शुक्रवार

120 

shares
NTC AD
Global IME AD

२६ बैशाख, पर्वत । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण डेढ महिनाभन्दा लामो बन्दाबन्दी जारी छ । बन्दाबन्दीका कारण अन्योलमा परेको (एसइई) माध्यमिक शिक्षा परीक्षा दिने १० कक्षाका विद्यार्थीलाई सहयोग गर्न पर्वतमा रेडियोबाट ट्युसन पढाउन शुरु गरिएको छ ।

पर्वतको कुश्मा नगरपालिकाले गत चैत ६ गतेदेखि शुरु हुने भनिएको विद्यालय शिक्षा परीक्षा एसइई स्थगन भएर घरमै बसिरहेका विद्यार्थीलाई पढाइमा सहयोग गर्न अनिवार्य तीन विषयको रेडियो ट्युसन कक्षा सञ्चालन गरेको हो । लकडाउनको समयलाई सदुपयोग गराउने काममा सहयोग गर्न नगरपालिकाले स्थानीय पञ्चासे एफएम, रेडियो शालिग्राम र रेडियो कुशुमबाट प्रत्येक दिन अनिवार्य अङ्ग्रेजी, अनिवार्य गणित र अनिवार्य विज्ञान विषयको रेडियो ट्युसन कक्षा सञ्चालन गरेको हो । इन्टरनेटको पहुँच नगरभित्र सबै ठाउँमा नपुगेकाले रेडियोमार्फत कक्षा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

विषयगत विज्ञता भएका शिक्षकहरुको परिचालन गरेर रेडियोमार्फत एसइई दिने विद्यार्थीको पढाइमा सहयोग गर्न रेडियो ट्युसन कक्षा सञ्चालन गरिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । लामो समय परीक्षा स्थगन हुँदा र घरमा बस्दा दिक्क मानिरहेका र फुर्सदमा भएका विद्यार्थीलाई व्यस्त राख्न र उनीहरुको सिर्जनात्मक विकास तथा पुनःताजगीका लागि हौसला प्रदान गर्न नगरपालिकाको खर्चमा रेडियोमार्फत ट्युसन पढाइ कार्यक्रम शुरु गरिएको जोशीले बताए ।

नगरपालिकाको सहयोगमा रेडियोमार्फत पढाउने कार्यक्रम बुधबार सम्झौता भई शुक्रबारबाट शुरु भएको हो । एक महिनासम्म सञ्चालन हुने ट्युसन कक्षामा प्रत्येक विषयमा दुई–दुई शिक्षकले सहजीकरण गर्नुहुने भएको छ । प्रत्येक विषयका लागि हरेक दिन एक घण्टाको समय मिलाइएको र उक्त समयमा विद्यार्थीले रेडियो सेटको नजिकै पूर्ण तयारीका साथ कापी, कलम र किताब लिएर सिकाइमा लाभ लिन सक्ने कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताए । उनले यसका लागि सबै अभिभावक, सरोकारवाला र विद्यार्थीलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् ।

पञ्चासे एफएमबाट बिहान ९ बजेदेखि अङ्ग्रेजी विषयको कक्षा सञ्चालन हुने छ भने रेडियो शालिग्रामबाट बिहान ८ बजे गणित विषयको ट्युसन कक्षा शुरु हुनेछ । त्यसैगरी रेडियो कुशुमबाट बिहान ७ बजे विज्ञान विषयको कक्षा सञ्चालन गरिने नगर शिक्षा अधिकृत क्षेत्रीले जानकारी दिए । प्रविधिको सदुपयोगमार्फत विद्यार्थीको सिकाइमा सहयोग पु¥याउन सञ्चालन गरिएको रेडियो ट्युसन कार्यक्रमअन्तर्गत हप्तामा दुई दिन विषयगतरूपमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिने र उक्त प्रश्नोत्तर कार्यक्रममा विद्यार्थीले विषयगत शिक्षकलाई आफूले नबुझेका र नजानेका प्रश्नहरु सोध्न सक्नेछन् भने शिक्षकले रेडियोबाटै जवाफ दिनुपर्ने व्यवस्था पनि गरिएको नगरपालिकाले जनाएको छ ।रासस

वि.सं.२०७७ वैशाख २६ शुक्रवार ०९:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

घोडाघोडी (कैलाली) । चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...