back

म्याग्दीका भूपू भारतीय सैनिकलाई २८ करोड पेन्सन वितरण

वि.सं.२०७७ वैशाख २६ शुक्रवार

111 

shares
NTC AD
Global IME AD

  २६ बैशाख, म्याग्दी । म्याग्दीका भारतीय सेनाको सेवाबाट निवृत्त भएका ७०० भूपू भारतीय सैनिकलाई रु २८ करोड पेन्सन वितरण गरिएको छ । भारतीय राजदूतावासअन्तर्गत बेनीस्थित जिल्ला सैनिक बोर्डले कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका बीच आफ्ना भूपू सैनिकलाई पेन्सन वितरण गरेको हो । म्याग्दीका भूपू सैनिकलाई एभरेष्ट बैंकको बेनीस्थित सेवा केन्द्र गोरखा सैनिक सहकारी संस्थामार्फत मङ्गलबारदेखि बिहीबारसम्म वितरण गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर म्याग्दी र पर्वतका सैनिकलाई बुधबारसम्म पेन्सन वितरण गरिएको गोरखा भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टेकबहादुर रावलले बताए । उनका अनुसार ७०० भूपू सैनिकलाई रु २८ करोड पेन्सन वितरण गरिएको छ । एभरेष्ट बैंकमार्फत पेन्सन लिनेलाई बेनीमा गोरखा सैनिक सहकारीले भुक्तानी गर्दै आएको छ । गत वर्ष बेनीमा जिल्ला सैनिक बोर्ड स्थापना र एभरेष्ट बैंकको सेवा केन्द्र खुलेपछि भूपूहरुलाई राहत मिलेको छ ।

पेन्सन लिनका लागि बागलुङ जानुपरेको छैन । कतिपय भूपूहरुले सिधैँ बैंक खातामा पेन्सन जम्मा गर्छन् । छ–छ महिनामा पेन्सन वितरण गर्छ । कोरोनाको त्रास र लकडाउनका कारण प्रभावित भएको ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन भूपूहरुको पनि योगदान रहने भूपू सैनिक कल्याणकारी सङ्घ म्याग्दीका अध्यक्ष मीनबहादुर कार्कीले बताए । रासस

वि.सं.२०७७ वैशाख २६ शुक्रवार १०:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका...

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

४३ लाख भन्दा बढी लागतमा काहुले खानेपानी आयोजना सम्पन्न

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–५, स्थित काहुलेमा रु ४३ लाख...

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

अन्न उत्पादन घटेपछि तरकारी र फलफूलखेती गर्दै किसान

गलेश्वर (म्याग्दी) । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका...

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

  गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सामेल...

भिर पहरामा मह सिकार सुरु

भिर पहरामा मह सिकार सुरु

म्याग्दी । जिल्लाका भिर पहरामा मह सिकार सुरु भएको छ...