Sansar News- Nepal's Fast Khabar Online News Portal

बागलुङमा कोरोना भाइरस परीक्षण गर्ने किटको अभाव

संसार न्यूज़
२ महिना पहिले
बागलुङमा कोरोना भाइरस परीक्षण गर्ने किटको अभाव

२६ बैशाख, काठमाडौँ । बागलुङमा कोरोना भाइरस परीक्षण गर्ने किटको अभाव भएको छ । बागलुङमा दैनिकजसो कोरोना भाइरसको परीक्षण गर्दा ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव हुन थालेको हो । कोरोना भाइरसको उच्च जोखिममा रहेको बागलुङमा किट अभाव हुँदा शङ्कास्पद व्यक्तिको आरडिटी परीक्षणमा समस्या भएको हो ।

बागलुङमा दुई कोरोना सङ्क्रमितको सफल उपचार गराइसकेको धवलागिरि अस्पतालले किटको अभाव हुन थालेको बताएको छ । धवलागिरि अञ्चल अस्पतालले शल्यक्रिया गर्ने बिरामी तथा शङ्कास्पद लक्षण भएर अस्पतालमा आएकालाई तत्कालै किटको सहायताले आरडिटी परीक्षण गर्नुपर्ने भए पनि पर्याप्त किट नभएको धवलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिनुभयो ।

हाल बागलुङमा एक हजार १५२ लाई आरडिटी र ६८ जनालाई पिसीआर विधिबाट कोरोना परीक्षण गरिसकेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो । गुरौंले अहिले जिल्लामा जम्मा ६० वटा आरडिटी किटमात्रै मौज्दात रहेको र पिसीआर परीक्षणका लागि स्वाब निकाल्ने भिटीएमको समेत अभाव रहेको बताउनुभयो । जिल्लामा अहिले शङ्कास्पद, क्वारेन्टाइनमा बसेकाको मात्रै आवश्यकताअनुसार आरडिटी र पिसीआर परीक्षण गरिने गुरांैको भनाइ छ । अभाव हुन थालेको आरडिटी किट र भिटीएम जिल्लामा झिकाउनका लागि पहल भइरहेको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो ६ दिन पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ४ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…