हरेक दिन कार्यालय जानु अगाडि उसले छोरालाई डो¥याउँदै स्कूल पु¥याउने गथ्र्यो । छोरासँग बाटामा ज्ञानगुनका कुरा गथ्र्यो । आज पनि उसले छोरालाई डो¥याउँदै भन्यो, “छोरा ! तिमी स्कूलमा धेरै पढ्नू । पढेर भोलि ठूलो भएपछि धरै पैसा पाउन सक्छौ, बुझ्यौ ?”
“पैसा कहाँ हुन्छ ड्याडी ?” छोराले सोध्यो ।
“पैसा कहाँ छैन र ! हाम्रा हरेक पाइला–पाइलामा पैसा छ । यही हावामा पनि पैसा यत्रतत्र उडिरहेको छ । हामी हिँड्ने यही बाटोमा पनि अनगिन्ती पैसा छरिएको छ । हामीले पैसालाई सही समयमा चिनेर टिप्न मात्र जान्नु पर्छ । बुझ्यौ छोरा ?” नभन्दै छोराले पाँच रूपैयाँको नोट बाटोमा देख्यो । “ड्याडी ! बाटोमा पैसा रहेछ !”
छोराले बाबुको हात छुटाएर पैसा टिप्न खोज्यो । बाबुले उसलाई रोक्दै, “नटिप छोरा ! त्यो जाबो पाँच रूपैयाँ ! आज कति धेरै पैसा पाइन्थ्यो होला, जाबो पाँच रूपैयाँले आजको दिन त्यसै टर्ने होला । भैगो नटिप त्यो रूपैयाँ ।”
“किन नटिप्ने ? त्यो त पाँच रूपैयाँ हो, पाँच रूपैयाँ !” टिठलाग्दो स्वरमा छोराले बोल्यो ।
बाबुको हात फुत्काएर छोराले नोट टिप्यो र नजिकैको पसलमा गएर तत्काल फर्कियो । उसले हातमा चक्लेटहरू देखाउँदै भन्यो, “यो चकलेट बहिनीलाई, यो ममीलाई, यो मलाई अनि ड्याडी ! यो चाँही हजुरलाई ।” छोराले बाबुलाई चकलेट दिन खोज्दै थियो ।
“म त चकलेट खान्न छोरा । यो चकलेट तिमीलाई नै भयो ।” बाबुले अमिलो अनुहारमा छोरालाई नै चकलेट फिर्ता ग¥यो । छोराले एउटा चकलेट खायो । मुख मिठ्याउँदै हातमा एक रूपैयाको डबल देखाउँदै भन्यो, “ड्याडी ! मसँग अझ एक रूपैयाको डबल पनि छ । चार रूपैयाँमात्र चकलेट किन्दा सकियो ।”
स्कूलको मूल ढोका नजिकै पुग्दा छोराले आफ्नो हातमा एक रूपैयाको डबल देखाउँदै फेरि भन्यो, “ड्याडी ! म एउटा कुरा भनौ ?”
“के भन न छोरा ।”
“ड्याडी ! म हजुरभन्दा नि एक रूपैयाँले धनी भएँ नि !”
छोरो कुरा सुनेर ऊ अचम्मित भयो । मुस्कुराउँदै हात हल्लाएर वाइगर्दै छोराले स्कूल हातामा प्रवेश ग¥यो ।
छोरालाई स्कूल पु¥याएर बाटोमा अफिसको गाडी कुर्दैगर्दा उसको मनमा आज धेरै कुरा खेल्यो । भर्खरै छोराले बोलेका बोलीहरू उसको मानसपटलमा गुञ्जियो, ‘ड्याडी ! म हजुरभन्दा पनि एक रूपैयाँले धनी भएँ नि !’ ऊ आफैमा गम खाँदै थियो ।
त्यसैबेला उसको आँखाले पनि सडकपेटीमा एक रूपैयाँको पहेँले डबल टिलिक्क टल्केको देख्यो । सानोतिनो पैसामा उसले कहिलै आँखा लगाउँदैनथ्यो । आज मजबुर हुँदै उसले त्यो डवल टपक्क टिप्यो, निधारमा छुवायो कोटको भित्री खल्तीमा हाल्यो, अनि मनमनै बिचार ग¥यो, ‘धन्य यो एक रूपैयाँको सिक्का ! अहिले म पनि छोरा सरह बराबरीको भएँ ! हामी दुबै बाबु–छोरासँग आज एक–एक रूपैयाँको सिक्का छ !’
समाप्त
कागेश्वरी मनहरा नगरपालिका-५, थली, काठमाडौं ।