back

कोरोना प्रभावितको उद्धार अभियानमा एनआरएनए साउदी सक्रिय

वि.सं.२०७७ वैशाख २८ आइतवार

144 

shares
NTC AD
Global IME AD

२८ बैशाख, साउदी । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) साउदीले साउदीमा कार्यरत कोरोना प्रभावित नेपालीको समस्यामा सहयोग गर्ने उद्धार अभियानमा सक्रिय भएर लागेको छ ।

समितिले हालसम्म आफ्नो सम्पर्कमा आएका पूर्वीक्षेत्र दमाममा १०४, मध्ये क्षेत्र रियादमा ५६, अलकासिम ३ र तावुक क्षेत्रमा ३५ जना गरी कूल १९८ जनालाई राहत वितरण गरेको छ ।

संघका अध्यक्ष तेज बहादुर थापाका अनुसार समितिको ८ मे मा बसेको सातौं पूर्ण बैठकले कोरोना उद्धार अभियानमा हालसम्म संघले गरेका राहत वितरणका प्रयास र उपलब्धि सहित विभिन्न विषयमा छलफल गर्दै मध्यस्थकर्ताको रुपमा दूतावाससँग समन्वयकारी भूमिका निर्वाह गर्ने समेत निर्णय गरेको छ ।

समितिका पदाधिकारी, आइसीसी सदस्य नारायण पासवान, आइसीसी मानार्थ सदस्य रमेश भण्डारी, मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्याल, महिला सदस्य यास्मिन बेगम, नेपाली दूतावास साउदीका नियोग प्रमुख दिलीप पौडेल र श्रम सहचारी जीवन राईको सहभागीतामा बसेको बैठकले विभिन्न विषयमा छलफल तथा निर्णय गरेको हो ।

उक्त बैठकमा कोरोनाका कारण साउदीमा अलपत्र परेका नेपाली र उनीहरुका विषयमा दूतावासको अपेक्षा र एनआरएनए साउदीले खेल्नुपर्ने विषयका बारेमा, कोरोना प्रभावित कामदारको अभिलेख राख्ने विषयमा संघले गर्न सक्ने सहयोगका बारेमा, रोजगारी गुमाएकाहरुका लागि खाने बस्ने व्यवस्था मिलाउने बारेमा छलफल गरिएको छ ।

त्यसैगरी कोरोनाका कारण रोजगारी गुमाएर बसेका, अबैधानिक रुपमा रहेका कामदार, विरामी परेका, घर विदामा जानको लागि एक्जिट र इन्ट्रि भिषा लागिसकेका तर बन्दका कारण जान नपाएर रोकिएका, एक्जिट भिसा लागेर तलबबाट बन्चित भएका लगायतका अन्य पीडितहरुको पहिचान सहित डाटा संकलन गरी यथाशिघ्र उद्धार र स्वदेश फिर्ताीका निम्ति दूतावासले चालेका कदम र एनआरएनए साउदीले गर्नुपर्ने सहयोगका बारेमा पनि छलफल गरिएको थियो ।

वि.सं.२०७७ वैशाख २८ आइतवार ११:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...