back

गाउँ फर्किएका युवा सडक स्तरोन्नतिमा सक्रिय

वि.सं.२०७७ वैशाख २९ सोमवार

162 

shares
NTC AD
Global IME AD

२९ वैशाख,खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका युवा यतिबेला सडक स्तरोन्नतिका काममा व्यस्त छन । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दिको समयमा घर आएका खार्मीका युवा आफ्नो क्षेत्रका सडक बाह्रै महिना सञ्चालनमा ल्याउने गरी स्तरोन्नतिमा जुटेका हुन ।

आठ वर्षअघि ट्र्याक खोलेर अहिलेसम्म कच्ची अवस्थामा रहेको दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडक खण्डको खार्मीस्थित कालिका माविदेखि तापखोलासम्मको ट्र्याक लाई ग्रेड मिलाउँदै स्तरोन्नतिको काम थालिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष हेमन्त राईले बताए । “सांसद विशाल भट्टराईमार्फत विनियोजन भएको बजेटबाट स्काभेटर लगाएर सडक फराकिलो पार्ने काम भइरहेको छ”, उनले भने, “स्काभेटरले फराकिलो पारेको सडकमा वर्षातको समयमा आउने भलबाढी रोकेर बाह्रै महिना सञ्चालनमा ल्याउन युवा परिचालन गरिएको हो ।”

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका सांसद भट्टराईको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत विनियोजन गरिएको रु १५ लाख बजेटबाट खार्मीस्थित कालिका माविदेखि तापखोलासम्मको करिब सात किलोमिटर सडकखण्डमा स्तरोन्नतिको काम थालिएको उपभोक्ता समितिका अध्यक्ष राईले बताए । “स्काभेटरको अगाडिपछाडि सामाजिक दूरी कायम गरेर दैनिक १५ देखि २० युवाले सडक स्तरोन्नतिको काममा श्रमदान गरिरहेका छन्”, उनले भने, “विनियोजित बजेटले मात्र सडक स्तरोन्नतिको काम नसकिने भएकाले स्थानीय युवाको सक्रियतामा श्रमदान जुटाइएको हो ।”

लकडाउन अगावै गाउँ भित्रिएका अधिकांश युवा सामाजिक दूरी कायम गरेर दैनिक सडक स्तरोन्नतिको काममा खटिएका छन । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिका पुग्ने सबैभन्दा छोटो दूरीको उक्त सडक खण्डमा पर्ने कालिका मावि–तापखोला सडक यही वैशाख २१ गतेदेखि स्तरोन्नतिको काम थालिएको हो ।

हिउँदभर करीब छ महिनामात्र सञ्चालन हुँदै आएको सो सडक वर्षातको समयमा पूर्णरूपमा बन्द हुँदा दैनिक उपभोग्यवस्तु ढुवानी तथा आवतजावतमा समेत समस्या हुने भएकाले बाह्रै महिना सञ्चालनमा ल्याउन युवाको श्रमदान जुटाइको स्थानीय समाजसेवी इखबहादुर राईले बताए। “स्थानीयस्तरबाटै गर्न सकिने कामलाई पनि राज्यको मुख ताक्ने प्रवृत्ति देशमा विकास हुँदै गएको छ”, उनले भने, “आफूले गर्न सकिने कामलाई आफैँले गर्नुपर्छ भन्ने सन्देश दिन खार्मीका युवा श्रमदानमा जुटेका हुन् ।”

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट उत्तरी क्षेत्रको अर्को व्यापारिक केन्द्र बाक्सिला बजार पुग्ने सबैभन्दा छोटो दूरीको सडक भए पनि स्तरोन्नतिका काममा यसअघिसम्म कसैको ध्यान पुगेको थिएन । सो सडकखण्डलाई बजेट प्राप्त नहुँदा हरेक वर्ष तुर्खाका युवाले श्रमदान जुटाएर मर्मत गर्दै आएका छन ।

यसैबीच रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित दम्कुका स्थानीय युवा पनि यतिखेर सडक मर्मतमै सक्रिय रहेका छन् । वर्षातको समयमा आउने भलबाढी रोक्न तथा गाडी फस्ने ठाँउमा सोलिङ गरेर बाह्रै महिना सडक सञ्चालनमा ल्याउने उद्देश्यले मर्मत कार्य थालिएको स्थानीय युवा टीकाराम राईले बताए ।

खार्मी र दम्कुसँगै लकडाउनको समयमा घर आएर बसेका जिल्लाका हरेक स्थानीय तहका युवा यतिखेर सामूहिक काममा व्यस्त छन । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा चाडपर्वको समयमा पनि हरेक घरका एक÷एक जना भेला भएर सामुहिक काम गर्ने प्रचलन छ ।

चाडपर्वको अवसरमा आआफ्नो घर आवजावत गर्ने पाहुनालाई लक्षित गरेर सडक, गोरेटोबाटो, धारा तथा पँधेरा, मन्दिरलगायत सार्वजनिकस्थल मर्मत गर्ने गरिएको छ । सामुहिक काममा खटिने कतिपय ठाउँका युवालाई स्थानीय बासिन्दा तथा सामाजिक अगुवाले खाजा समेत उपलब्ध गराउने गरेका छन । रासस 

वि.सं.२०७७ वैशाख २९ सोमवार १०:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

रमबन (भारत) । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म...

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

चितवन । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले...

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको...

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

कर्णाली । गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला...