back

कोरोना पीडितको लागि एनआरएनए युरोप क्षेत्रमा ३० लाख संकलन

वि.सं.२०७७ वैशाख २९ सोमवार

153 

shares
NTC AD
Global IME AD

२९ बैशाख, लण्डन । कोरोना भाइरस (कोभिड- १९) बाट पीडित नेपाली समुदायको सहयोगार्थ युरोप क्षेत्रमा मात्र ३० लाख रुपैयाँ संकलन भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको ‘कोभिड १९’ युरोप क्षेत्रीय समितिको सकृयतामा दुई साताभित्र सो रकम संकलन भएको समितिका सदस्य सचिव रामशरण सिमखडाले जानकारी दिएका छन् ।

सिमखडाका अनुसार आइतवार साँझ सम्म २४ हजार ५ सय ६१ अमेरिकी डलर संघको खातामा जम्मा भएको हो । ‘यो शुरुआत हो भर्खर काम शुरु गरेका छौं सहयोग आउनेक्रम जारीनै छ । संघको केन्द्रीय निर्देशन अनुरुप आर्थिक संकलनको काम अघि बढेको छ’ सिमखडाले यो सम्बाददातासंग भने ।

संघको युरोपेली कोषमा अष्ट्रिया, बेल्जियम, स्वीडरल्याण्ड, डेनमार्क, जर्मनी, स्पेन, फिनल्याण्ड, आयरल्याण्ड, लग्जम्वर्ग, रसिया, माल्टा, र नेदरल्याण्डमा रहेका संघका पदाधिकारी तथा राष्ट्रिय समितिले सहयोग गरेका हुन् ।

यसै बीच कोरोना प्रभावित युरोप क्षेत्रका एनसीसीहरुलाई २० हजार डलर आर्थिक सहयोग गरेको छ । कोरोनाले प्रभाबित बनेका ५ वटा युरोपेली मुलुकहरुमा रहेका गैर आबासीय नेपालीहरुलाई लक्षित गर्दै संघले सहयोग घोषणा गरेको हो ।

संघले स्पेन र पोर्चुगललाई पाँच पाँच हजार डलर, ईटालीलाई ४ हजार डलर तथा साईप्रस र माल्टाका लागि तीन तीन हजार डलर छुट्टाएको छ।

पहिलो चरणमा साईप्रसलाई र बाँकी चार वटा एनसीसीलाई दोस्रो चरणमा सहयोग घोषणा गरिएको हो ।

यसअघि संघले केन्द्रीय अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित ‘कोभिड १९’ उच्चस्तरीय समिति गठन गरेर कोरोना बिरुद्ध विश्वव्यापी राहत संकलन तथा वितरणको अभियान चलाएको थियो ।

वि.सं.२०७७ वैशाख २९ सोमवार २०:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...