३० वैशाख, काठमाडौं । गत चैत्र ९ गते अन्तिम करोबार भएको ५१ दिन पछि मंगलबार खुलेको सेयर बजार २ प्रतिशतले घटे पछि बन्द भएको छ । गत शुक्रबार नियामक निकाय नेपाल धितोपत्र बोर्डले दिनको २ घण्टाको दरले कारोबार सुचारु गर्ने र कारोबारमा २ प्रतिशत परिवर्तन भएकमा शर्किट लगाउने निर्णय गरेको थियो । सोहि अनुसार खुलेको बजार करिब डेढ घण्टा पनि टिकेन ।
आजको कारोबारमा २५.३ अंकको गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ ईन्डेक्स ५.३९ अंकले घटेर २६५.६७ अंकमा रोकिएको छ । आज सूचिकृत ८७ कम्पनीको १० करोड ४३ लाख ७२ हजार ६ सय ४६ रुपैंयाँ बराबरको १ लाख ६ हजार ३ सय १२ कित्ता सेयर कारोबार भएको छ । करोबारमा जम्मा २९१ पटक लेनदेन भएको छ ।