Sansar News- Nepal's Fast Khabar Online News Portal

सिमामा अलपत्र परेका नेपालीलाई स्वदेश नभित्र्याए आन्दोलन गर्ने उद्घोष

संसार न्यूज़
३ हप्ता पहिले
सिमामा अलपत्र परेका नेपालीलाई स्वदेश नभित्र्याए आन्दोलन गर्ने उद्घोष

३१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले मजदुरी अथवा अन्य कुनै कामको सिलसिलामा भारत गएका नेपालीहरुलाई नेपाल ल्याउन सरकारसँग माग गरेका छन।

सामाजिक संजालमार्फत यस्तो माग गर्दै उनले  तत्काल भारतमा भएका नेपालीलाई स्वदेश नफर्काए त्यसका विरुद्ध लड्ने उद्घोष गरेका हुन।

उनले भारतमा रहेका नेपालीहरु निकै दुःख कष्टमा रहेको भन्दै यस्तो बेला पनि सरकारले ती नागरिकलाई बेवास्ता गर्नु निकै निन्दनीय भएको बताएका छन् ।

शाहले भनेका छन् ‘छिमेकी भारतमा रहेका नेपालीहरूलाई सहजै ब्यबस्थापन गर्न सकिने परिस्थिति छ तर सरकारले ब्यवस्थापन गर्न सकिने परिस्थितिलाई ब्यबस्थापन गर्न चाहेको छैन यो अन्यायपूर्ण हो।’

युवा नेता शाहले सिमा नाकासम्म आएकाहरुलाई देश भित्र्याउने र सरकारले बोर्डरमा कोरोना परीक्षणको क्षमता बृद्धि गर्नुपर्ने माग गरेका छन् ।

भारतका विभिन्न प्रान्तबाट नेपाल फर्किन बोर्डर तिर लम्किरहेका दाज़ुभाईहरूको समर्थनमा रहेको जनाएका छन् ।

कांग्रेस युवा नेता शाहले लेखेका छन् :

“भारतीय भूमिमा अलपत्र परेका नेपालीहरूको सम्बन्धमा

संसार बन्द भएर धेरै मानिसहरूले दुःख पाएका छन । छिमेकी भारतमा रहेका नेपालीहरूलाई सहजै ब्यबस्थापन गर्न सकिने परिस्थिति छ तर सरकारले ब्यवस्थापन गर्न सकिने परिस्थितिलाई ब्यबस्थापन गर्न चाहेको छैन यो अन्यायपूर्ण हो । यसका बिरुद्ध अब लडन पर्छ । किनकी भारतमा अलपत्र परेर नेपाल फर्किन चाहेका नेपाली दाजुभाईहरू निक़ै कष्टपूर्ण अबस्थामा पुगिसकेका छन । ऊनीहरूको मागलाई प्राथमिकता दिनु पर्छ भनेको धेरै भयो । अब ऊनीहरूलाई कुनै पनि अबस्थामा देश प्रबेश गर्न दीनु पर्छ । किनकी सबैलाई आफनो घर यो तस्वीर जस्तै प्यारो लाग्छ ।

सरकारले कोरोना परीक्षणको आफनो शक्ती बढ़ाओस र भारतीय सीमा तिर परिचालित गरोस । किनकी भारत सरकारको चाहना र त्यहा रहेका दाजुभाईहरूको आफनो आबस्यकताले अब बोर्डर तिर बढ़ने छन । बोर्डरको दबाव सरकारले थेग्न सक्ने छैन । सिमाना नजिकका स्थानीय भारतीयले पनि नेपालीलाई नेपाल प्रबेश गर्ने कुरामा सघाउ पुर्याउने छन । किनकी बोर्डर पारी नेपालीलाई पूर्याउँदा ऊनीहरूले आफुलाई सुरक्षित मान्नु पर्ने परिस्थिति हुन्छ त्यसैले सरकारले बोर्डरमा कोरोना परीक्षणको क्षमता बृद्धि गरोस । हामी पनि भारतका विभिन्न प्रान्तबाट नेपाल फर्किन बोर्डर तिर लम्किरहेका दाज़ुभाईहरूको समर्थनमा छौ ।

कृपया – सरकार,………… त्यसैले निशुल्क सुझाव दिन चाहान्छौ । बेलैमा ध्यान पूर्याऊनुस !!”

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए १ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…