back

युएईमा कोरोनाका कारण मंगलबार दुई नेपालीको मृत्यु

वि.सं.२०७७ वैशाख ३१ बुधवार

132 

shares
NTC AD
Global IME AD

३१ बैशाख, यूएई । कोरोनाका कारण युएईमा मंगलबार दुई नेपालीको मृत्यु भएको छ ।

युएईको आवुधाविमा एक रेष्टुरेण्टमा कार्यरत अर्घाखाँचीका ३९ वर्षीय र युएईकै अलऐनमा कार्यरत ठेगाना नखुलेका अर्का एक नेपालीको मृत्यु भएको हो ।

कोरोना सङ्क्रमणका कारण लामो समयदेखी उपचाररत अर्घाखाँचीका युवालाई कोरोना सङ्क्रमण हुनासाथ आबुधावीको ब्रुजेल अस्पतालमा भर्ना गरिएको थियो । अवस्था नाजुक बन्दै गएपछि उनलाई अलऐनको ब्रुजेल अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उनको कोरोना संक्रमणको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले परिवारलाई जानकारी दिएको छ । साथै अघिल्लो सातामात्रै अर्घाखाँचीकै अर्का एक युवाको पनि कोरोना संक्रमणका कारण ज्यान गएको थियो ।

पछिल्लो समय यूएईमा कार्यरत नेपालीमा कोरोना सङ्क्रमण बढे पनि राष्ट्रियता नखुलाइदिँदा दूतावासले सङ्क्रमित नेपालीको यकिन विवरण दिन सकिरहेको छैन ।

वि.सं.२०७७ वैशाख ३१ बुधवार १०:०० मा प्रकाशित

NLIC AD
NABIL bank AD
नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट महादेवको घर कैलाशको दर्शन

कमलकुमार बस्नेत, काठमाडौँ । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...