Sansar News- Nepal's Fast Khabar Online News Portal

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

संसार न्यूज़
३ महिना पहिले
मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

विद्यार्थीले ‘लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत छ, कुन नक्शा बनाउने ?’ भनेर प्रश्न सोधे पछि शिक्षकको हैसियतले म सारै संकटमा छु । अघिल्लो शैक्षिकसत्र स्पष्ट उत्तर विना सकियो । यो शैक्षिकसत्रमा विद्यार्थीलाई स्पष्ट जवाफ दिन पाईएला भन्ने ठूलो आशामा छु ।

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्याललाइ सामाजिक शिक्षाकी एक शिक्षिकाले नक्शा बारे के भनेर पढाऊँ ? भनेर खुला पत्र लेखेकी छन् ।
संसारन्युजमा पठाइएको उनको पत्रमा भनिएको छ :

माननीय पदमा अर्यालज्यू
मन्त्री, भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
नेपाल सरकार, नेपाल ।

विषय : नेपालको नक्सा प्रकाशन सम्बन्धमा ।

मन्त्रीज्यू, कुशल छु र कुशलताको कामना गर्दछु । म हजुरको चुनावी क्षेत्रको मतदाता, कम्युनिस्ट व्यवस्थाको पक्षपाती, पेशाले शिक्षक । सामाजिक विषयको अध्यापन गर्छु । तपाईं वर्तमान नेपाल सरकारको भूमिव्यवस्था मन्त्री हुनुभएकोले दुईसय बर्षअघि देखि विवादित नेपालको लालपुर्जाको समस्या तपाईको कार्यकालमा नै समाधान होस्, यही चाह व्यक्त गर्न यो खुला पत्रको सहारा लिदैछु । आशा छ तपाईंको सकारात्मक पहल महसुस गर्न पाउनेछु ।

मन्त्रीज्यू, हालै नेपालको भूमिमा भारतले २२ किमी सडक निर्माण गरि उद्घाटन गरिसक्दासम्म नेपाल सरकार बेखबर भएजस्तो गर्नुले भूमिप्रतिको राज्यको निति असाध्यै गैरजिम्मेवार छ भनेर बुझ्न कठिन छैन । यो सवालमा यस भन्दा पहिलेका शासकहरुले गरेको गल््तीले नेपाल र नेपाली अनिर्णयको शिकार बन्नुपरेको मात्र छैन, भविष्यमा नेपाल रहला त ? भन्ने निकै जटिल प्रश्न खडा भएको छ । एकएक बित्ता गर्दै भारतले मिच्दै जाने र नेपालको तर्फबाट सिमालाई चुनावी मसलाका रूपमा प्रयोग गर्दै जाने निति अख्तियार गर्ने हो भने नेपालको अस्तित्व सकिने पक्का छ ।

मन्त्रीज्यू, यो नयाँ समस्या होईन र तपाईले ल्याउनु भएको समस्या पनि होइन तर यसको समाधान गर्ने जिम्मेवारीबाट अहिलेको कम्युनिस्ट पार्टीले नेतृत्व गरेको सरकार र त्यो सरकारको भूमिमन्त्री तपाईं भएकोले नेपालको भूमि सुनिस्चित गर्ने यो अवसर राम्रोसँग प्रयोग गर्दै इतिहासकै उत्कृष्ट मन्त्रीको उपमा लिन सक्नुस भन्ने शुभेच्छा प्रकट गर्दछु । मन्त्री ज्यू, तपाइको नियत बेठिक नहोला तर नेपालको भूमिका बारेमा तपाईंले अभिव्यक्त गरेको धारणामा तपाईं चुक्नुभएको छ । नेपालको नक्शा प्रकाशन गर्न मिल्दैन, नेपालको नक्शामा लिम्पियाधुरा छैन भन्ने लवजमा आएको तपाईंको यो अभिव्यक्तिले नेपालीलाई तरंगित नै बनायो ।

कोभिड १९ को विश्वब्यापी महामारीसँग लडिरहेका नेपालीको मन एकाएक भूमि तिर केन्द्रीकृत भएको छ । सरकारले नागरिक स्वास्थ सुरक्षा गर्नका लागि लगाइएको बन्दाबन्दीमा समेत शंका उत्पन्न भएको छ । भारतसँग मुकाविलाको साहस सरकारले गर्नै सक्दैन र खाइपाइ आएको सरकारी सुखसुविधाको त्याग गरेरै राष्ट्रियताको रक्षा गर्ने नैतिकता पनि छैन भन्ने सम्मका प्रतिक्रियाहरु आउन थालेका छन । कोरोनाको समाधानको नाममा जनतालाई आफ्नै घरमा कैदी बनाउनु त होइन ? जनजनमा उठेको शंका निवारण गर्न सकिएको छैन । मन्त्रीज्युको स्पष्ट धारणासहित यो शंका केवल शंकामै सिमित होस भन्ने म चाहान्छ । यो शंका त्यसै उठेको होइन किनभने केहि शासकहरुले जानेरै राष्ट्रघाती कार्य गरेको प्रमाण नेपालीसँग सुरक्षित नै छ जसका बारे तपाई आफैले उठाइ पनि रहनुहुन्थ्यो ।

मन्त्रीज्यू, छिमेकी मान्नुपर्ने भारतका शासकहरुको नेपाल र नेपालीमाथि निकै निच र मिचाहा प्रवृत्ति बढ्दै गएपछि सामाजिक संजालमा तपाईंलाई प्रहार गरिएका तथानाम आरोपहरु वास्तवमा निकट भविष्यमा निराधार सावित हुनेछन् भन्ने आशा पत्रमार्फत व्यक्त गर्दछु । सन् १८१६ मा भएको सुगौली सन्धिपछि नेपालमा विभिन्न दलका नेताहरूले सरकार संचालन गरे । कसैले पनि लिपलेकु र लिम्पियाधुरालाई भारतीय हस्तक्षेपबाट मुक्त गर्ने विषयमा गम्भीरतापूर्वक सोचेनन । नसोचेकै कारण नेपालका सयौं सिमावर्ती क्षेत्रमा उनीहरुको हालीमुहाली बढेको कुरामा कुनै शंका छैन । विडम्बना आज पनि राष्ट्रियता जस्तो विषयलाई हरेक दलले चुनावी मसलाका रूपमा प्रयोग गर्न मन पराउँछन, जब कि चुनावी मसला समृद्धिको लागि हुनुपर्ने हो, होईन र मन्त्रीज्यू,?

मन्त्रीज्यू, नेपालको हजारौं बिगाहा खेतीयोग्य जमीन भारतकै कारण डुबानमा छ । यतिमात्र कहाँ हो र ? आफ्नो देशमा नक्कली तिलौराकोट निर्माण गरेर विश्वशान्तिको उद्गमस्थल लुम्बिनीको भूमिलाई कब्जामा लिने कुत्सित प्रयास गर्न खोज्दैछ । कुरा यतिमा मात्रै सिमित छैन, उत्तरी भेगको छिमेकीका मिडियामा सगरमाथा तिब्बतमा पर्छ भन्दै समाचार बज्यो भन्ने सुन्नमा आएको छ । राष्ट्रियताको सवालमा उत्पन्न यी खतराहरुप्रतिको संघर्षको पेचिलो जेहाद छेडन ढिला नगर्नुहोस । ठूला नेताहरु मोलाहिजामा फसेका छन् भने पनि सके उनिहरुलाई लाइनमा ल्याउनुहोस नभए जनखबरदारीमा सामेल हुनुहोस् । अन्यथा पश्चाताप र ग्लानी बाहेक अरु उपलब्धि नामेट हुने निश्चितै छ । शरीरको अस्तित्व प्राण र प्राणको अस्तित्व शरीर भएजस्तै देशको शरीर जमीन हो भने यसको प्राण सम्प्रभुता हो । जब आफ्नो देशको शरीर,प्राणरुपी सम्प्रभुता माथिको अस्तित्व समाप्त हुने खतरा सिर्जना हुन्छ,त्यही संकटको घडीमा असल विचार, राजनेता र राजनीतिज्ञ को हो भन्ने जटिल अग्निपरिक्षाको शंखघोस हुने गर्दछ । यो अग्निपरिक्षामा तपाईं अब्बल श्रेणीमा पास भएर तपाईंको निर्वाचन क्षेत्रका हामी मतदाताहरु प्रतिको साख सम्मान व्यक्त गर्नुहुनेछ भनी हामीले ठूलो विश्वास गरेका छौँ ।

मन्त्रीज्यू, झन्डै ६ महिना पहिले भारत सरकारले नेपालको भूमि लिपु,लिम्पिया समेटेर आफ्नो नक्सा प्रकाशन गर्याे । भारत सरकारले नेपाली भूमि माथि गरेको नाङ्गो र हेपाहा हस्तक्षेपले सबै राष्ट्रभक्त नेपाली आक्रोशीत बनेका छन ,यो कुरामा तपाईं अनभिज्ञ हुनुहुन्न । अर्काेतिर अहिले सामाजिक बिषय अध्यापन र अध्ययन गर्ने शिक्षक र विद्यार्थी दुबै दोहोरो मारमा परेका छौँ । हामीलाई राष्ट्रियताको चिन्ता छँदैछ, शैक्षिक उपलब्धिको अर्काे चिन्ता पनि सँगै हुने गरेको छ । विद्यार्थीहरुलेले सिमा सम्बन्धि धेरै प्रश्न सोधपुछ गर्छन, नेपालको नक्शा बनाई निम्न स्थानहरु देखाउ । यो सामाजिक विषयमा सधैं सोधिने प्रश्न पनि हो । विद्यार्थीले ‘लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत छ, कुन नक्शा बनाउने ?’ भनेर प्रश्न सोधे पछि शिक्षकको हैसियतले म सारै संकटमा छु । अघिल्लो शैक्षिकसत्र स्पष्ट उत्तर विना सकियो । यो शैक्षिकसत्रमा विद्यार्थीलाई स्पष्ट जवाफ दिन पाईएला भन्ने ठूलो आशामा छु ।

मन्त्रीज्यू, अन्तमा, विलम्ब नगरी नेपालको भूमि सम्बन्धि देश भित्र र देश बाहिर रहेका सम्पूर्ण तथ्यपरक प्रमाणहरु संकलन गरि न्यायोचित ढंगले नेपालको नक्शा प्रकाशन गर्नुहुन अनुरोध गर्दछु । देशभक्त नेपालीले पहिले गुमेका सम्पुर्ण भुभागसहित विशाल नेपालको नक्शा कल्पेर बसेका छन् । नेपालीमा राष्टियताको बलिया भावना छ । फेरि पनि आवश्यक साथ, सहयोगसहित त्याग, बलिदानीको कोटा पुरा गर्नुपर्ने इतिहासको मागलाई शिरोपर गर्न राष्ट्रप्रेमी नेपालीहरु सदैव तत्पर रहेको पक्षलाई सम्पत्ति ठानेर तपाईले जतिसक्दो छिटो नक्शा प्रकाशन गर्नुहुनेछ भन्ने आशा र विश्वाससहित यो पत्रबाट बिदा हुन चाहान्छु ।

तपाईंको शुभचिन्तक सहिद पत्नी, मिना न्यौपाने
वालिङ १४,स्याङ्जा, हाल बुटवल ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…