२ जेठ, काठमाडौँ । १२ बलमा ५० रनको रेर्कड तोड्ने क्षमता पांड्या र राहुलमा मात्र रहेको भारतीय क्रिकेट टिमका पुर्वखेलाडी युवराज सिंहले भनेका छन । युवराज सिंहले टि-२० अन्तराष्ट्रिय क्रिकेटमा सबै भन्दा छिटो अर्धसतक बनाएका थिए ।
उनले २००७ को टि-२० विश्वकपमा इंल्याण्ड विरुद्धको खेलमा १२ बलमै अर्धसतक बनाएका थिए । त्यस खेलमा उनले ६ बलमा ६ छक्का पनि प्रहार गरेका थिए । युवराज सिंहले बनाएको सबै भन्दा छिटो अर्धसतकको रेर्कड तोड्ने क्षमता भारतीय क्रिकेट टिमका हार्दिक पांडया र केएल राहुलमा मात्र रहेको बताएका छन । क्रिकेट वेबसाइट क्रिकइंफोसँगको कुराकानीमा उनले यो कुरा भनेका हुन ।
“दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबि डि भिलियर्स र वेस्ट इंडिजमा ब्याट्सम्यान क्रिस गेलमा पनि यो रेर्कड तोड्ने क्षमता रहेको थियो तर एबि डि भिलियर्सले सन्यास लि सकेका छन भने क्रिस गेलले अब छिटै सन्यास लिने छन । त्यसैले अहिले हार्दिक पांड्या र केएल राहुलमा मात्र यो क्षमता रहेको छ ।” युवराज सिंह