back

नेपाली कांग्रेसले बनायो बिनोद चौधरीको अध्यक्षतामा बिशेष समिति

वि.सं.२०७७ जेठ २ शुक्रवार

168 

shares
NTC AD
Global IME AD

नेपाली कांग्रेसले उद्योगपति बिनोद चौधरीको अध्यक्षतामा लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना सम्बन्धी अध्ययनका लागि बिशेष समिति गठन गरेको छ ।

विश्वयापी कोरोनाको महामारी र त्यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव अध्ययन गर्नका लागि नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले उद्योगपति चौधरीको अध्यक्षतमा विशेष समिति गठन गरेको हो ।

कोरोनाका कारण देशको विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरि देशका लागि आवश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरे बमोजिम पार्टीका सभापति शेरबहादुर देउवाले ‘लगानी, पूर्वाधार र रोजगार: दृष्टिकोण एवं दिगो परियोजना बिशेष समिति’ गठन गरेका हुन् ।

जसको सदस्यहरुमा दिपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिप छिरिङ लामा, छत्र गिरि, सूर्यबहादुर के.सी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, बिष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा रहेका छन् ।

समितिले तत्काल कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीति बारे आवश्यक अध्ययन पश्चात् पार्टीको ‘अर्थतन्त्र केन्द्रीत बिशेष समिति’ लाई सुझाव दिने बताइएको छ । त्यस्तै दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाहरुको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्ने र समितिको संख्या २१ मा नबढ्ने गरि थप गरिने जानकारी समेत दिइएको छ ।

वि.सं.२०७७ जेठ २ शुक्रवार १४:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

रामपुर (पाल्पा) । प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक...

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

दी हेग (नेदरल्यान्ड) । नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले...

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...