Sansar News- Nepal's Fast Khabar Online News Portal

कथाः तेस्रोनजर

कान्छा प्रसाद तिवारी,काठमाडौं 
२ हप्ता पहिले
कथाः तेस्रोनजर

रामबहादुर गरिब थियो । ऊ खेतबारीमा परिश्रम गथ्र्यो । पाखुरीको बलले रुखो भिरालो जमिन जोत्थ्यो । आकाशको भरमा उसलाई वर्षभरि खान लाउन पुगेः–पुगेः मात्र हुन्थ्यो । हुर्कदै बढ्दै गरेका बालबच्चाको पेट भर्न सँधैं धौ–धौ हुन्थ्यो ।

भोको पेट भर्नकै निमित्त ऊ गाउँ छोडेर पल्टनमा भर्ती भयो । आफू मेसमा खाना खान्थ्यो, महिनाको तलव घर चलाउन श्रीमती नक्कलीलाई बुझाउँथ्यो । पल्टनमा भर्ति भएपछि उसलाई धेरै राहत मिलेको थियो । साँझ–बिहान कवाज खेल्थ्यो, पेटभरि मासुभात खान्थ्यो । पल्टनको रासन पानीले ऊ हृष्टपुष्ट लक्काजवान हुँदै थियो ।

पल्टनमा भर्ती भएपछि गाउँमा रामबहादुरकी श्रीमती नक्कलीको खेतीबारीमा कामगर्ने बानी छुट्दै थियो । हरेक महिना श्रीमान्ले दिने तलवले घरव्यवहार चलाउँथी । खेतीपाती अर्मपर्म गरेर जेनतेन गुजारा चलाउँदै आएकी नक्कली पिँडीको डिलमा बसेर ऐना हेरेर कोरीबाटी गर्दै िदनहुँ नक्कल पार्ने गर्थिन् ।

चुहिएको गाग्रोमा जति पानी हाले पनि नभरिए जस्तै राम बहादुरले घरमा जति तलव पठाएपनि नक्कलीलाई घर चलाउन सधै धौ–धौ हुन्थ्यो । छुट्टीमा श्रीमान् घर आउँदा नक्कली घर खर्चको बेलिबिस्तार लगाउँथी । घरखर्चको बेलिबिस्तार सुनेर ‘हरे कस्तो भाग्य मेरो !’ भन्दै रामबहादुर पुर्पूरोमा हात लगाउँथ्यो ।

एकदिनको कुरा हो, तीन दिनको छुट्टी सकिनासाथ रामबहादुर बिहान सबेरै पल्टनमा हाजिर हुन घरबाट हिँड्यो । बाटोमा हिँड्दै गर्दा उसको मनमा धेरै कुरा खेल्यो, ‘पल्टनमा कमाएजति सबै नक्कलीले स्वाहा पारिछ । मेरी त कस्ती नक्कली श्रीमती परिछ ? सँधै नक्कल झक्कल पार्छे, मैले कमाएर दिएजति सबै स्वाहा पार्छे ।’ सोच्दै ऊ वर–पिपल चौतारीमा टुसुक्क बस्यो र केहीक्षण टोलायो । घरकी नक्कलीलाई के भनोस्, उसले आफ्नै भाग्यलाई दोष दियो, आफ्नै कर्मलाई खोट लगायो ।

रामबहादुरले दुःख पाएको कुरा कैलाशकुट दरबारबाट माता पार्वतीले हेरिरहेकी थिइन् । दुःखी रामबहादुरको दारुण कथाहरू स्वामी महादेवलाई सुनाइन् । पार्वतीले कहेका कथा सुनेर महादेव केवल मुसुमुसु मुस्कुराइरहे केही बोलेनन् ।

‘स्वामी ! हजुर त सबैका भोलेनाथ हुनुहुन्छ । त्यो दुःखी रामबहादुरको दुःख निवारण गर्नुहोस् ।उसलाई केही राहत दिनुहोस् ।’ पार्वतीले अनुरोध गरिन् ।

‘सुन पार्वती ! जसले जे पाउने हो त्यो कुरा भावीले पहिले नै लेखेका हुन्छन् । उसको भाग्यमा त्यस्तै लेखिएको होला । व्यर्र्थ िकन चिन्ता लिन्छ्यौ ? भाग्यको लेखौट कसैले टारेर टर्दैन ।’ भन्दै महादेवले भाग्यको महात्म्यनै सुनाइदिए ।

‘स्वामी ! हजुर त देवाधिदेव महादेव हुनुहुन्छ । भावीले पूर्पुरोमा जे लेखेको भएपनि उसलाई राम्रो वरदान त दिनसक्नु हुन्छ नि । हेर्नुहोस् त त्यो रामबहादुरलाई, अहिले बिचरा दुःखले पिल्सिएर आफ्नै भाग्यलाई धिक्कार्दै छ । ’कैलाश कुट दरवारको बरण्डाबाट तल मत्र्यमण्डल चौतारीमा औंल्याउँदै पार्वतीले देखाइन् ।

‘भावीको लेखौट विरुद्ध मेरो वरदान वाक्यले के नै लछार पाटो लगाउला र ?’ महादेवले निधार खुम्च्याउँदै भने । पार्वतीले आफ्नो हठ छाडिनन् । बालहठ, राजहठ भन्दा पनि बलियो नारी हठविरुद्ध महादेवको पनि के नै लाग्न सक्थ्यो र ? आखिर पार्वतीलाई खुसी पार्नकै निमित्त राम बहादुरलाई सहयोग गर्न उनी राजी भए ।

‘पार्वती ! तिम्रो इच्छा पूरा गर्न, त्यो राम बहादुरको दुःख हर्न, म यहाँबाट के–के गर्छु, तिमी हेर्दै जाऊ ।’ महादेवले भने । आफ्नो माग पूरा हुन लागेकोले पार्वतीको मुहारमा मधुर कान्ति छायो ।

राम बहादुर चौतारीबाट सुस्ताउँदै उठ्यो । बिहानको सूर्यले उकालो चढ्दै थियो भने ऊ व्यारेक पुग्न ओरालो झर्र्दै ्थियो । फटाफट लम्कँदै ऊ समयमै व्यारेक पुग्यो । उसका साथीहरू कवाज खेल्न लाईनमा पहिलेनै खडा भइसकेका रहेछन् । हँस्याङ् फँस्याङ्ग गर्दै ऊ लाइनको पछाडि गएर उभियो ।

यता कैलाशकुट दरबारबाट महादेव–पार्वती दुबैले राम बहादुरलाई हेरिरहेका थिए । यता लाइनमा उभिएका सैन्य जवानको हाजिरी कमाण्डरले पनि लिँदै थिए । महादेवले सैन्य कमाण्डरको दिमागको सियो कैलाश कुटबाटै घुमाइदिए । कमाण्डरको आँखा अन्तिम लाइनमा उभिएको रामबहादुरमा प¥यो ।
‘कुनबेला यो रामबहादुर लाइनको पछाडि आएर उभिइसकेछ । नहिड्ने गोरुको पुच्छर निमोठ्नु भन्थे । यसलाई त अगाडि राखेर उभ्याउनु प¥यो ।’ सोच्दै उनले आफ्नो जङ्गी स्वभाव देखाए ।
‘रामबहादुर !’
‘हजुर साप ।’
‘सबैले सुन्ला, आजको कवाजको नेतृत्व रामबहादुरले सम्हाल्ने छ ।’
‘हस् साप ।’

कसैले नसोचेको सैन्य लाइनको पुछारमा रहेको रामबहादुर फूर्तिसाथ अग्रपंक्तिमा आयो । कमाण्डरलाई सलाम ठोक्यो । तत्काल उसले कवाजको नेतृत्व सम्हाल्यो । कवाज खेल्न लाइनमा पहिला नै आएर उभिएका उसका साथीहरू भने आपसमा मुखामुख गर्दै ्थिए । उसले ‘सतर्क, गोडाफाट’ भन्दै कवाज खेलाउन थाल्यो । आफ्नो नेतृत्वमा कवाज खेलाइ सकेर उसले जवान साथीहरूलाई ब्यारेक बाहिर मूल सडकमा दौडाउन लाग्यो ।

महादेव पार्वतीले रामबहादुरलाई हेरिहेका थिए । दौडिरहेका सैन्यहरूको लहरमा रामबहादुर अगाडि थियो । दौडको नेतृत्व गर्दै ऊ पुलमाथिको सिधा सडक पुग्दै थियो । महादेवले कैलाशकुट दरवारको बरण्डामा जडेका एउटा सुनको ईंटालाई त्रिशुलको सहायताले उक्काएर सुटुक्क पुलमाथिको सडकमा राखि दिनासाथ दौडको नेतृत्व गरिरहेको रामबहादुरको दिमागको सियो पनि घुमाइदिए ।
‘जवान हो, पुलमाथिको सडक सिधा छ । सबैले आँखाचिम्लेर दौड ।’ दौडिरहेका सैन्य जवानहरूलाई रामबहादुरले एकाएक आदेश दियो । जवानहरू आँखा चिम्लेर दौड्दै थिए ।
‘पार्वती ! हेर त, अब त्यो सुनको ईंटा राम बहादुरले पाउनेछ । उसका दुःखका दिनहरू सदाका लागि सकिने भए । उसका सबै साथीहरू आँखा चिम्लेर दौड्दैछन् । अब रामबहादुरले नै त्यो सुनको ईंटा टपक्क टिप्नेछ । उसले सुनको ईंटा पाएको कुरा पनि कोही कसैले थाहा पत्तो पाउने छैनन् । बुझ्यौ पार्वती ।’ महादेव खुसी हुँदै जवानहरूको दौडलाई नियाल्दै थिए ।
‘स्वामी ! कतै राम बहादुरले पुलमाथिको त्यो सुनको ईंटा देखेन भने हाम्रो बरण्डामा जडेको सुन त खेर नै जाने भो । लौन स्वामी ! दौडिरहेको त्यो रामबहादुरको आँखामा सुनको उज्यालो तेज पारिदिनुहोस् न । सुनको उज्यालो देख्नासाथ उसले त्यो सुनको ईंटा टपक्क टिप्नेछ ।’ पार्वतीले अनुरोध गरिन् । महादेवले पनि सूर्यको तेज सुनको ईंटामा पारेर सुनौलो किरण रामबहादुरको आँखामा टिलिक्क टल्काइ दिए ।
‘अहो ! आकाशमा नि सूर्य, धरतीमा नि सूर्य ! यी दुई सूर्यको दो–छायाले आँखै पो हेर्न नसिकिने भो !’ भन्दै रामबहादुर दुबै आँखा चिम्लँदै सैन्य जवानसाथ अघि–अघि दौडदै थियो ।

पुलमाथि सिधा सडकमा आँखा चिम्लेर दौडिरहेका जवानहरूले सुनको ईंटा पार गरे । पछाडि परेका एउटा जुम्सो जवान अल्याँङ् टल्याँङ्ग गर्दै दौड्दै थियो ।

दौड्दै पुल पार गरेको अन्दाज पाउने बित्तिकै, ‘जवान हो ! आँखा हेरेर दौड ।’ रामबहादुरले आदेश दियो । दौडको पुछारमा रहेको जवानले सुनको ईंटा देख्यो । ‘ओ हो ! सुनको ईंटा ! तस्करले खसालेको होला ।’ भन्दै उसले टिप्यो । दौडिरहेका सबै जवानहरूको दौड रोकियो । सबैजना आश्चर्य चकित भए ।

उनीहरूले सुनको ईंटा आपसमा भाग लगाउने कुरा गर्दै ्थिए । घटनालाई नियालीरहेका महादेवले राम बहादुरको दिमागको सियो फेरि घुमाइ दिए ।

राम बहादुर कड्कियो, ‘यो सुनको ईंटा कहाँबाट ल्याएको, किन ल्याएको, तलव, रासन पानीले नपुगेर किन यस्तो काम गरेको भन्ने केरकारमा प¥यौ भने मैंले तिमीहरूलाई कसरी बचाउने ? लोभमा परेरपछि पछुताउनु भन्दा अहिले नै यो सुनको ईंटा जस्ताको तस्तै कमाण्डरलाई बुझाउँदा हामी इमान्दार, कर्तव्यनिष्ठ ठहरिनेछौ ं। सबैले कान खोलेर सुन्ला, यसमै ंहामी सबैको कल्याण हुनेछ ।’ रामबहादुरको कुरामा सबैले हो मा हो मिलाए । सुनको ईंटा भेट्टाउने जवानले हात कमाउँदै त्यो ईंटा दौड कमाण्डर रामबहादुरलाई बुझायो ।

त्यस दिनको तल्लो तहको दौड कमाण्डर रामबहादुर हुँदै उपल्ला, माथिल्ला, ठूला–ठूला कमाण्डरको हात–हात हुँदै त्यो सुनको ईंटा गणपति गणेशजीको हातमा पुग्यो । आफ्नैं कैलाशकुट दरबारको बरण्डामा जडित सुनको ईंटा देख्ने बित्तिकै गणपति गणेशजी केहीक्षण आश्चर्य चकित हुन पुगे । उनी त्यो सुनको ईटा लिएर तत्काल कैलाश अधिपति महादेव सामू कैलाशकुट दरबारमा हाजिर भए । पिता–माता महादेव पार्वतीलाई गणेशजीले त्यही सुनको ईंटा झिकिएको बरण्डामा दर्शन भेट पाए । कैलाशकुट दरबारको सुरक्षा व्यवस्था अझ कडा तुल्याउन प्रस्ताव गर्दै बरण्डाबाट हराएको त्यो सुनको ईंटा महादेवको हातमा राखिदिए । अन्ततः त्यो सुनको ईंटा फर्केर पुनः महादेवकै हातमा पुग्यो ।

महादेवले त्यो सुनको ईंटालाई तत्काल जहाँको त्यहीँ त्रीशुलको बिडले ठोकेर तत्काल जडान गरे । त्यस क्षण महादेव गणेशजीसँग अतिनै प्रशन्न भए । माता पार्वती भने बोल बोल माछा मुखभरी पानी सरी भइन् ।
‘देख्यौ पार्वती ! भावीले यो सुनको ईंटाको भाग्यमा हाम्रै दरबारको बरण्डामा सजिएर बस्नु भनेर लेखेका रहेछन् । भावीको लेखौट आखिर कसैले टारेर टर्दो रहेनछ बुझ्यौ ।’ महादेवले पार्वतीलाई सान्त्वना दिँदै भने ।
मत्र्य मण्डलका दुःखी राम बहादुरलाई राहत दिन आग्रह गर्दा आफ्नै स्वामी महादेवले चालेका इतिश्री कुटील चालबाजीहरूलाई माता पार्वतीले दिव्यदृष्टी लगाउँदै नियाल्दै थिइन् । त्यस घटनाले उनको ललाटमा तेस्रो नजर खुल्दै थियो ।
समाप्त

शङ्खरापुर नगरपालिका फेदी-४, काठमाडौं ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए २ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…