Sansar News- Nepal's Fast Khabar Online News Portal

लघुकथाः बुद्धिमानी श्रीमती

रन्जना पराजुली, लम्साल
२ हप्ता पहिले
लघुकथाः बुद्धिमानी श्रीमती

आजित हुँदै मुनाले च्यानल गेटमा ठूलो ताल्चा ठोकी ।

‘कति भन्नू तपाईंलाई । मैले भन्नै नपर्ने । समाचार फुकिराछ । फेसबुक भरी छरिराछ । यसो नगर्नु, त्यसो नगर्नु । यो गर्नु त्यो नगर्नु । घरको मुलि हजुर । बरु हजुरले पो हामीलाई सिकाउनु पर्ने हो त !’
‘नकरा न,यसो पसल खुलेको रैछ भने केही किनेर ल्याउछु भनेर पो निस्कन लागेको त ! बाहिर निस्कदैमा सरिहाल्छ र !’

‘सर्छ नि ! सर्यो भने त सरि हाल्यो नि ! कोरोना भनेको त खतरा हो भन्ने आफैं । शक्तिशाली देशले पनि औषधी निकाल्न सकेन भन्ने आफैं । एउटाले गर्दा सबैलाई सर्दो रहेछ भन्ने आफैं । अनि बाहिर निस्कन खोज्ने नि आफैं । हुन्न अब फिटिक्कै हुन्न बाहिर जान ।’

‘यसो खानेकुरा हेर्छु भनेर नि !’

‘तपाईंले केही चिन्ता लिनुपर्दैन । अफिस जानेलाई किन टेन्सन दिने भनेर मैले ग्यास देखि लिएर खानेकुरा सबै जोहो गरेकी छु । बच्चाहरुलाई पनि बोर होला भनेर खेलौना ,ड्रोइङ्ग पेपर,छोरीलाई भाडाकुटी खेल्ने प्याकेट अनि छोरोलाइ सानो गिटार किनेर ल्याइदिएकी छु । अझै हेर्नू त यी एउटा प्याकेट देखाउदै, तपाईं अफिस जाने मान्छे लकडाउनभरी बोर हुन्छ भनी हतार हतार सम्झेर लुड्डो र चेस पनि ल्याइदिए । लुड्डो र चेस त झन बच्चाहरुलाई पनि भयो तपाईं र मलाई पनि भयो ।’

अफिस जाने आउने क्रममा घर व्यबहार कहिले हेर्न नभ्याएका केदार छक्क परे आफ्नी श्रीमतीको बुद्धि देखेर ।

‘धन्य छु मुना म तिमी जस्ती बुद्धिमानी श्रीमती को श्रीमान हुन पाएकोमा । सबैले यस्तै बुद्धि पुर्याए त कोरोना सोरोना भाग्थ्यो होला हगि मुना ।’

बुद्धनगर, नयाँ बानेश्वर, काठमाडौ ।
फोन नम्बर ९८४१६६४७३८

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए २ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…