Sansar News- Nepal's Fast Khabar Online News Portal

पाँच मुक्तक

प्रकाश घायल, फुटुङ्ग,काठमाडौ
२ महिना पहिले
पाँच मुक्तक

अधेँरीमा बल्ल भेटें घामले डाडाँ काटेपछि
सिलाएर कामै छैन कमलो दिल फाटेपछि
संगै जिउँने बाचा गर्यौं संगै मर्ने कसम खायौं,
खुसीको त बहार आउँछ मन मुटु साटेपछि ।।
(१)
सपना पनि अचेल के के देखियो
एउटा मुटु टुक्र्याएर कति सेकियो
खुसी पनि मनभित्र भित्रै लुक्छ भन्थे,
झन् बिछोेडको वेदनाले मनै रेटियो ।।
(२)
धन सम्पती केही हैन इज्जत कमाउन जान्नुपर्छ
पवित्र मनले सधै सत्यको बाटो समाउन जान्नुपर्छ
सार्मथ्य भन्दा बाहिरका कुरामा समय खर्चनु हुदैन,
जे छ आफूसँग आनन्दी मनले रमाउन जान्नुपर्छ ।।
(३)
मान्ने हैन रुनु हुन्न भनेपनी झन् पो रोइदिन्छेउ
जति दुख्छ भन्दै गयो बेस्करी झन् छोइदिन्छेउ
प्यारको नाटक खुब मञ्चन गर्यौ यो रंगमञ्चमा,
तिम्रो छेउमा आउँदा वचनको साँढे फोइदिन्छेउ ।।
(४)
खेतीपाती गर्न र्गाहो बेच्दिन्छ्न् तमसुक लेखी
दिकदार लाग्छ आजभोलि मानव जीवन देखी
आङ ढाक्ने टालो छैन सपनाको महल खोज्छन्,
राख्छन् खुशी बन्धकीमा तै पनि त गर्छन् शेखी ।।
(५)

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो २ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…