Sansar News- Nepal's Fast Khabar Online News Portal

पाँच मुक्तक

सरोज सङ्गम,रत्नेचौर म्याग्दी, हाल- युएई
२ महिना पहिले
पाँच मुक्तक

१.
देशलाई बाउँकै अंश जस्तो, बाडिएको रहेछ,
निजि स्वार्थ पूरा गर्न, सीमा साधिएको रहेछ ।
बाहिर मात्रै फुस्रो राष्ट्रबाद, खोकेर के गर्नु भो,
आखिर भित्र हाम्रो, स्वाभिमान खिएको रहेछ ।

२.
आफैले बोलेको कुरा, पुर्याएँनन् स्यालहरुले ,
चुईक्कसम्म आवाज, उठाएनन् स्यालहरुले ।
मिचिएको होईन भूमि, पक्कै बेचिएको हो कि,
त्यसैले त कुनै प्रमाण, जुटाएनन् स्यालहरुले ।

३.
अरे सहेरै भएपनि, यो बदनामी, प्यार गरौंला,
भुलेर सारा संसार, तिमी हामी, प्यार गरौंला ।
बस हामी बिचको, बलियो भरोसा चै नटुटोस्,
गर्न गरोस, दुनियाँले छल छामी, प्यार गरौंला ।

४.
नबोल प्रिया, कसैले सुने त हैरान हुन्छ ,
सुस्तरि बोल, भित्ताको पनि कान हुन्छ ।
मनमै राख्न सिक, मनले बोलेका कुरा,
नत्र यहि कुरा भोलि, सारा मैदान हुन्छ ।

५.
जे गर्दा नि तिम्रै चाहा, हरदम लाग्छ मलाई,
धरोधर्म तिम्रै साथ, अनुपम लाग्छ मलाई ।
संसार भरिकै हरेक, शब्दकोष खर्चिएनी,
तिम्रो बयान गर्ने शब्द, कम लाग्छ मलाई ।

 

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो २ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…