Sansar News- Nepal's Fast Khabar Online News Portal

लघुकथाः अर्जुनको संकल्प

लक्ष्मी प्रसाद प्रसाईं
२ हप्ता पहिले
लघुकथाः अर्जुनको संकल्प

ऋण हलो कोदालो गरि काब्राबोटे मंगल काकाले अर्जुन एउटै छोरो बीए सम्म पढ़ाए । अर्जुन पनि अर्जुनले सरह लक्ष्य राखी पढ़दै गयो । बाबुआमालाई सुखले पाल्ने सुन्दर चटक्कको घर बनाउने सपना लिएर पढ़ी सक्यो । जागीर धेरै खोज्दा पनि नपाए पछि ति प्रमाण पत्रहरू केहि काम आएनन् । सबै सन्दुकमा थन्काई लालपुर्जा बन्धक राखी ऋण काड़ेर ईजराईल तिर लाग्यो मजदुरी गर्न । आफनो पढाई पनि काम लागेन । उ गाई पालने फाममा काम गर्न थाल्यो । त्यहाँ दुध, दहि, नौनी र घिउ सबै उत्पादन गरि बेचिन्थ्यो । मलबाट साग सब्जी उब्जाएर बिक्री गर्दा मालीकको कमाई धेरै हुन्थ्यो । जम्मा दश जना कामदार थिए ।

एकदिन गफैगफमा उसले मालीकलाई सोध्यो । तपाईले कति पढ़नु भको ? मालीकले गाईलाई मुसारदै भन्यो । मैले जीव विज्ञानमा पीएचडी गरें साथै एम बी ए पनि । अर्जुन छक्क पर्यो । यत्रो पढ़ाई अनि यस्तो साधारण काम तर उ नोकर होईन मालीक हो । तीन वर्ष बसे पछि अर्जुन फर्कियो, मालीक हूने संकल्प लिएर । वर्तमान उसकोबाट दिनको दुई सय लिटर दुध अनि साग सब्जी बजार जान्छ ।

आफनो समान ओर्साने गाड़ी छ । सहकारी बैंकको बाँकी ऋण पनि चुक्ता गरि सक्यो । मंगले बुढा खुशी छन् । अर्जुनले हाल प्रमाणपत्रहरू सन्दुकबाट निकाली फ्रेममा हाली भित्तामा झुण्डाको छ ।
पढ़नुको अर्थ जागीरे हुनु मात्र होईन । ज्ञानको सहि प्रयोग गरे नोकर होईन, मालीक हुन सकिन्छ ।

रानिपुल पुर्व सिक्किम, भारत

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए २ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…