रोजगारी खोसिएका युवाहरू बिचल्ली हुँदै नेपाल फर्कने क्रम जारी छ । रोजगारी खोसिएर स्वदेश फर्किएपछि निस्चय पनि आर्थिक समस्या आइरहेको छ र आउनेछ । अब सरकारले अर्थतन्त्र सुचारु गर्न विविध विकल्पको खोजी गर्नुपर्नेछ भने वैदेशिक रोजगारी गुमाएर फर्किएका लाखौं लाख युवाहरूको लागि नेपालमै रोजगारीको अवसर सृजना गरि ब्यवस्थापन गर्न आजै बाट कदम चाल्न जरुरी छ । जस्ले गर्दा आउने आर्थिक संकट समाधान गर्न सकियोस् ।
कृषिमा सरकारी उदासीनताले गर्दा नेपालले खुर्सानी देखि लिएर टमाटर, बन्दा, बेसार र आँप, दाल, चामल, फलफूल आदि आदि खाध्यान्न भारत र चिनबाट ल्याएर खानु परेको छ । हाम्रो जमीन र भूमि, हावापानी नमिल्दो भएकाले हैन, कृषिमैत्री उचित वातावरण र सहज निती नियमको अभावले कृषि क्षेत्र र किसान निरुत्साहित हुँदा परनिर्भरता बढेको अवस्था हो ।
सरकारका तर्फबाट राष्टपति विद्यादेवि भण्डारीबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा परेको ‘चिनौ आफ्नो माटो, बनाउ आफ्नो देश’ भन्ने वाक्यांशले हामीजस्ता धेरै किसानको मन छोएको छ ।
यसबाहेक जमिन बाँझो राख्न नपाइने, खेतका आलीमा समेत बिरुवा लगाउन अभिप्रेरित गरिने, स्वदेशी वस्तु उपयोगको लागि अभियान चलाइने, कृषिमा आधुनिकिकरण, यान्त्रिकरण र विशिस्टिकरण गर्दै स्वदेशी उत्पादन बढाउने,कृषि बस्तुको प्रसोधन ब्यबस्था गरिन, प्लानिङ खेती पद्दतिको विकास गरिने, स्थानिय खाधान्न पन्जिकरण उत्पादकत्व र अनुसन्धान गरिने, कृषिलाई आयमुलक र मर्यादित पेशा बनाउने, कृषि उपजको नुनतम मुल्य निर्धारण गर्ने, कृषि उपजलाई प्रमाणीकरण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आयात निर्यात गर्ने ब्यबस्था गर्ने, भूमि बैङकको स्थापना गर्ने, भरपर्दो र निःशुुल्क प्राविधिक सेवाको ग्यारेन्टी गर्ने, वास्तविक किसानलाई सामानमार्फत अनुदान दिने जस्ता बिषय पनि आएका छन । कोरोना कहरका बिचमै भएपनि यि सबै कुराले थोरै उत्साहित पनि बनाएको छ ।
अहिलेसम्म २१३ रास्ट्र कोरोनाबाट प्रभावित छन । लगभग ४७ लाख मानिस कोरोनाबाट सङ्क्रमित छन भने ३ लाख बढि मानिसको ज्यान गैसकेको छ । कोरोनाबाट वच्न करोडौं मानिस घरैभित्र नजरबन्द भएर बस्नु परेको छ । चीनबाट शुरु भएको कोरोना महामारी ५ महिना बितिसक्दा पनि नियन्त्रण हुन सकेको छैन । उधोगधन्दा, कलकारखाना, व्यापार व्यवसाय सबै बन्द भएका छन् । भौतिक निर्माणकार्य बन्द छ भने पर्यटन क्षेत्र नराम्ररी प्रभावित हुँदा होटल व्यवसाय ठ्प्प भएको छ । उत्पादन क्षेत्रहरू सबै बन्द छन् । बिश्व अर्थतन्त्र धरासायी हुँदै गएकोले लाखौं लाख युवाहरू बेरोजगार बन्दै छन । आर्थिक सङ्कट र समस्या बढ्दो छ भने लाखौं मानिसले आफ्नो परिवारका सदस्यहरु गुमाएर पीडा, शोकमा डुबेका छन । कोरोनाको कहरले मानिसहरु आर्थिक, मानसिक समस्या को सामना गर्नु परिरहेको छ भने कोरोनाकै कारण नेपालको आर्थिक गतिविधि पनि प्राय शुन्य छ । मजदुरि गरेर खाने तहका मानिसहरूले गाँस बास को समस्या झेल्नुपरेको छ ।
कोरोनाको कहरले बिश्व थिलथिलो भै रहेको यो बेला अवसरको खोजीमा अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, जापान आदि देशमा गैराआवासिय नागरिक भएर बसेका र कामको खोजिमा खाडी मुलुक साथै मलेसिया, दक्षिण कोरिया आदि देशमा आफ्नो श्रम बेचेर घर परिवार चलाएका युवाहरु पनि बिजोग भोगिरहेको समाचार हामप्ले पाइरहेका छौ । सरकारलाई रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र धान्नमा सहयोग पुर्याईरहेको परिपेक्षमा कोरोना सङ्क्रमणको प्रभावले आर्थिक गतिविधि ठप हुँदा लाखौं युवाहरूको रोजगारि खोसिंदैछ । रोजगारदाता कम्पनिहरुले धमाधम कामदार कम्पनीबाट निकाल्दै छन । जस्ले गर्दा काम खोसिएर बिचल्ली भएका लाखौं नेपाली युवाहरू आफ्नै देश फर्कन चाहेको बताइरहेका छन् ।
ती लाखौं युवाहरूलाई रोजगारीको अवसर सृजना गर्न अब सरकारले आफ्नै मौलिक परिवेश, माटो, हावापानी, घाम, सुहाउँदो, उपलब्ध स्थानीय श्रोत साधनको प्रयोग हुने गरि यथार्थपरक योजना, निति तथा कार्यक्रम बनाई यथासक्दो चाडो कार्यन्वयन गरि युवाहरूलाई रोजगारीको अवसर सृजना गर्न र देश र जनता आत्मनिर्भर बनाउन तात्कालिन र दीर्घकालीन योजना बनाई अघि बढ्न अपरीहार्य भएको छ ।
नकारात्मक असरहरु :
अर्थतन्त्रमा नकारात्मक प्रभाव लाखौं लाख युवाहरू वैदेशिक रोजगारीमा गै आफ्नो ज्ञान, सीप र श्रम बेचेर आफ्नो घर परिवार चलाएका थिए भने उनीहरुले पठाएको रेमिट्यान्सले देशको ठूलो हिस्सा अर्थतन्त्र धान्न सहयोग गरिरहेको परिपेक्षमा कोरोनाको महामारीका कारण आर्थिक गतिविधि ठप्प हुँदा उनीहरुको रोजगारी खोसिने क्रम जारी छ । रोजगारी खोसिएका युवाहरू बिचल्ली हुँदै नेपाल फर्कने क्रम जारी छ । रोजगारी खोसिएर स्वदेश फर्किएपछि निस्चय पनि आर्थिक समस्या आइरहेको छ र आउनेछ । अब सरकारले अर्थतन्त्र सुचारु गर्न विविध विकल्पको खोजी गर्नुपर्नेछ भने वैदेशिक रोजगारी गुमाएर फर्किएका लाखौं लाख युवाहरूको लागि नेपालमै रोजगारीको अवसर सृजना गरि ब्यवस्थापन गर्न आजै बाट कदम चाल्न जरुरी छ । जस्ले गर्दा आउने आर्थिक संकट समाधान गर्न सकियोस् ।
बेरोजगार बढ्नेछ । नेपालमा खासै उद्योगधन्दा, कलकारखानाको बिकास हुन सकेको छैन भने भएका उधोगहरु पनि प्राय बन्द हुँदा यहाँ रोजगारीको अवसर छैन । परम्परागत कृषि प्रणाली र सरकारको उदासीनता का कारण कृषि क्षेत्र उधोगमा रुपान्तरण हुनसकेको छैन । खाली जिबिकोपार्जन गर्ने पेसा मात्र भएको अवस्थामा निश्चय पनि वैदेशिक रोजगारीमा गएका युवाहरू आफ्नै मातृभूमि फर्केको अवस्थामा बेरोजगारि बढ्ने हुँदा सरकारले उचित कदम चाल्नुपर्ने देखिन्छ । कृषिलाई आधुनिकरण गरि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्नुका साथै आफ्नो देशमा भएको स्रोत साधनकोे प्रयोग हुनेगरी उधोगधन्दाको विकास गर्न जरुरी छ ।
खाद्यान्न आपूर्तिमा समस्या नेपाल कृषिप्रधान देश हो भन्ने नारा भएपनी खाध्यान्नमा आत्मनिर्भर हुन सकेको छैन । बर्सेनि अर्बौं रुपैयाँको खाध्यान्न छिमेकी देश भारत र चीनबाट आयात गरिरहेका छौं । अहिलेको महामारीले भारत र चिनलाई पनि आक्रान्त बनाएकाले उत्पादन घट्ने भएकोले खाध्यान्न आपूर्तिमा असहजता आउन सक्ने कुरालाई अनुमान गर्न सकिन्छ । त्यसैले यी संकट समाधान गर्न सरकारले परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरि आधुनिक कृषि प्रणाली, यान्त्रिकरण तर्फ रुपान्तरण गर्न ढिला गर्नु हुन्न ।
नेपाल कृषिप्रधान देश भनेर हामीले ०३७–०३८ सालमा स्कुलमा पढेका हौं । त्यो बेला ९४ प्रतिशत मानिस कृषिमा आधारित थिए भन्ने पढीयो । आज ०७६ ०७७ सालमा आउँदा ६३ प्रतिशत मानिस मात्र कृषिमा आधारित छन भन्ने तथ्यांक छ भने भारत र चीनबाट खरबौ रुपैयाँको खाध्यान्न आयात गरिरहेका छौं । दिन दिनै कृषि पेसाबाट किसानहरु बिस्थापित हुँदै गएका छन् । देशको जमिन बांझिदै जानू, किसानहरु बिस्थापित हुदै जानू, खाद्यान्नमा परनिर्भरता बढ्दै जानुका कारण र समस्याको मसिनो अध्ययन गरेर विद्यमान समस्याको समाधानका लागी कृषि क्रान्ति गर्नुपर्छ । कृषिलाई उधोगको रुपमा बिकास गरि रोजगारी को अवसर सृजना गरि लाखौं युवाहरूलाई कृषि पेसामा सङ्लग्न गराउनु पर्दछ ।
अवसरको सृजना :
कृषि औद्योगिकरण नेपालको भुमि र जमीन हावापानी खेतीयोग्य छ । नेपाल भिन्न भिन्न प्रकारको हावापानी र भिन्न भौगोलिक बनावटले बनेको छ । माटो र हावापानी अनुसारको बालिनाली र खेतीपाती लगाई बाँझो खेत वारि, कान्ला, लेकबेसीमा हरितकरण अभियान चलाउनु पर्छ । तराईमा समथर र उर्वरा भूमि छ । त्यहाँ प्रसस्त अन्न फल्छ । त्यसैले तराई लाई अन्नको भण्डार बनाउनु पर्छ । त्यहाँ सुनौलो अन्नको बाला झुलाउनु पर्छ ।
चुरे पहाडमा बन जङ्गलको लागि उपयुक्त माटो छ । नेपालीको चारकोसे झाडी पनि चुरे क्षेत्रमा पर्दछ । त्यसैले चुरे क्षेत्रमा हरियो बन नेपाल को धन, हरियाली बनजङ्गल रोप्नु पर्छ ।
पहाडमा फलफूल जडिबुटी रोपेर देशलाई फलफूल, सागसब्जी, औसधिमा आत्मनिर्भर बनाउन सकिन्छ । पहाडी भेगमा सुन्तला, कागती, चिया कफि राम्रोसँग उब्जनी हुने माटो भएकाले उक्त फलफूलको ब्याबसायिक खेती गर्न सरकारले आवस्यक सहयोग र प्रोत्साहन गर्न जरुरी छ ।
हिमाली भेग हिउँ नै हिउँले ढाकेको छ । हिउँ पर्ने ठाउँमा स्वादिलो र उन्नत जातको स्याउ जोन बनाई, बाटो घाटोको बिकास गरि स्याउ बिदेश निकासी गर्न सकिन्छ । चौंरी पालन गरेर छुर्र्पी बनाई बेच्ने र ब्यबसायिक च्याङ्ग्रा पालन गरेर उन र मासुको उत्पादन गरि त्यहाँका जनताको जीवनस्तर सुधार्न सकिन्छ । देश समृद्ध बनाउन सकिन्छ ।
कृषिमा सरकारी उदासीनताले गर्दा नेपालले खुर्सानी देखि लिएर टमाटर, बन्दा, बेसार र आँप, दाल, चामल, फलफूल आदि आदि खाध्यान्न भारत र चिनबाट ल्याएर खानु परेको छ । हाम्रो जमीन र भूमि, हावापानी नमिल्दो भएकाले हैन, कृषिमैत्री उचित वातावरण र सहज निती नियमको अभावले कृषि क्षेत्र र किसान निरुत्साहित हुँदा परनिर्भरता बढेको अवस्था हो । किसान बिस्थापित हुँदै जानु र खाध्यान्नमा परनिर्भरता झन झन बढ्नुको मुख्य कारण सिचाइको अभाव, मल र बीउ आपूर्तिमा समस्या, कृषि रिणमा झन्झटिलो प्रक्रिया, महँगो ब्याज, प्राबिधिकको अभाव, बिमाङ्गक रकम महँगो र झन्झटिलो प्रक्रिया, तालिमको अभाव, ग्रीनहाउस र कोल्डस्टोरको अभाव, कृषि बजारको ब्यवस्था नहुनू, किसानलाई प्रोत्साहनको अभाव, अध्ययन, अनुसन्धान गर्ने कृषि, कार्यालय, संस्थानको अकर्मण्यता, खेतीयोग्य जमिन टुकीनु, किटनासक औसधि र भिटा प्रयोग गर्ने ज्ञान कमि तथा अवलोकन भ्रमणको कमिले पनि उत्पादनमैत्री बातावरण नबनेको देखिन्छ ।
यी विभिन्न अभावबाट गुज्रेको कृषि पेसालाई सम्मानित पेसा बनाई किसानहरुको जीवनस्तर सुधार गर्न तथा किसान देशको आधारशिला हुन भन्ने तर्फ सरकार र सम्बन्धित निकायको ध्यान जान जरुरी छ । यसैगरी बिदेशबाट फर्केकालाई समेत ब्यबस्थापन हुनेगरी अबिलम्ब कृषि ब्यवशायिकरणमार्फत रोजगारी सुजना गर्नुपर्दछ ।
सरकारले कामकै लागी भनेर निकै धेरै नीति बनाएको छ । गोष्ठि, सेमिनार र टास्कफोर्सको त हिसाबै नगरौ । केहि बर्ष यता कृषिलाइ प्राथमिकताको बिषय भनेपनि दुइ तिहाइ नेपालीको पेशा र ग्रहस्थ उत्पादनमा झण्डै एक तिहाइको योगदान दिने कृषिमा २ प्रतिशत पनि बजेट दिइएको छैन । माटो र हावापानिको सहि पहिचान गर्दै योजना निर्माण देखी बीउ, मल, सिंचाइ, प्रकोप रक्षा, उत्पादन, प्रशोधन, भण्डारण र बजारसम्म ब्यहोर्नुपरेका सबै ब्यबधान छिचोल्न कम्तिमा १५ प्रतिशतमा कृषि बजेटको बृद्धि गरीनुपर्दछ । कार्यान्वयनको अर्को चुनौतीको रुपमा रहेको मानसिकता र प्राबिधिक जनशक्तिको ब्यबस्थापनमा तत्कालै ध्यान दिइनु पर्दछ ।
कार्यान्वयन मुख्य कुरा हो । भाषण, नारा र आश्वासनले मात्र देश बन्दो रहेनछ । आशा गरौ, राष्ट्रको वर्तमान आवश्यकताको कसिमा मुलुकले ‘चिनौ आफ्नो माटो, बनाउ आफ्नो देश’ लाई पक्रनेछ र गति लिनेछ ।
(राई, ललितपुरको गोदावरीमा रहेको आस्था अर्गानिक कृषिफर्मकी संचालक हुन् । )