Sansar News- Nepal's Fast Khabar Online News Portal

यस्तो छ आइतबारको राशिफल,यी राशिकाले स्वास्थ्यमा विशेष ध्यान दिनुहोला

संसार न्यूज़
२ हप्ता पहिले
यस्तो छ आइतबारको राशिफल,यी राशिकाले स्वास्थ्यमा विशेष ध्यान दिनुहोला

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला । अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ । खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ । यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ । फसेको रकम उठाउन काम दोहोर्याउनुपर्ला ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आयआर्जनका विविध स्रोत फेला पर्नेछन् । तर आँटेको काममा अनुमानभन्दा बढी खर्च लाग्नेछ । लाभांश अरूका लागि खर्चनुपर्ला । सरसापटमा धन बाहिरिने देखिन्छ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ । आम्दानी रोकिनाले तत्काललाई कर्जाको रकम लिनुपर्ने हुन सक्छ । पछिका लागि भने विभिन्न अवसर फेला पर्नेछन् ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
बिहान अरूका काममा जुट्नुपरे पनि पछि विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो कामको जग बसाउने मौका छ । तारिफयोग्य काम गर्दै नाम र दाम आर्जन गर्न सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । प्रयत्न गर्दा दिगो योजना प्रारम्भ हुनेछ । व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ । भाग्यले मिहिनेतको प्रतिफल दिलाउनेछ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारमा भने न्यून लाभांश देखा पर्नेछ । आयआर्जनका सामान्य स्रोत फेला पर्नेछन् । तर उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ । खर्चको मात्रा बढ्नेछ । सरसापटमा पनि धन बाहिरिनेछ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि केही संघर्ष गर्नुपर्ने हुन सक्छ ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यावसायिक कामले रमाइलो यात्रा गराउन सक्छ । आतिथ्यपूर्ण सम्मान प्राप्त प्राप्त भए पनि लक्ष्यमा पुग्न समय लाग्नेछ । सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तापनि प्रयत्न गर्दा सहयोगीहरूको साथ प्राप्त हुनेछ । काम पूर्ण नभए पनि आंशिक लाभ उठाउन भने सफल भइनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिस्पर्धामा उत्रनुपरे पनि फाइदा हुनेछ । व्यापारको बहानामा रमाइलो यात्रा हुनेछ । आम्दानी बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनुका साथै अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
अध्ययनमा पछि परिने भयले सताउनेछ । तापनि रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । लगानी गर्नुपरे पनि दिगो काम प्रारम्भ हुनेछ । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। हल्लाको पछि लाग्दा अलमल हुनेछ । तापनि लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ । अध्ययनमा प्रगति हुनेछ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
भौतिक साधन जुट्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ । तर हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा बोल्ने बानीले दुस्ख पाइनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । लगनशीलताले दिगो फाइदा दिलाउन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
हतारको निर्णयले समस्या निम्त्याउन सक्छ । परिस्थिति अप्ठ्यारो देखिए पनि बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला । व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ । आँटेको काममा सफलता पाइनेछ । पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ । आत्मसम्मानका लागि केही समय मौन रहनु बेस होला ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा आत्मसम्मानका लागि मौन रहनुपर्ला । बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ । बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला । भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन् । ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला । बोली व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले फाइदा दिलाउनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बिहानै खर्चिलो समय देखिएकाले बिस्तारै नयाँ काम गर्न शुभ हुनेछ । केही खर्च र दौडधुप गर्नुपरे पनि दिन रमाइलो हुनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ ।

वि.सं. २०७७ जेठ ४ आइतवार (इ.स. २०२० मे १७)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज शनिबार, हेर्नुहोस् कस्तो छ त तपाईको राशिफल ?

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए १ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…