४ बैशाख, काठमाडौँ । इंल्याण्ड क्रिकेट टिमका पुर्वखेलाडी केविन पिटरसनले विराट कोहलीलाई क्रिकेटको सबै भन्दा उत्कृष्ट ब्याट्सम्यान रहेको बताएका छन । इंल्याण्ड क्रिकेट टिमका पुर्वकप्तान समेत रहेको कविन पिटरसनले विराट कोहली अष्ट्रेलियन क्रिकेट टिमका पुर्वकप्तान स्टिवर स्मिथ र भारतीय क्रिकेट टिमका पुर्वखेलाडी सचिन तेन्दुलकर भन्दा पनि उत्कृष्ट रहेको बताएका छन ।
लाइभ च्याटिङ्गका क्रममा जिम्बावेका फास्ट बलरले पम्मीले पिटरसनलाई विराट र सचिनको बिचमा एक खेलाडीलाई छनोट गर्नको लागि भनेका थिए । पिटरसनलने पम्मीको उत्तर दिदैँ विराट कोहली सचिन भन्दा पनि उत्कृष्ट ब्याट्सम्यान रहेको बताए । सचिनले विश्व क्रिकेट बनाएका धेरै रेर्कडहरु विराट कोहलीले तोड्ने छन भनेर केविन पटिरसनले भनेका छन ।
“एकदिवसीय क्रिकेटमा त अष्ट्रेलियन खेलाडी स्टिवन स्मिथ विराट कोहलीको आस पास पनि छैनन् । एकदिवसीय क्रिकेटमा विराट कोहली सबै भन्दा उत्कृष्ट ब्याट्सम्यान हुन” केविन पिटरसन ।
केविन पिटरसनले इंल्याण्डका लागि २७७ अन्तराष्ट्रिय खेल खेल्दैँ १३७९७ रन बनाएका थिए । यस क्रममा उनले ३२ सतक र ६७ अर्धसतक समेत बनाएका थिए ।