५ जेठ, काठमाडौँ । पाकिस्तान क्रिकेट टिम र इंल्याण्ड क्रिकेट टिम बिच जुलाई देखि टेस्ट र एकदिवसीय श्रृखला हुन गईरहेको । इंल्याण्ड एण्ड वेल्स क्रिकेट र्बोड (ईसीबी) ले पनि इंल्याण्डका खेलाडीहरुलाई बुधबारबाट प्रशिक्षण गर्नको लागि अनुमति दिएको छ ।
त्यसैगरि पाकिस्तान क्रिकेट र्बोडले पनि आफ्नो टिमलाई इंल्याण्ड भ्रमणको लागि अनुमति दिएको छ । यस श्रृखलाका लागि पाकिस्तान क्रिकेट टिमबाट २५ खेलाडीले इंल्याण्ड जाने छन ।
पाकिस्तान क्रिकेट र्बोडले आफ्ना खेलाडीहरुलाई चाटर्ड प्लेनमा इंल्याण्ड पठाउने बताएको छ । इंल्याण्डमै पाकिस्तानी खेलाडीहरुको कोरोना परिक्षण हुने बताइएको छ । कोरोना परिक्षण पछि पाकिस्तान क्रिकेट टिमका खेलाडीलाई १४ दिनको लागि क्वारेन्टाइनमा राखिने छ । इंल्याण्ड भ्रमणका क्रममा पाकिस्तान क्रिकेट टिमका मेडिकल स्टाफसँगै रहने छन ।
श्रृखलामा पाकिस्तान क्रिकेट टिम र इंल्याण्ड क्रिकेट टिम बिच ३ टेस्ट र ३ एकदिवसीय खेल हुनेछ ।