Sansar News- Nepal's Fast Khabar Online News Portal

साबधान ! मोबाइलबाट पनि कोरोना भाइरस सर्न सक्छ

संसार न्यूज़
२ हप्ता पहिले
साबधान ! मोबाइलबाट पनि कोरोना भाइरस सर्न सक्छ

विश्व स्वास्थ्य संगठन( WHO) द्वारा कोरोना भाइरसको संक्रमणलाई महामारी घोषणा गरेको छ। संसारभरका मानिसहरूलाई संक्रमणबाट बच्नको लागि ‘सामाजिक दूरी’  को सल्लाह दिएको छ । हातको सफाई लाई प्रमुख मानिएको छ। तर अहिले हातको सरसफाई मात्र नभई बारम्बार छुनु पर्ने सतहहरु पनि उत्तिकै सफा राख्नु सबै जनाको लागि महत्त्वपूर्ण भएको छ। त्यस्तै बारम्बार छुनु पर्ने सतहहरू मध्य आफूले प्रयोग गर्ने फोन पनि एक हो।

यदि तपाईको फोनको सतहमा केही कीटाणुहरु छन् र तपाईले कल उठाउदा फोनलाई कानमा राख्नु हुन्छ भने, ती कीटाणुहरू सजिलै तपाईको छालामा सर्न सक्छन । त्यस्तै तपाईले आफ्नो किटाणु भएको फोन घरमा लिएर जानु भएको छ भने तपाईको परिवारलाई पनि संक्रमण सर्न सक्छ किनकी कोरोना भाइरस सतह वा बस्तुमा धेरै घण्टासम्म जीवित रहन सक्छ।

एक संक्रमित व्यक्तिले छोएको वा प्रयोग गरेको फोनहरु कोरोना भाइरस सर्ने प्रमुख मार्ग पनि हुन सक्छ। तपाईको घर परिवारमा तपाईलाई थाहा नभएर नै रोग सर्न सक्छ। त्यसैले तपाईले हातको सरसफाई गरे जस्तै तपाईका फोनहरू र अन्य ग्याजेटहरूलाई सुरक्षित र जीवाणु मुक्त गर्नु पर्छ।

मोबाइल जीवाणुरहित गर्ने तरिका :
१) तपाईंको उपकरण वा फोन अनप्लग गर्नुहोस् वा चार्ज मा छ भने त्यसलाई हटाउनु होस्।
२) सफा सुरक्षित Disinfecting  वाइप अथवा Clorox wipe को प्रयोग गर्नुहोस्।
३) टिसु पेपरको प्रयोग नगर्नुहोस् जसले माइक्रो स्क्र्याचहरू छोडिदिन सक्छ।
४) तपाईको फोन सफा वा जीवाणुरहित गर्नको लागि ७० % आइऐसोप्रोपयल अल्कोहल चाहिन्छ।
५) ७०% भन्दा कम प्रयोग गर्दा प्रभाबकारी रुपमा कीटाणुहरू मार्न सकिदैन ।
६)  यो भन्दा माथि अथवा ९०%  सम्मको आइऐसोप्रोपयल अल्कोहल (Isopropyl Alcohol) पनि प्रयोग गर्नु हुदैन
जसले तपाईको फोन लाई क्षति पुर्याउन सक्छ।
७) सावधान रहनुहोस् तपाईंले फोनको ज्याक, स्पिकरमा वाइप गर्दा ओसिलो नराख्नु होस् तर डिस्प्ले र पछाडीको
भागमा वाइप गर्न सक्नु हुन्छ ।
८) Aerosol or Bleach ले स्प्रे नगर्नु होस्।
९) यदि तपाईको फोन वाटर Proof  छ भने पनि बगिरहेको पानीको धारामा धुनु हुदैन किनकी भाइरस पानीमा
३० मिनेट सम्म बाच्न सक्छ।
१०) कडा घर्षण भएको टिश्यु पेपर, टावेल, प्रयोग नगर्नुहोस्। नरम कपडा(Microfiber Cloths)  प्रयोग गर्नु होस्।
११) Compressed Air  मा पनि फोनलाई सुकाउनु हुदैन जसले माइक जस्ता फोनको नाजुक अंशहरू बिगार्न सक्छ।
१२) कुनै पनि प्रकारको सर(सफाई गर्ने झोलमा तपाई को फोनलाई नडुबाउनु होस्।
१३)  मोबाइल सफा गर्नको लागि मोबाइल सेनिटाइजरहरु पनि बजारमा पाउन सकिन्छ जस्तै : Mobiwash, Rnaux Cleaning Kit

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए १ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…