६ जेठ काठमाडौं । गत शुक्रबार सरकारले राष्ट्रपति मार्फत संसदमा प्रस्तुत गरेको आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शुक्रबार संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा आईतबार र सोमबार छलफल भएको थियो । मंगलबार छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रमलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो ।
नीति तथा कार्यक्रम बिरुद्ध दर्ता भएका पांचवटा संशोधन प्रस्तावका प्रस्तोताले प्रस्ताब फिर्ता नलिए पछि नीति तथा कार्यक्रम संसदमा तत्काल कायम रहेको बहुमतले परित गरेको थियो ।