८ जेठ, काठमाडौँ । रसियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्ममा रसियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ८ हजार ७ सय ५ पुगेको छ भने संक्रमणबाट २ हजार ९ सय ७२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै रसियामा ८ हजार ७ सय ६४ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ सय ३५ जनाको मृत्यु भएको छ ।
अमेरीका पछि रसियामा सबै भन्दा धेरै कोरोना संक्रमितहरु भेटिएका छन ।