Sansar News- Nepal's Fast Khabar Online News Portal

विदेशमा तड्पीएर मर्न त भएन नी- लक्ष्मण पन्त

संसार न्यूज़
१ हप्ता पहिले
विदेशमा तड्पीएर मर्न त भएन नी- लक्ष्मण पन्त

कोरोनालाई नै खेती बनाएर ‘कोरोना खेती’ मा रम्ने अवस्था होइन यो । नेपालमा भएका हामी त नेपाली माटोमा छौँ । विदेशमा भएका नेपालीहरुको अतासिएको मनलाई सम्बोधन गर्न नसक्दा मलाइ पीडा अनुभूत भैरहेको छ । तथापी सरकारले यो समस्या छिट्टै हल गर्छ भन्नेमा आशावादी पनि हुनै परेको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य तथा प्रवास समन्वय कमिटीका सह इन्चार्ज लक्षमण पन्तले विदेशमा लड्पिएर मर्नु पर्यो भने के हुन्छ भन्दै संवेदनशिल प्रश्न गरेका छन् । लामो समयसम्म भारत प्रवासमा राजनीति गरेका पन्तले पछिल्ला दिनहरुमा प्रवासी नेपालीका पीडा सम्प्रेषण गर्दै हार गुहार गरिरहेका छन् । प्रस्तुत छ उनीसँगको टेलिफोन संवाद :

विदेशमा रहेका नेपाली फर्काउने प्रयास कहां पुगेको छ ?
हामीले समस्या शुरु हुँदासाथ पार्टी भित्र र सरकारका जिम्मेवार व्यक्तिहरुलाई पनि आइसकेका समस्या र आइपर्ने समस्याका बारेमा जानकारी गराएर अनुरोध गरेका हौँ । सयौँ र हजारौँ किलोमिटर हिंड्ने स्थिति पार्नु हुँदैन भनिएको हो । अहिले पछिल्लो दिनमा नेपालीका पीडा, पुकारा र आर्तनादहरु मेडियामा छरपस्ट आएपछि सरकारले अलिक बढी चासो देखाएको हो । हामीले अलपत्र नेपालीलाई फर्काउने उपायहरु पनि बताएका हौँ । सरकार अहिले गम्भिर गृहकार्यमा रहेको बताएको छ ।

विदेशबाट फर्केकाहरुबाटै बढी कोरोना सल्केको र व्यवस्थापन गर्न गाह्रो भएको भन्ने सोंच पनि बलियो छ त यहाँ ?
निश्चित रुपमा त्यो सत्य हो । त्यहि प्रतिगामी सोंचले नै निकास निकाल्न दिएको छैन । सबैलाई लाजमर्दो बनाएको छ । घरका परिवारको हातमुख जोर्नका लागि अर्काको देशमा काम गर्न जाँदा हात खुट्टा भाँचिएर अशत्तैm अवस्थामा भएपनि र महामारी वा सरुवा रोगले थलिएपनि घरको मूलीले जोरजाम गरेर भएपनि उसलाई ल्याएर खोपीमा भनेपनि राख्न सक्नु पर्दछ । उसको रगत पसिना लिने तर परिवारका सदस्य अप्ठ्यारोमा पर्दा ‘जहाँ छौँ, त्यसैगरी बस’ भनेर गैर जिम्मेवार जवाफ दिन मिल्दैन भन्ने कुरो मैले राख्दै आएको छु । विदेश वा भारत प्रवास, जहाँ रहेपनि कमाउन गएका हाम्रा सदस्यहरु समस्या नपरीकन फर्कन खोजेका होइनन् । कम्पनी र मालिकहरुले कामबाट निकालेपछि र स्थानीय घरधनीहरुले यातना दिन थालेपछि नै उनीहरु आफ्नो जन्मभूमि फर्कने मनस्थिति बनाएका हुन् । सयौँ किलोमिटर हिंडेर सीमानामा आइपुग्दा नदिमा हामफाल्ने स्थिति बनाइनु हुँदैनथ्यो । अहिले फेरि यहाँ कोरोना सल्केको दोष प्रवासबाट आएकालाई भनिँदैछ ।

राज्यले व्यवस्थति रुपमा परीक्षण गरेर ल्यायेको भए सर्ने थिएन । लुकीछिपि आउन बाध्य भए त्यसैले त्यस्को दोषी प्रवासी नेपाली हैन राज्य हो ।
४५ लाखको हल्ला गरेर ‘नदिने वराजुुले बुधबार वार्छिन’ जस्तो संसय पैदा गराइएको छ । राज्य चलाउँछु भन्नेले नागरिक व्यवस्थापन गर्ने आँट देखाउनुपर्दछ । फेरि यहाँ हल्ला गरेजस्तो ४०/४५ लाख नै आइहाल्न्ने पनि होइन । हुइयाँ कुरो सुनेर गलत काम गर्ने हुँदैन ।

तपाईको विचारमा उपायहरु के छन् ?
पहिलो मानसिकता र दोस्रो व्यवस्थापन हो । मानसिकता पूर्ण सकरात्मक हुनुपर्दछ, त्यसो भयो भने मात्र व्यवस्थापन सहज छ । अहिले जोखिममा परेका, अलपत्र परेका, आउन तयारी गरेका र देश फर्कने सोंच बनाएका आफ्ना नागरिकको तथ्यांक संकलन गर्न सकिन्छ । अहिले जोखिमबाट तत्काल उद्धार गर्नुपर्ने नागरिकको संख्या १ लाख पनि छैन् । भारतबाट ५० हजार र अरु सबै देशबाट ५० हजार गरी १ लाख लाई ल्याएर ७५३ मा सहज व्यवस्थापन गर्न सकिन्छ । बाहिरका ५० हजारलाइ प्लेन चार्टड गरेर र भारतबाट रेल तथा बस रिर्जब गरेर ल्याउन सकिन्छ भनिरहेको पनि हो । सरकारले गरौँ भनेर भनोस् त, तुरुन्तै सकिन्छ । मलाई लाग्छ यो काम सरकारले तत्काल गर्छ र गर्नैपर्दछ । जोखिम, विपत्ति वा अलपत्रमा परेको पहिलो समूह पछि फर्कने तयारी गरेका अरु नेपालीलाई केही महिना भित्र क्रमश ल्याउने योजना पनि गर्न सकिन्छ ।

विदेशमा पछिल्लो स्थिति के पाउनु भएको छ ?
यो महामारी सबै देशमा छ । तर मर्नै पर्छ भने पनि आफ्नो माटोमा गएर मर्छु भनेर आक्रोश मिश्रित अनुरोध बढेका छन् । कतिपय देशमा नाराबाजी बढेका छन् । सरकार र अभिभावक प्रति निराशा बढ्न थालेका छन् । सरकारले ढिलै भएपनि केही सुरु त गरेको छ तर गति पुगेको छैन । रोगले भन्दा भोकले मर्ने स्थिति बढीरहेको छ ।

भारतमा अस्थायी र असंगठित क्षेत्रमा रोजगारीमा रहेका दसौंहजार नेपालीका लागि त्यहाँका सडकपेटीहरु आश्रयस्थल बनेका छन् । उनीहरु अभूतपूर्व मानवीय संकटका शिकार भएका छन् । विदेशी भूमिमा यस्तो दुर्दशा भोग्नु पर्नाको कारण नेपालको सरकारले आफ्ना नागरिकप्रति देखाएको तमाशा, लापरवाही मात्र होईन यो अपराध पनि हो ।

भारतसँगको सम्बन्ध चिसीँदा त्यहाँ रहेका नेपालीमा कस्तो असर परेको होला ?
हामीले नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाहरु उत्तेजित भएका छन् । नचाहिँदो रुपमा चीनसँग जोडेर प्रचार गरिएको छ । अभिनेतृ मनिषा कोइरालाको सुझबुझपूर्ण अडानलाई समेत अन्यथा ढंगले प्रचार गरिएको छ । भारत र नेपालको सैन्य तुलना गरेर नचाहिँदो मनोविज्ञान सम्प्रेषण गरिएको छ । यी सबै घटनाक्रमले भारतमा रहेका नेपालीका मनोविज्ञानमा थप नकरात्मक असर पुगेको छ । नेपालमा रहेका भारतीयहरुलाई नेपालले कहिल्यै होलोंहोचो र अपहेलना गरेको छैन त्यसकारण पनि श्रमिकको रुपमा रहेका नेपालीमाथि गैरमानवीय काम होला भन्ने त लाग्दैन । तर सतर्कताका साथ पहलकदमी बढाएर सुरक्षित गर्दै फिर्ता ल्याउने तर्फ सोचनुपर्दछ ।

पछिल्लो व्यक्तिगत अनुभूति कस्तो छ यहाँको ?
लकडाउनले सबैलाई असहज र एकप्रकारले चौपट बनाएको छ । कोरोना महामारी फैलन नदिन यो उपाय प्रमुख त हो तर हामीले तयारी कम गरेको र व्यवस्थापन राम्रो सँग गर्न नसकेको हो नै । ३ करोड नेपालीहरु मध्ये बाँकी २, ९९,९९७ ले त जीवन र जीवीका चलाउनु प¥यो नी । कोरोनालाई नै खेती बनाएर ‘कोरोना खेती’ मा रम्ने अवस्था होइन यो । नेपालमा भएका हामी त नेपाली माटोमा छौँ । विदेशमा भएका नेपालीहरुको अतासिएको मनलाई सम्बोधन गर्न नसक्दा मलाइ पीडा अनुभूत भैरहेको छ । तथापी सरकारले यो समस्या छिट्टै हल गर्छ भन्नेमा आशावादी पनि हुनै परेको छ ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए १ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…