८ जेठ, काठमाडौं । संसदको अर्थ समितिले सरकारलाई १७ खर्वको वजेट ल्याउन सुझाब दिएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को सन्दर्भमा समितिले सरकारी क्षेत्र तथा निकाय, निजी क्षेत्र, संचार क्षेत्र, सहकारी क्षेत्र, बैकिङ्ग क्षेत्र, नेपाल चार्टर एकाउण्टेण्ट्स तथा अर्थविज्ञ सहित ७ वटा सरोकारवाला पक्षहरुसंग गरिएको छलफलबाट सो निश्कर्ष निकालिएको प्रतिवेदनामा जनाइृएको छ ।
समितिले दिएको निश्कर्ष र सुझाबमा प्राथमिकताका क्षेत्र, स्वास्थ्य क्षेत्र, कृषि तथा वन पैदावार, उद्योग वाणिज्य तथा आपूर्ती, रोजगारी श्रृजना तथा श्रम व्यवस्थापन, पूर्वाधार विकास तथा निर्माण, सहकारी, राहात तथा आर्थिक पुनरुथान, योजना आयोजना र बजेट व्यवस्थापन, वजेटको स्वरुप र श्रोत व्यवस्थापन, राजश्व बाँडफाँड र वित्त व्यवस्थापन तथा अन्य गरि १३ बुँदे राय तथा सूझाब दिएको छ ।
समितिले दिएको सुझाब अनुसार आगामी आर्थिक वर्षको वजेटको आकार चालु आ.ब.को अनुमानित कूल ग्राहस्थ उत्पादनको ४५ प्रतिशतको हाराहारीसम्म हुने छ । जसमा राजश्व परिचालन १० खर्बको हुने छ । वैदेशिक अनुदान र सहयोग १ खर्बको हुनेछ । आन्तरीक ऋण कूल ग्राहस्थ उत्पादनको ६ प्रतिशतसम्म परिचालन गर्ने, र वैदेशिक ऋण सहित गरि कूल १७ खर्बको बनाउन सकिने सुझाब दिएको छ ।
हेर्नुहोस समितिको सूझाब