Sansar News- Nepal's Fast Khabar Online News Portal

अतिक्रमित नेपाली भू-भाग फिर्ता लिएरै छाड्ने निर्णयको प्रवासी नेपाली एकता मन्च जापानद्धारा स्वागत

संसार न्यूज़
५ दिन पहिले
अतिक्रमित नेपाली भू-भाग फिर्ता लिएरै छाड्ने निर्णयको प्रवासी नेपाली एकता मन्च जापानद्धारा स्वागत

९ जेठ, जापान । भारतद्धारा अतिक्रमित भूमि लिएर छाड्ने सरकारको निर्णयको प्रवासी नेपाली एकता मन्च जापानले स्वागत गरेको छ ।

नेपाल सरकारले छिमेकी मुलुक भारतद्धारा अतिक्रमित भूभागहरु समेटिएको नक्शा सार्बजनिक गर्दै गुमेका ती भू-भागहरु कुटनैतिक माध्यमद्धारा लिएरै छाड्ने गरेको प्रतिबद्धताको मन्चले स्वागत गरेको हो ।

‘लिम्पयाधुरा, लिपुलेक र कालापानी लगायतका नेपालका अतिक्रमित भूमिलाई समेटेको नक्शा जारी गर्ने र उक्त भूभाग फिर्ता लिएरै छाड्ने स्वागतयोग्य निर्णयका लागि सिंगो नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकारलाई धन्यवाद दिन चाहान्छौं,’ मंन्चद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियताजस्तो संवेदनशील विषयमा नेपाल सरकारले गरेको निर्णयलाई बुद्धिमतापूर्ण ढंगले कार्यान्वयनको तहमा उर्तान देशका सबै राजनैतिक दल, सामाजिक संघसंस्था, राष्ट्रसेवक, निजी क्षेत्र, आमनागरिक एकढिक्का भई चट्टानी अडानका साथ अगाडि बढ्नुको बिकल्प छैन ।

मन्चले भारत नेपालको असल छिमेकी राष्ट्र हो भने नेपाल पनि उसको असल छिमेकी राष्ट्र रहेको र नेपालले छिमेकीको अहित हुने र सार्वभौमसत्तामा आँच आउने कुनैपनि क्रियाकलाप बारे सोच्न पनि नसक्ने बताउँदै मन्चका अध्यक्ष हवलचन्द्र लामा र सचिव शालिकराम भण्डारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘ यसैगरी भारतबाट पनि नेपालले सोहि बमोजिमको अपेक्षा गरेको हो । दुईदेशबीच रहिआएको सदियौंदेखिको असल सम्बन्धलाई थप उचाईमा पुर्याउन सुझवुझपूर्ण कुटनैतिक पहलद्धारा विद्यमान सीमा विवाद र अतिक्रमित भूमि सम्बन्धी समस्या हल गर्न नेपाल सरकारलाई सफलता मिलोस् भन्ने शुभकामना दिन्छौं ।’

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…