back

हेर्नुहोस् यस्तो छ तपाईको आज (शनिबार) को राशिफल, क-कसलाई छ त आज लाभ ?

वि.सं.२०७७ जेठ १० शनिवार

147 

shares
NTC AD
Global IME AD

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ । मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ । अध्ययनमा त्यति समय दिन नसकिएला । ईर्ष्या गर्नेहरूले पनि बिनाकारण सताउन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । परिस्थितिले स्वतन्त्रतामा बाधा पुर्याउनेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । विगतका कमीकमजोरीमा सुधार आउनेछ । प्रयत्न गरेको काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला । कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतले आम्दानी बढाउनेछ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । दिगो काम थालनी हुन सक्छ । पढाइमा पनि प्रगति हुनेछ । सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तापनि, विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ । लगनशीलताले उपलब्धि हातलागी हुनेछ । काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ । सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
छोटो समयमा फाइदा उठाउन सकिनेछ । अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ । तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउनेछ । सुझबुझका साथ काम लिन नसक्दा पछि परिएला । शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ । पहिलेका कामबाट फाइदा भइरहनेछ । व्यापारमा पनि सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला ।

धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । नयाँ योजना शुभारम्भ गर्ने समय छ । बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ । शत्रुता साध्नेहरू स्वयं कमजोर हुनाले फाइदा हुनेछ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुन सक्छ । पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ । व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिने छ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने मिहिनेतले कार्य सम्पादन हुनेछ ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ । अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाइनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ । साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन् । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । परिश्रमअनुसार राम्रो परिणाम प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ ।

वि.सं. २०७७ जेठ १० शनिवार इ.स. २०२० मे २३
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज शुक्रबार, यस्तो छ तपाईको राशिफल, आज क-कसलाई छ त शुभ ?

वि.सं.२०७७ जेठ १० शनिवार ०७:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
ढोर र छाब्दी बाराहीकी कान्छी बहिनी भुलभुला पर्यटकको घुइचो

ढोर र छाब्दी बाराहीकी कान्छी बहिनी भुलभुला पर्यटकको घुइचो

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर...