Sansar News- Nepal's Fast Khabar Online News Portal

सम्माननीय प्रधानमन्त्रीज्यू ! बिलम्ब नगरी भारतीय प्रमसँग बार्ता गर्नुहोस्

संसार न्यूज़
४ महिना पहिले
सम्माननीय प्रधानमन्त्रीज्यू ! बिलम्ब नगरी भारतीय प्रमसँग बार्ता गर्नुहोस्

सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार !
सर्बप्रथम हजुरको दिर्घायूको कामना गर्दछु ।

पछिल्लो सीमा बिबाद सर्र्बिबदित नै छ । जुन साहस र आँटका साथ तपाईंको नेतृत्वको मन्त्रीमण्डलले गुमेका भू-भाग समेटी नक्सा सार्वजनिक गर्याे उक्त कदमका लागि एक नागरिकको हैसियतले सलाम गर्न चाहन्छु । नागरिकको खुशी कुन हदसम्म बढेको छ भन्ने कुरा संजाल र छापामा छरपष्ट देख्नुभएकै होला ।

यदी कोरोना कहरले देश लक डाउनमा नहुँदो हो त सडकमा जुलुसले हजुरको जय जयकार गरिसकेको हुन्थ्यो जुनदृश्य हजुरले बालुवाटारमै बसेर आरामले हेर्न पाउनु हुन्थ्यो ।

नागरिकहरु भूमी फिर्ता ल्याउने सवालमा तपाईंको नेतृत्वमा जुनसुकै खालको जोखिम मोल्न पनि तयार छन् भन्ने सम्मको मनोभाब यहाँ जत्तिको अनुभबी नेतालाई नहुने कुरै भएन ।
वीर गाथाले भरिएको हाम्रो युद्ध ईतिहासमा कहिल्यै नहारेको गौरबले छाती चौडा हुन्छ । यस्तो लाग्छ हामी हार्न जानेकै छैनौ ।

सम्माननीय प्रधानमन्त्रीज्यू ,
यो हाम्रो बिगत हो ईतिहास हो । खासगरि ईतिहासबाट दुइटा कुरा मिल्छ एउटा गौरब या ग्लानी र अर्को शिक्षा । पुस्तौ पुस्तासम्म पुग्नेगरी गौरब हाम्रा पुर्खाले हामीलाई दिएर गएका छन । तपाईंको पुस्ता मेरो पुस्ता मात्र होइन हामी पछी आउने कैयौं पुस्ताले पनि गर्ब गर्न मिल्ने सायद कहिल्यै नतुरिने गौरबको भण्डार हामी सँग छ । ईतिहास नै गौरवशाली भएपछी ग्लानी गर्नै परेन । अब कुरा गरौ शिक्षाको ! हरेक सफलतामा पनि कमजोरिका धर्शाहरु नदेखिने गरी निकै सानो आकारमै भएपनि कोरिएका हुन्छन् । सफलताको उन्माद्मा हामी ति धर्शाहरुलाई नजर अन्दाज गर्छौ या बिर्सन्छौ । तिनै साना ऐंजेरुहरु बिस्तारै झागिन्छन् र हामीलाई नै घेर्छन् ।

हामी भन्दा कमजोरले युद्धबाट पाठ सिकेर बाटो फेरेर बिकासको मार्ग कोरे तर हामीलाई ईतिहासको गौरवले यसरी थिचिरहेछ कि हामी अझैसम्म सम्हालिएर उभिनै सकेका छैनौ । हामीले बैकल्पिक बाटो नै देखेनौं ।

सम्माननीय प्रधानमन्त्री ज्यू !
यहाँलाई भलिभाती थाहा छ हिन्दूस्तानसँग हामीले केहीगरी युद्ध गर्नुपयाऐ भने हाम्रो हैसियत उसका सामु एकछिन पनि टिक्दैन । र यहाँलाई यो पनि थाहा छ युद्ध कुनै पनि हालतमा हुँदैन ! अब यो बाहादुरी देखाउने युग होइन । एकचोटि सोच्नु होस् त, ल युद्ध नै गर्नुपर्ने भयो भने हाम्रा सेनासँग भिड्न उतबाट हाम्रै दाजुभाइलाई खटाइने छ ।
लाखौं दाजुभाइ भारतीय सेनामा छन् र तिनै हुन कार्गिल कश्मिरमा लड्ने र मारिने सम्भबत् भोली कालापानीमा पनि तिनै खटिने छन् ।
अरबको खाडीदेखी यूरोप–अमेरिकासम्म तपाईंकै नौ जवान युवाहरु बिना हतियार दैनिकिसँग लडिरहेका छन् । यो हाम्रो गौरबको होइन लज्जा को बिषय हो ।
भोलिको ईतिहासमा यो गौरबको बिषय अवश्य पनि बन्ने छैन । जबसम्म देश आत्मनिर्भर हुँदैन हाम्रो भाबी ईतिहास स्वर्ण अछरमा लेखिदैन ।

सम्माननीय प्रधानमन्त्रीज्यू !
सीमा बिबादमा हामी जति अल्झिन्छौं, उति हामीलाई खती हुने छ । हाम्रो सैन्य शक्ति र शाहसले यो युद्ध जितिदैन तसर्थ बिलम्ब नगरी भारतीय प्रमसँग बार्ता गर्नुहोस् ! तपाईं एउटा सार्भभौम देशको प्रधानमन्त्री हो । तपाईंलाई पूरा पूरा अधिकार छ सिधा मोदिसँग फोन गरेर आफ्नो अडान राख्ने !
बार्ताबाट समाधान भएन भने अन्तरराष्ट्रिय करण गर्नुहोस् । यो सिमा बिबाद तपाईं लगायत केहीलाई राष्ट्रबादी देखाउन र फेरी सत्ताको लागि लिस्नो साबित नहोस् !

सम्माननीय प्रधानमन्त्रीज्यू !
कोरोना पनि एउटा युद्ध नै हो ! धेरै शक्तिशाली देशले कोरोना युद्ध हारेका छन् या आशा अनुसार कौशल प्रदर्शन गर्न सकेका छैनन् । हामीले यो युद्ध जसरी पनि जित्नु छ । तर एक सेनापतिका हिसाबले तपाईंले गरेको तयारी युद्ध जित्ने खालको देखिदैन र तपाईंका मातहतका कमान्डरले यो संगीन युद्धमा पिठ फर्काएका छन् ।

युद्ध सामाग्रीकै घोटला गरेर गम्भिर युद्ध अपराध गरिरहेका छन् । सक्नुहुन्छ भने तपाईंका विश्वासिला कमन्डार फेर्नुहोस् । नयाँ र इमन्दार सेना भए मात्र युद्ध जितिन्छ । एकदिन कोरोनाको अन्त्य हुने छ । कोरोनापछी नयाँ ईतिहास लेखिने छ त्यो ईतिहासमा कोरोना युद्द जित्नेहरुको महिमा गाथा र हार्ने हरुको दुःखद अन्त्य लेखिने छ ।

हामी चाहान्छौ सदा झै हाम्रो स्वभिमानी गाथा फेरि कोरियोस् ।
ईतिहासमा हाम्रा सेनापतिको नाम सुनौलो अक्षरमा कहिल्यै न मेटिने गरी कैद होस् र भाबी पुस्ताले भन्न सकोस् ।
के पि ओली कि जय !

 

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…