back

कर्णालीको मुगुमा कोरोना विमा

वि.सं.२०७७ जेठ १० शनिवार

180 

shares
NTC AD
Global IME AD

१० जेठ, मुगु । निर्जिवन विमा कम्पनी शिखर ईन्स्यूरेन्स कम्पनी लिमिटेडले हिमाली जिल्ला मुगुमा पहिलोपटक कोरोना विमा प्रारम्भ गरेको छ ।

शिखरले कोरोना भाईरस लागेपछि उपचारका निम्ति खर्चको समस्या नहोस् भनेर शुरु गरेको विमाबाट जिल्ला मै पहिलो छायाँनाथ बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुको कोरोना विमा गर्न शुरु गरेको हो ।

पहिलो चरणमा सहकारी फिल्डमा खटिने ५२ जना कर्मचारी, संचालक समिती र उपसमितीका पदाधिकारीहरुको विमा गरेर सहकारीले कोरोना विमा गर्न शुरु गरेको हो ।

सुरक्षाका उपाय अपनाउदै गाँउगाँउमा खटिने कर्मचारीहरुमा कहिकतै कोरोना संक्रमण भैहाले उपचारका लागि सहकारी र स्वयम् कर्मचारीले व्यभार व्यहोर्न नपारोस् र कर्मचारीहरु सुरक्षित र आत्मबलका साथ कार्यक्षेत्रमा खटिउन भनेर सहकारीले कर्मचारीहरुको कोरोना विमा गरिदिएको सहकारीका अध्यक्ष भुपेन्द्र बहादुर मल्लले बताए ।

छायाँनाथ सहकारीले कर्मचारी, संचालक समिती र उपसमितीका पदाधिकारीहरुको मात्र नभएर आफना ८ हजार सदस्यहरुको कोरोना विमा गराउने भएको छ । सस्थाका कोषाध्यक्ष हरि बहादुर शाही यतिधेरै सदस्यहरुको एकैचोटी कोरोना विमा गराउने भएकाले विमा कम्पनीसंग केहि सहुलियतका कुरो भै रहेका छन् यदि कम्पनी सहमत भएमा प्रति सदस्यको विमामा ५० प्रतिशत सहकारी र ५० प्रतिशत सदस्यले व्यहोर्ने गरि सदस्यहरुको कोरोना विमागर्न शुरु गर्ने बताउँछन् ।

बन्दाबन्दीको बेला सदस्यहरुको आम्दानी नहुने भएकाले यदी कोहि सदस्यलाई कोरोना संक्रमण भैहाले सबै आर्थिक भार उसले व्यहोर्न नसक्ने भएकाले सदस्यमुखि दायित्वका हिसाबले सहकारीले कोरोना विमामा ५० प्रतिशत दायित्व बहन गर्न लागेको पनि कोषाध्यक्ष शाहीले बताउँछन् ।

‘सदस्य बाँचे पो सहकारी, सदस्य नै नरहे कस्को लागि सहकारी, त्यसैले यो माहामारीको बेला सदस्यमुखि सेवामा जोड दिएका छौ, सदस्यलाई राहतका सहयोग पुगोस् भनेर जिल्लामा रहेका सबै स्थानिय सरकारहरुलाई प्रतिपालिका ५० हजारका दरले आर्थिक सहयोग गरेको र यो बेला समस्यामा परेका सदस्यलाई राहतदिन सहकारीमा समस्यामा परेका सदस्यलाई सम्पर्क गर्न भनेका गरेका छौ, सिमित कर्जा, भुक्तानी दिन शुरु गरेको सहकारीले बताएको छ ।

जिल्लामा रहेका ३०० बढि विभिन्न विषयगत सहकारीमध्ये आफना सदस्यहरुको कोरोना विमा गर्ने पहिलो वित्तिय सस्था छायाँनाथ बचत तथा ऋण सहकारी सस्था भएको शिखर ईन्स्युरेन्स मुगु शाखाले जनाएको छ ।

सहकारीले कोरोना विमागर्ने भएपछि सहकारीका सदस्यहरु खुशि भएका छन् । ‘यो रोग लागेमा मरिने भयो खर्चपर्च कसरी जुटाउने होला सोचेका थियौ, सहकारीले सबै सदस्यहरुको कोरोना विमा गर्ने निर्णय गरेकोमा खुशी भएका छौ । सहकारी हाम्रो अविभावक रहेछ दुःख सुखमा साथदिने सुरक्षागर्दा गदै कोरोना लागेपनि अब चिन्ता छैन,’ सहकारीका सदस्य प्यातु बुढा भन्छन्,‘सहकारीको सदस्य भए देखि विभिन्न सुविधा लिएका छौ सानो रकमखोज्न गाँउमा साहु कहाँ हात थाप्नु परेको छैन ।

सहुलियतमा कर्जा पाएका छौ । बचतमा राम्रो व्याज पाएका छौ । सरसफाई सामग्री बर्षेनी पाएका छौ हुँदा हुदाँ अहिले महामारीमा ५० प्रतिशत छुटमा कोरोना विमा पाएका छौ ।’

सहकारीका लेखा समितीका संयोजक विनोद कुमार मल्ल छायाँनाथ मात्र नभएर जिल्लामा रहेका अन्य वित्तिय तथा अन्य संघ सस्थाहरुले यो महामारीको जोखिम बाँडफाँड गर्न आफना कर्मचारी,सदस्यहरुको विमागर्नु पर्ने सुझाव दिन्छन् । ‘सके त सबै जनताको विमा सरकारले गरि दिनु पर्ने हो यो महामारी,यो लकडाउन को बेला ।’

ईन्स्यूरेन्सका मार्केटिङ्ग म्यानेरजर लोकेन्द्र बहादुर भण्डारी सस्थागत रुपमा सदस्यहरुको कोरोना विमा गर्ने छायाँनाथ साकोस जिल्लाकै पहिलो भएको छ र हालसम्म पारिवारिक रुपमा कोरोना विमा गर्नेहरु ६० जना पुगेको बताउछन् ।

१ लाख बराबरको सस्थागत, पारिवारिक कोरोना विमा गर्दा प्रति सदस्य ६०० र ५० हजार बराबरको गर्दा ३०० विमा शुल्क लाग्ने र त्यही विमा व्यक्तिगत गर्दा क्रमश १००० र ५०० लाग्ने, विमा अवधी एक बर्षहुने र विमा दावी पिसिआर परिक्षण गर्दा कोरोना पुष्टी भएको हुनु पर्नेछ ।

यस्तै पहिलो चोटी पिसिआर परिक्षणबाट कोराना पुष्टि भएको मितीले ७ दिनभित्र दोस्रो परिक्षणमा पनि कोरोना संक्रमण भएको हुनुपर्ने र दोस्रोपटक समेत कोरोना पुष्टि भएमा १५ दिनभित्र विमांक रकम भुक्तानीका लागि दावी गर्न सक्ने र एकचोटी विमा गरेको व्यक्तिको १ बर्ष भएकाले १ बर्षपछि विमा नविकरण गर्नु पनेछ नत्र विमा अवधी सकिने छ र त्यसपछि विमा दावी गर्न पाईने छैन कम्पनीले बताएको छ ।

जन्मेको ३ महिना देखि ९९ बर्ष सम्मका व्यक्तिहरुको कोरोना विमा गरिने पनि मार्केटिङ्ग म्यानेजर भण्डारीले बताए र यसरी विमा गरेका व्यक्तिहरु स्वदेश मै बसेको हुनु पर्ने यदि विमा गरेर विचैमा विदेशमा गएको भए विमा अवधी मै नेपाल फर्किएमा नेपाल आएको १५ दिन पछि विमा लागु हुनेछ ।

वि.सं.२०७७ जेठ १० शनिवार ०८:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

रामपुर (पाल्पा) । प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक...

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

दी हेग (नेदरल्यान्ड) । नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले...

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...