Sansar News- Nepal's Fast Khabar Online News Portal

१९१ पत्रकारको पिसीआर रिपोर्ट नेगेटिभ

संसार न्यूज़
२ हप्ता पहिले
१९१ पत्रकारको पिसीआर रिपोर्ट नेगेटिभ

१० जेठ, काठमाडौँ । १९१ पत्रकारको कोभिड–१९ को रिर्पोट नेगेटिभ आएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको समन्वयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट आएको टोलीले गत मङ्गलबार राष्ट्रिय सञ्चारमाध्यम, अनलाइन मिडियामा कार्यरत १९१ पत्रकारको कोभिड–१९ परीक्षण गर्न स्वाब सङ्कलन गरेको थियो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा महासङ्घका स्वास्थ्य उपसमितिका संयोजक गोविन्दप्रसाद चौलागाईंले परीक्षण गरिएका पत्रकारको रिपोर्ट नेगेटिभ आएको र उक्त रिर्पोट चाँडै नै सम्बन्धित पत्रकारलाई वितरण गरिने बताउनुभयोे । यसअघि प्रेस काउन्सिलले गरेको ७० वरिष्ठ पत्रकार, सम्पादकको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

कोभिड–१९ को सङ्क्रमण अग्रपक्तिमा काम गर्ने पत्रकार, सुरक्षाकर्मीमा देखिन थालेपछि महासङ्घले पनि उपत्यकामा काम गर्ने विभिन्न सञ्चारमाध्यमका पत्रकारको परीक्षण गराएको हो ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए २ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…

वीरगन्जबाट आयो खुसीको खबर, आज एकैपटक ४३ जना कोरोना संक्रमित डिस्चार्ज

वीरगन्जबाट आयो खुसीको खबर, आज एकैपटक ४३ जना कोरोना संक्रमित डिस्चार्ज १ हप्ता पहिले | संसार न्यूज़

१२ जेठ, काठमाण्डौं । वीरगन्जको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचाररत ४३…