Sansar News- Nepal's Fast Khabar Online News Portal

नेदरल्याण्ड्सको थलिएको अर्थतन्त्र र नेपालीहरुमा प्रभाव

संसार न्यूज़
२ महिना पहिले
नेदरल्याण्ड्सको थलिएको अर्थतन्त्र र नेपालीहरुमा प्रभाव

 नेदरल्याण्ड्स सरकारले ९०% सम्म बैंकको ग्यारेन्टी बसि ४% ब्याज लाग्ने गरि व्यबसायीले बैंकबाट लोन लिन पाउने सुबिधाका र बिभिन्न खाले कर सम्बन्धी सुबिधाको पनि ब्यवस्था गरेको छ । फ्री ल्यान्सको लागि पनि मासिक १०५० युरोको राहत साथै लोन लिन पाउने सुबिधाको व्यवस्था गरेको छ । यसरी व्यवसायीहरुलाई राहत र आर्थिक सपोर्ट उपलब्ध गराएर देशको अर्थतन्त्रलाई कोरोन संकटबाट जोगाउने रणनिती नेदरल्याण्ड्सले अपनाएको छ ।

नेदरल्याण्ड्स पश्चिम युरोपमा अवस्थित छ । यसको जनसंख्या १ करोड ७० लाख छ । पूर्व पट्टीको सिमाना जर्मनी, दक्षिण पट्टीको बेल्जियम, पश्चिम तथा उत्तर पट्टी उत्तरी सागर अवस्थित छ । नेदरल्याण्ड्सको एक तिहाइ भुभाग समुद्री सतह देखि मुनि अवस्थित छ र उत्तरि सागर बाट बाँधहरू द्वारा रक्षा गरिएको छ । त्यसैले नेदरल्याण्ड्स पानी मुनी को देश जहाँ मान्छे माथि माछा पौडिन्छन भनेर पनि विश्वमा परिचित छ । यसको राजधानी आम्सटर्डम हो र सरकार द हेग (The Hague) मा स्थापित छ । नेदर्ल्याण्डसमा १२ प्रदेश र २०९ गाउँ- वा नगरपालिका छन् । राष्ट्रिय भाषा डच (Dutch) हो ।

ईण्डियनहरुको रेस्टुराँ व्यबसायमा काम गर्ने सिलसिलामा १९६० तिर पहिला गैरआवासिय नेपालीहरु नेदरल्याण्ड्स प्रवेश गरेका थिए। सन १९९९ मा शशी पौड्यालको नेत्रित्व र अध्यक्षतामा गैरआवासिय नेपालीहरुको पहिलो संस्था नेपाल समाज नेदरल्याण्ड्स, २००३ मा नेपाल बिकास प्रतिष्ठान र २००५ मा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद गठन भएको थियो । हाल नेदरल्याण्ड्समा करिब २३०० गैरआवासिय नेपालीहरु व्याबसाय, रोजगारी, विद्यार्थी वा अन्य पेशामा कार्यरत रहदै बसोबास गरिरहेका छन भने एनआरएनए नेदरल्याण्ड्सको २०१९-२०२१ पंजिक्रित सदस्य संख्या ८३० छ र संघको अध्यक्षमा श्रीराम कंडेल हुनुहुन्छ ।

नेदरल्याण्ड्समा कोभिड-१९

चीनको हुवानबाट शुरुवात भएको कोरोना भाईरस (कोभिड-१९) द्वारा ५६ वर्षिय डच नागरिक २७ फेब्रुवरी २०२० मा प्रथम संक्रमित भएको देखा परेको थियो भने ६ मार्च २०२० मा प्रथम डच नागरिक ज्यान गुमाउनु परेको थियो । नेदरल्याण्ड्सले १८ मार्च २०२० देखि मुलुकलाई अर्ध-लकडाउन (इन्टेलिजेन्ट लकडाउन पनि भन्ने गरिन्छ) गरि ११ मे २०२० देखि लकडाउनलाई खुकुलो पार्दै लैजाने रणनिती अनुरुप प्रार्थमिक बिद्यालय र जुन १ देखि माध्यमिक बिद्यालय साथै १.५ मिटर को दुरिलाई कायम गर्दै होटेल र रेस्टुराँहरु खुलाउने निर्णय गरेको छ । दुई हप्ता सम्म संक्रमित र मृत्‍यु संख्या क्रमिक रुपमा घट्दै गए पश्च्यात नेदर्ल्याण्डले लकडाउन खुकुलो पार्ने निर्णय गरेको हो ।

२२ मे २०२० सम्ममा आधिकारिक संक्रमित संख्या ४४,७०० र मृत्‍यु संख्या ५,७७५ पुगेको छ जसमध्य ३९ वर्षिय नेदरल्याण्ड्समा बस्ने गैरआवासिय नेपाली महिला पनि एक हुनुहुन्छ ।

नेदरल्याण्ड्स निवासी गैरआवासिय नेपालीका कोभिड-१९ सम्बन्धी गतिबिधी

गैरआवासिय नेपाली संघ नेदर्ल्याण्डले बिभिन्न समितिहरु गठन गरि कोरोना लकडाउनबाट प्रभावित गैरआवासिय नेपाली व्यबसायी र ब्यक्तिहरुलाई तुरुन्त राहत र सुचना उपलब्ध गराउदै आएको छ । नेदरल्याण्ड्समा अबैधानिक बसोबास गर्ने संख्या न्युन भएकोले र निजहरुलाई सरकारले सुबिधा उपलब्ध गराएको हुँदा यो समुहलाई कुनै सहयोग गर्नु नपरेको र विद्यार्थीहरुको हकमा भने पटक पटक खाध्यान्न उपलब्ध गराउने भनि सुचना जारी भैरहेको संघले जानकारी गरेको छ साथै कार्यसमितिका सदस्यहरुले बिभिन्न समितिमा भाग लिएर कोरोना संक्रमणबाट सुरक्षित रहन र पीडितलाई सहयोग गर्न उल्लेखनिय भूमिका निर्वाह गरि ३ लाख रुपैयाँले एनआरएन केन्द्रलाई र €५०० ले एनआरएनए युरोप कोषलाई सहयोग गर्न सफल भएको छ । गैरआवासिय नेपाली ब्यवसायीहरुलाई सहयोग र साथ दिनको लागि कोरोना ब्यवसायी सहयोग समितिले नेदरल्याण्ड्स सरकारद्वारा उपलब्ध गराउने राहत र सुबिधालाई क्रमिक रुपमा जानकारीमा ल्याउदै ब्यबसायीहरुलाई सक्दो साथ र सहयोग गर्दै आइरहेको छ । त्यस्तै गरि नेपाल बिकास प्रतिष्ठान र नेपाल कोष फाउडेसनकोको संयोजकत्वमा स्थापित कोरोना कोष नेदरल्याण्ड्सले दस हजार युरो भन्दा बढि रकम संकलन गरि काठमाडौं, पोखरा, भक्तपुर जस्ता ठाउँहरुमा पीडितहरुलाई राहत उपलब्ध गराइ रहेकोछ ।

नेदरल्याण्ड्स सरकारद्वारा उपलब्ध राहत र नेपाली ब्यबसायी

नेदरल्याण्ड्सका बिभिन्न शहरमा गरि करिव ५० जना गैरआवासिय नेपालीहरुले व्याबसायीक जीवन बिताएका छन जसमध्य ८० % रेस्टुराँ व्यबसाय सञ्चालन गरेका छन भने अधिकाङ्स गैरआवासिय नेपालीहरु होटेल-रेस्टुराँ व्याबसायमा कामदारको रुपमा रोजगारी गरिरहेका छन । नेदर्ल्याण्ड सरकारले ब्याबसायी र कामदारहरुलाई दिएको सुबिधा निम्न प्रकार छ । मार्च महिना देखि सेप्टेम्बर २०२० सम्मको लागि बढिमा २४,००० युरो राहत उपलब्ध गराउने जसमध्य ४,००० युरो बितरण भैसकेको र २०,००० युरो सेप्टेम्बर सम्ममा उपलब्ध गराउने निर्णय भर्खरै सार्वजानिक गरिएको छ । कामदारको लागि ९०%  सम्म तलव मार्च महिना देखि सेप्तेम्बर सम्म नेदरल्याण्ड्स सरकारले भरिदिने निर्णय स्वरुप बिगतको ३ महिनाको तलव सरकारले भरिसकेको छ साथै नेदरल्याण्ड्स सरकारले ९०% सम्म बैंकको ग्यारेन्टी बसि ४% ब्याज लाग्ने गरि व्यबसायीले बैंकबाट लोन लिन पाउने सुबिधाका र बिभिन्न खाले कर सम्बन्धी सुबिधाको पनि ब्यवस्था गरेको छ । फ्री ल्यान्सको लागि पनि मासिक १०५० युरोको राहत साथै लोन लिन पाउने सुबिधाको व्यावस्था गरेको छ । यसरी व्यवसायीहरुलाई राहत र आर्थिक सपोर्ट उपलब्ध गराएर देशको अर्थतन्त्रलाई कोरोन संकटबाट जोगाउने रणनिती नेदरल्याण्ड्सले अपनाएको छ ।

पोस्ट कोरोना समय र नेदरल्याण्ड्स

नेदरल्याण्ड्सका छिमेकी राष्ट्रहरुले पूर्ण लकडाउन गरिरहदा पनि नेदरल्याण्ड्सले इन्टेलिजेन्ट लकडाउन अथवा अर्ध-लकडाउन गर्ने निर्णय गरेको हुँदा अन्य युरोपका राष्ट्रहरुको तुलनामा नेदल्याण्डको अर्थतन्त्र केहि हद जोगिएको बुझिएको छ । आइ एम एफ (IMF) को रिसर्च बमोजिम कोरोना संकटले युरोपको अर्थतन्त्र ७% ले घट्ने अनुमान छ भने नेदरल्याण्ड्सको अर्थतन्त्र ६.८% ले घट्न सक्ने भनिएको छ । पोस्ट कोरोना समयमा आर्थिक मन्दिलाई कम गराउन नेदरल्याण्ड्स सरकारले बिभिन्न रणनितीहरु अपनाइ रहेको छ जसमध्य बेरोजगारीता कम गर्न इनोवेटिव र डिजिटल टेक्नोलोजी सम्बन्धी कम्पनीलाई थप लगानी र सपोर्ट गरि डिजिटल इकोनोमीको ब्रिध्री गर्दै लैजाने रणनिती लिएको छ । कोविड-१९ को बारेमा धेरै कुरा अन्योल मै रहेको अवस्था भएको हुँदा भ्यासिन नबने सम्म यसको आर्थिक, सामाजिक र स्वास्थ सम्बन्धी असर के कति पर्न सक्छ भनेर ठोकुवा गर्न गार्हो छ ।

कोरोना भाईरसको उपचारार्थ नेदर्ल्याण्डले २ खाले परिक्षण गरिरहेको छ । तदनुरुप कोरोना भाईरसलाई पराजय गराएका ब्यक्तीहरुको रगत (प्लस्मा) कोरोना भाईरस लागेका ब्याक्तिहरुलाई चडाएर हेरि रहेको छ भने नेदरल्याण्ड्सका २ प्रमुख विश्वाबिद्यालयका बैज्ञानीकहरुले  SARS  र MERS   को एन्टिबडी औषधीलाई फार्मेसी कम्पनीसँग मिली परिक्षण भैरहेको छ । । जस अनुसार कोरोना भाईरसको भ्याक्सिन ८ महिना देखि १ वर्ष भित्रमा प्रयोगमा ल्याउने दावी पनि गरेका छन ।

(पौड्याल नेपाल बिकास प्रतिष्ठानका अध्यक्ष, एनआरएनए आइसिसिको पुर्वसल्लाहकार तथा एनआरएनए एनसिसि नेदरल्याण्ड्सको संस्थापक अध्यक्ष हुन् । )

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो २ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…