Sansar News- Nepal's Fast Khabar Online News Portal

बालीको रोग किरा नियन्त्रणमा सुक्ष्म जीवहरुको भूमिका

टिका अविरल
१ हप्ता पहिले
बालीको रोग किरा नियन्त्रणमा सुक्ष्म जीवहरुको भूमिका

सुक्ष्म जीवहरु माटोका अभिन्न अंग हुन् जुन स्वस्थ माटोमा असंख्य संख्यामा रहेका हुन्छन् । उर्भर माटोमा बिभिन्न किसिमका सुक्ष्म जीवहरु रहेका हुन्छन जस्तै ब्याक्टेरिया, ढुसी, प्रोटोजोवा, भाइरस, अल्गी आदि । सामान्यतया सुष्म जीव भन्नासाथ हामी विभिन्न रोग लगाउने जीवाणुहरु सोच्न पुग्छौ तर वास्तवमा ति जीवाणुहरुको तुलनामा माटोमा असंख्य संख्यामा लाभदायक सुक्ष्म जीवहरु रहेका हुन्छन तिनीहरुले माटोलाई सुन्तलित राख्न मद्धत गर्छन् । यिनीहरु विरुवाहरुको जराको सेरोफेरोमा बढी मात्रामा केन्द्रित रहन्छन् जहाँ यिनीहरुको खाना प्रशस्त मात्रामा उपलब्ध हुन्छ।

जैविक पदार्थ कुहाउने :
सुक्ष्म जीवहरुले जैविक पदार्थ कुहाएपछि मात्र विरुवालाई चाहिने पोषक तत्व माटोमा निस्किन्छ र विरुवालाई उपलब्ध हुन्छ ।

नाइट्रोजनको माटोमा स्थिरीकरण :
सुक्ष्म जीवहरु जस्तै राइजोबियम ब्याक्टेरिया, एजोटोब्याक्टर आदिले वायुमण्डलमा भएको नाइट्रोजन माटोमा स्थिरिकरण गरि विरुवालाई उक्त तत्व उपलब्ध गराउन सहयोग गर्छन् । राइजोवियम ब्याक्टेरियाले कोसेबालीहरुको जरामा गिर्खा बनाएर त्यसमा नाइट्रोजन जम्मा गर्छ भने एजोटोब्यक्टरले स्वतन्त्र रुपमा नै नाइट्रोजन स्थिरीकरण गर्छ ।

विरुवालाई पोषक तत्व उपलब्ध :
माइकोराइजाले बिरुवाको जरा फैलावटमा बृदिगरि पोषक तत्व सोस्ने क्षमता बृदि गर्छ, फोस्फेट घुलाउने ब्याक्टेरिया (जस्तै : ब्यासिलस, सीउडोमोनास, माइकोब्याक्टेरियम) ले माटोमा रहेको इनअर्गानिक फस्फोरस घुलाएर बिरुवाले लिन सक्ने फस्फोरस आयोनको रुपमा परिणत गर्छ । माटोमा पोषक तत्व बिभिन्न समिश्रण वा रुपमा हुन सक्छन जुन एक किसिमबाट अर्को किसिममा परिवर्तित गराउने काममा सुक्ष्म तत्वको अहम भूमिका रहन्छ । पोषक तत्वहरुको पनि यसरी आ–आफ्नो चक्र हुन्छ जुन पुरा हुन सुक्ष्म जीवले महत्वपूर्ण भूमिका खेल्छन ।

हानिकारक रसायन :
माटोमा रहेका वा प्रयोग गरिएका बिषादीहरुबाट जम्मा हुने हानिकारक रसायनलाई गलाउन सुक्ष्म जीवले दिनरात कार्य गर्दछन ।
माटोको संरचना राम्रो पार्ने केहि माटोका सुक्ष्म जीवले पोलीसेकराइड, गम, ग्लाईको प्रोटिन उत्पादन गरि माटोका कणलाई एकीकृत गरि टासिन सघाउ पुर्याउने हुँदा माटोको राम्रो संरचना तयार हुन्छ । उर्भर माटोको संरचना पनि राम्रो हुन्छ ।

बोटबिरुवाको वृद्धि विकासमा प्रोत्साहन :
बिरुवा बर्दक पदार्थहरु जस्तै अक्सिजन, गिबरलिन आदि माटोमा रहेका सुक्ष्म जीवहरुले उत्पादन गर्ने गरेको पाइएको छ जसले बिरुवाको बृदि विकासमा मद्धत गर्छ ।

बालीको रोग किरा नियन्त्रण :
ब्यासिलस थुरिनजेन्सिस नामक ब्याक्टेरियाले झुसिलकिराको प्रभावकारी नियन्त्रण गर्छ साथै यसको ब्यवसायिक उत्पादन गरि संसारभर व्यापक पर्योग भइरहेको छ । ट्राइकोडर्मा नामक ढुसीले बिभिन्न जरा कुहाउने जस्ता ढुसीजन्य रोगहरुको नियन्त्रण गर्छ । विभिन्न सुक्ष्म जीवहरुले एन्टीबायोटिक निकाल्ने हुदा जसले ब्याक्टेरिया जन्य रोगको नियन्त्रण गर्न सहयोग गर्छन ।

सुक्ष्म जीवहरु माटोलाई जीवित तुल्याउने अभिन्न अंग हुन् । यी जीवहरुले माटोको भौतिक, रासायनिक र जैविक गुणलाइ राम्रो बनाउँदछन् । कृषिको दिगो विकासको लागि यी सुक्ष्म जीवहरुले खेलेको भूमिकालाई मध्यनजर गर्दै खेति प्रणाली अपनाउनु उपयुक्त हुन्छ । मेसिन प्रयोग गरि बढी खनजोत, उच्च रासायनिक मल र विषादीको प्रयोग, माटोमा प्रांगारिक पदार्थको कमि आदि कारणले माटोमा रहेका लाभदायक सुक्ष्म जीवहरुलाई असर गर्दछ जसले तिनको संख्या घट्छ । रासायनिक पदार्थको प्रयोगमा कम गरि प्रांगारिक मलखाद र जैविक विषादीको प्रयोग गर्दा माटोमा रहेका सुक्ष्म जीवलाइ असर पुग्दैन, स्वस्थ उत्पादन लिन सकिन्छ साथै दिगो कृषि विकासको लक्ष्य पुरा गर्न सहयोग पुग्छ ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए २ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…