Sansar News- Nepal's Fast Khabar Online News Portal

सीमाबाट महामारी फैलिए त्यसको दोषी नेपाल सरकार हुने चेतावनी

संसार न्यूज़
४ दिन पहिले
सीमाबाट महामारी फैलिए त्यसको दोषी नेपाल सरकार हुने चेतावनी

१० जेठ, काठमाडौँ । नेपाली जनसम्पर्क समिति भारतले भबिस्यमा नेपालमा हुन सक्ने महामारी र विदेसी भूमिमा भोकै मर्न बाध्य नेपालीको जवाफदेहि नेपाल सरकार हुने चेतावनी दिएको छ ।

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवम नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रीत सदस्य बालकृष्ण पाण्डेले प्रेस विज्ञप्ती जारी गरी प्रवासमा अलपत्र परेका नेपालीलाई देश फर्काएन पटक पटक अनुरोध गरे पनि नेपाल सरकारले वास्ता नगर्दा नेपालीहरु खुला सिमा भएकाले धेरै चेक जाँच नै नगरी नेपाल प्रवेश गरिरहेको र त्यसले नेपालमा महामारी फैलिएमा र प्रवासमा नेपाली भोकभोकै मर्ने अवस्था आएमा त्यसको दोषी नेपाल सरकार हुने चेतावनी दिएका हुन् ।

‘सरकार मौन बस्ने चेक जाँच नगरी गलत बाटो नेपाल प्रबेश गर्दा भबिस्यमा नेपालमा हुन सक्ने महामारि र विदेसी भूमिमा भोकै मर्न बाध्य नेपालीको जवाफदेहि नेपाल सरकार हुनेछ’ विज्ञप्तीमा उल्लेख छ ।

त्यो अवस्था आउन नदिन निश्चित मापदण्ड पुरा गरी प्राथमिकताका आधारमा नेपाल जाने व्यवस्था मिलाउन दूतावास तथा सरकारका तीनै तहसँग आग्रह गरिएको छ ।

साथै विज्ञप्तीमा कसैको लहैलहैमा नलाग्न भारतमा रहेका नेपालीहरुसँग आग्रह गरिएको छ । झुटा प्रलोभन र आश्वासन देखिइ बाटोमा लैजाने दलालहरु सक्रिया रहेको भन्दै त्यस्ता दलालहरुबाट जोडिन नेपाली नागरिकहरुलाई आग्रह गरिएको हो ।

‘जबसम्म नेपाल सरकार तथा भारत सरकारको अधिकारी सूचना सार्वजनिक हुँदैन तबसम्म तपाईहरु जहाँ हुनुहुन्छ त्यहि सुरक्षित बसिदिनु होला अफवाहा र दलालको लैलैमा नलाग्न समस्त प्रवासी नेपाली नागरिकहरुमा हार्दिक अपिल गर्दछौँ’, विज्ञप्तीमा भनिएको छ ।

आफू बसेको स्थानिय DM/SDM मार्फत सवारी र व्यक्तिहरुको अनुमति लिएर मात्र जानू होला । हजारौंको संख्यामा केहि दिन देखी सिमावर्तीमा अलपत्र र पिडामा परेका नेपाली छन् यति ठूलो संख्यामा एकैसाथ कुनै व्यवस्था नभई झन महामारी हुने भोकले मर्ने डरले जाँदै गर्दा रोगले मर्ने झन खतरालाई पनि ध्यानाकर्षण गराउँदै उनले एक जना पनि कोरना संक्रमण भएको भए सबैलाई सर्ने र नेपालमा पनि महामरी हुने खतरा भएकोले सबैले सावधानी अपनाउन अनुरोध गरेका छन् ।

यस्तो छ जारी विज्ञप्ती :
भारत सरकारले कोरना भाइरस (कोविड –१९) को महामारी तथा जोखिमलाई ध्यानमा राख्दै भारतभरी फेरी पनि लकडाउन ३ देखि मे ३१ तारीखसम्मलाई समय बढाएको छ । यो महामारी रोगका कारण प्रवासमा समस्या र पिडामा परेका नेपाली नागरिकप्रति हाम्रो संगठन नेपाली जनसम्पर्क समिति भारतको पूर्ण ध्यान गएको छ ।

पहिलो चरणको लक डाउन देखि निरन्तर तपाईहरुका सेवा सुबिधामा सिंगो संगठन तौनाथ भए सक्दो सेवा गर्दै आयेको छ र आउनेपनी छ । आज को मिति म्म आईपुग्दा थुप्रै पीडित नेपाली नागरिकहरु लाई राहत तथा उद्धार गरी सकेको छ । फेरी पनि हाम्रो संगठन बाट राहत तथा उद्धार अभियान सुचारू रहने छ । समस्त आम प्रवाशी नेपाली नागरिक हरु मा सूचित गर्न चाहन्छौ की तपाईहरु जहा हुनु हुन्छ तेहि ठाउमा सुरक्षित रहनु होस त्रसित नहुनु होस अफवाहमा नपर्नु होस केहि दलालहरुले बस तथा जिपबाट नेपाल पुराई दिने भन्दै चर्को भाड़ा असुलि गर्ने काम भै रहेको समाचार सार्वजनिक भएको छ । आदरणीय प्रवाशी दाजुभाई तथा दीदीबहिनीहरु नेपाल सरकार तथा भारत सरकार को अपैचारिक तथा आधिकारिक रूप मा सिमा संचाल बारे कुनै समझौता नभएको कुरा तपाईहरुमा प्रष्ठ जानकारी गर्दछौ । सिमावर्ती मा करीब ३ महीना कोरन्टीनमा बसेका ५, ६ र ७ प्रदेस अन्तर्गत स्थानीय सरकारले केहि नागरिकहरुलाई नगरपालिका र वडासँग बिभिन्न संगठनका प्रतिनिधि साथीहरुले समन्य र सहमति गरी फेरी स्वस्थ्य परीक्षण गरी १४ दिन नेपालमा क्वारेटिनमा राख्ने गरी नेपाल प्रवेश गराएको कुरा सत्य हो र अहिले पनि तपाईहरुले आफ्नो नगर र गाउँपालिका र वडा प्रतिनिधिसँग सम्पर्क गरि १४ दिन नेपालमा कोरन्टीन बस्ने व्यवस्था मिलाइ यहाबाट स्वास्थ चेक गराइ नेगेटिभ रिपोर्ट भएपछि पनि नेपालमा गएर क्वारेन्टिन बस्ने गरि पलिकाका प्रतिनिधि सिमाना आइ लैजाने गरी मात्र नेपाल गएका छन् ।

आफू बसेको स्थानिय DM/SDM मार्फत सवारी र व्यक्तिहरुको अनुमति लिएर मात्र जानू होला । हजारौं को संख्यामा केहि दिन देखी सिमावर्ती मा अलपत्र र पिडा मा परेका नेपाली छन् यति ठूलो संख्यामा एकैसाथ कुनै व्यवस्था नभई झन महामारी हुने भोकले मर्ने डरले जाँदै गर्दा रोगले मर्ने झन खतरालाई पनि ध्यानाकर्षण गराउन चाहन्छौ र एक जना पनि कोरना संक्रमण भएको भए सबैलाई सर्ने र नेपालमा पनि महामरी हुने खतरा भएकोले हामी नेपाल पनि जानू छ । नेपालमा हुन सक्ने महामारीलाई पनि सावधानी अपनाउनुहुन अनुरोध छ । सिमाना रहेका नेपाली नागरिकहरुलाई स्थानीय सरकारसँग वार्ता गरी नेपाल प्रवेस गराउने पहल भैरहेको छ । नेपालमा पनि कोरनाको चाप दिन प्रति दिन बढ्दै गएको हुनाले नेपाल सरकारले सिमानामा चेकजाँचको प्रक्रियालाई कडाई गर्न निर्देशन दिएको कुरा तपाई हामीलाई जानकारी भएकै छ । त्यस कारण जबसम्म नेपाल सरकार तथा भारत सरकारको अधिकारी सूचना सार्वजनिक हुँदैन तबसम्म तपाईहरु जहाँ हुनुहुन्छ त्यहि सुरक्षित बसिदिनु होला अफाहा र दलालको लै लै मा नलाग्न समस्त प्रवासी नेपाली नागरिकहरुमा हार्दिक अपिल गर्दछौँ। भारत सरकारको जारी लकडाउन पछि पिसिएका पीडित नेपाली नागरिकहरुलाई ठगी तथा झुटा प्रलोबन र आसोसन देखाई अझ पिडितको बाटोमा लेजाने दलाल बर्ग हरु लाई होसियार रहन अनुरोद गर्दै।दोसिलाइ भारत सरकार तथा नेपाल सरकार को प्रचलित कानून बमोजिम कडा कारवाईको माग गरिने नेपाली जनसम्पर्क समिति भारतले यसै प्रेस विज्ञप्तिमार्फत सहर्ष जानकारी गर्द छौ ।

नेपाल सरकारलाई पटक पटक अनुरोध गरि रहदा पनि प्रबासमा रहेका नेपालीहरुप्रती वास्ता गरिएको छैन । पुन अनुरोध गर्न चाहान्छौ, खुला सिमा भएकोले धेरै नेपाल चेक जाँच नगरी नेपाल प्रबेस गरेको सूचना प्राप्त भएकोले नेपाल दूतावास, प्रदेस र स्थानीय सरकारलाई आफ्नो श्रोता साधन निश्चित मापदण्ड पूरा गरि प्राथमिकताका आधारमा नेपाल जाने बेबस्था गरियोस । सरकार मौन बस्ने चेक जाच नगरी गलत बाटो नेपाल प्रबेस गर्दा भबिस्यमा नेपालमा हुन सक्ने महामारिको र बेदेसी भुमिमा भोकै मर्न बाध्य नेपालीको जावफदेहि नेपाल सरकार हुनेछ ।
जय नेपाल

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…