१० जेठ, काठमाण्डौं । नेपालमा पछिल्लो पटक थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप संक्रमित भेटिएकामा सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडी शिवनाथ गाउँपालिकाका ४ जनामा संक्रमण भेटिएको छ । उनीहरुको उमेर संख्या २०,२० २२ र २७ रहेको छ ।
त्यसैगरी कोशी अन्चल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापा गाउँपालिका झापाका डिल्लीराज माविको क्वामरेन्टाइनमा बसेका ३३ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बाँकेमा गरिएको परीक्षणमा बाँके नरैनापुर मद्रासा बाँकेमा ६ जना रहेका छन् । उनीहरुको उमेर समुह १७ देखि ३२ रहेको छ ।
त्यसैगरी नरैनापुर ३ राष्ट्रिय प्रावि गेगलीमा गरिएको नमुना संकलनमा १५ जना पुरुषमा पोजेटिभ देखिएको छ । उनीहरुको उमेर समुह १६ देखि ३२ वर्षका पुरुष रहेका छन् ।
नरैनापुर १ राष्ट्रिय प्रावि महाकनियाका ६ जना पुरुषमा संक्रमण भेटिएको छ । उनीहरु २२ देखि ५० वर्षीय पुरुष रहेका छन् ।
बर्दियाको बडैयाताल ७ का एक १९ वर्षीय युवा र सुर्खेतमा ३ जनामा संक्रमित भेटिएका छन् । उनीहरु २ पुरुष र १ महिला रहेका छन् । उनीहरुको विवरण पछि आउने पनि बताइएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।
काठमाण्डौंका १ सहित थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४८ पुग्यो
वि.सं.२०७७ जेठ १० शनिवार १६:४२ मा प्रकाशित