Sansar News- Nepal's Fast Khabar Online News Portal

५४ लाख बढीमा कोरोना संक्रमण, ५३ हजार धेरैको अवस्था गम्भिर

संसार न्यूज़
४ दिन पहिले
५४ लाख बढीमा कोरोना संक्रमण, ५३ हजार धेरैको अवस्था गम्भिर

११ जेठ, काठमाडौँ । विश्वका २१३ देशमा माहामारीको रुपमा फैलिएको कोराना भाइरस(कोभिड १९) का कारण संक्रमित हुनेको संख्या ५४ लाख नाघेको छ ।

वोल्डोमिटरका अनुसार अहिलेसम्म ५४,०३,९७९ जनामा कोरोना संक्रमण देखिएको छ भने ३,४३,९७५ जनाले ज्यान गुमाएका छन् । एकैदिन ९९६१६ जनामा कोरोना संक्रमण थपिएका छन् । संक्रमित मध्ये २२,४७,२३० निको भएका छन् भने ५३, ५६२ जनाको अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमित मध्ये ८७ मानिस निको हुने गरेको र १३ प्रतिशतको मृत्युभएको देखिन्छ ।

विश्वमा सबैभन्दा बढी संक्रमित र मृत्यु हुने देश अमेरिका नै रहेको छ । १६,६६,८२८ जना संक्रमित छन् भने ९८,६८३ जनाले ज्यान गुमाएका छन् ।

संक्रमणका हिसाबले अमेरिकापछि ब्राजिल दोस्रो र तेस्रो देश रसिया बनेको छ । त्यसपछि स्पेन, बेलायत, इटाली, फ्रान्स, जर्मनी, टर्की, इरान, इण्डिया, पेरु अनि कोरोना उत्पत्ति भएको देश चीन क्रमशः रहेका छन् ।

मृत्युका हिसाबले अमेरिकापछि बेलायत, इटाली, स्पेन, फ्रान्स, ब्राजिल, बेल्जियम, जर्मनी, इरान, मेक्सिको, क्यानडा, नेदरल्याड्स र चीन क्रमशः रहेका छन् ।

यस्तो छ विश्वको कोरोना अपडेट :

 

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…