१२ जेठ काठमाडौं । राष्ट्र बैंकले पुराना, झुत्रा भएका, डढेका, गलेका तथा राजाको तस्विर अंकित नोट प्रचलनमा नल्याउन बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन गरेको छ । आईतबार एक निर्देशन जारि गर्दै राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।
केन्द्रिय बैंकले ९ बुँदे निर्देशन जारि गर्दै एटिएम र काउन्टरबाट चलन चल्तिमा ल्याउने नोटलाई हरियो प्याकेट र हरियो स्टिकरको प्रयोग गर्न तथा प्रयोग गर्ने नोटहरुको भण्डारण गर्ने ठाउँमा डिसइन्फेक्सन गर्न पनि निर्देशन जारि गरेको छ ।
वि.सं.२०७७ जेठ १२ सोमवार १३:५१ मा प्रकाशित