Sansar News- Nepal's Fast Khabar Online News Portal

कोरोनाको भन्दा ठूलो तनाब छ, सेनजी

संसार न्यूज़
२ महिना पहिले
कोरोनाको भन्दा ठूलो  तनाब छ, सेनजी

‘उ त्यो पारीको क्षितिजमा पुग्न छ’
चन्द्रागिरीको टाकुरो देखाउँदै
यात्रामा सहि गराएको
मलाइ झल्झलि याद छ ।

त्रिचन्द्र घण्टाघर ठडिएकै हुन्थ्यो
कन्टयाक’ को बीउ तिम्रो गोजीमै हुन्थ्यो
रानीपोखरीको हावाको प्रवाहलाई
संगीतमा जोडेर उर्जा भराउथ्यौ ।

थाहै नदिइ र पत्तै नपाइ
मानिसहरुलाई डोयाइदिन्थ्यौ ।
बिधि, नीति र पद्धतिको
अन्वेषणमा उक्साइ दिन्थ्यौ ।

तिमी अचम्मका मुन्छे थियौ ।
देउता मान्दाको कथा सुनाउथ्यौ
राक्षस भन्दाको ग्लानी बताउथ्यौ
क्रान्तिकारी सभ्यताका नायकै थियौ ।

तिमीले सिकाएको ब्यवहारिक क्रान्ति
तिमीले पढाएको निष्ठाको मन्त्र
तिमीले सिकाएको अबिचल राष्टियता
तिमीले समातेको वर्गपक्षधरता ।

तिमीलाई कुटिकुटि मार्नेहरुसंगै
हाम्रा ठालुहरुको पीरती गाँसिएको छ
उभिन पनि अहिले गाह्रो छ सेनजी
हाम्रो करंग पनि भाँचिएकै छ ।

आर्दश र सभ्यता कैदमा छन् सेनजी
तिम्रो नाउ समेत दुरुपोग भएको छ
कोरोनाको भन्दा ठुलो तनाब छ, सेनजी
ब्यक्तिबादी कुरुपता उजागर भएको छ ।

तिमीले छरेको सभ्यताको बीउ
पुरै मास्न दिइएको छैन
अनिकालमा बीउ जोगाउने भन्दै
रक्षामा उभिन भने छाडिएको छैन ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो १ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…