Sansar News- Nepal's Fast Khabar Online News Portal

स्याङ्जामा पनि दुईजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि

संसार न्यूज़
२ महिना पहिले
स्याङ्जामा पनि दुईजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि

१३ जेठ, काठमाण्डौं । स्याङजामा पनि दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । केहीदिनअघि भारतबाट आएका उनीहरुलाई सीमा नाकाबाट वालिङ नगरपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो ।

सुनौली नाकाबाट ७ जनालाई उद्धार गरेर ल्याइएकोमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँडले संसारन्युजलाई जानकारी दिएका छन् ।

संक्रमित दुई युवालाई अहिले जिल्ला स्वास्थ्य अस्पतालको आइसोलेसनमा राखिएको छ ।
खाँडका अनुसार वालिङ ल्याइएको भोलिपल्ट उनीहरुको पिसीआर नमुना परीक्षण गरिएकोमा २ जनाको पोजेटिभ र ५ जनाको नेगेटिभ आएको थियो । ती ५ जनालाई पुनः परीक्षण गरेर मात्र घर पठाइने पनि मेयर खाँडले बताएका छन् ।

‘दैनिक ३०-३५ जना आउनुहुन्छ । नाकामा बस नै पठाएर उद्धार गरेर ल्याएका छौं,’ नगरप्रमुख खाँडले भने, ‘नगरपालिका आफैले पिसीआर किट व्यवस्थापन गरेर परीक्षण गरिरहेको छ ।’

नगरप्रमुख खाँडका अनुसार अहिलेसम्म ४ सय जनाको पिसीआर परीक्षण गरिएकोमा आज दुईजनामा संक्रमण पुष्टि भएको हो । भारत तथा अन्य ठाउँबाट आउनेलाई नगरपालिकाले नगरभित्रै ४ ठाउँमा क्वारेन्टाइनको व्यवस्थापन गरेर ५-५ जनाको समुह बनाएर राख्ने गरेको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो २ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…